साहित्यहरूप्रति मूल्याङ्कन देखाउनु
१ “पुस्तकहरूको उपयोगको कुनै अन्त छैन।” (उप० १२:१२) धेरै जसो किताबहरू छापिने कागतको मूल्य जति पनि उपयोगी हुँदैन। तथापि, वाच टावर सोसाइटीले छाप्ने साहित्यहरू यस्ता छैनन्। यो मूल्यवान छ किनभने यसमा जीवन बचाउने आध्यात्मिक आहारहरू छन्। यहोवालाई चिन्न यसले चासो देखाउने व्यक्तिहरूलाई मद्दत दिन्छ र यहोवाका समर्पित साक्षी भइसकेकाहरूको विश्वासलाई बलियो बनाउँछ।
२ हामी हाम्रा साहित्यहरू अरुलाई दिन चाहन्छौं किनभने त्यसले तिनीहरूलाई फाइदा दिन्छ भन्ने कुरा हामीलाई थाहा छ। यी साहित्यहरू उत्पादन गर्न र वितरण गर्न धेरै खर्च लाग्छ। तसर्थ, हामी यी प्रकाशनहरूलाई जथाभावी बाँड्दैनौं। हामीले दिने प्रकाशनहरूको साथसाथै ग्राहक शुल्क दर र वाचटावर र अवेक!-का अङ्कहरूको लागि पनि एउटा सानो रकम लिने प्रबन्ध गरिएको छ। साहित्य लिने सबैकहाँ हामीले पुनः भेट गर्नुपर्छ। प्रथम पटकमा तिनले साहित्य लिएन तर हाम्रो खबरप्रति केही चासो देखाउँछ भने हामी त्यस व्यक्तिकहाँ फर्केर जानै पर्छ। शायद अर्को भेटमा साहित्यहरू अथवा पत्रिका फेरि दिन उपयुक्त हुनेछ जसले गर्दा तपाईं फर्केर नजाउञ्जेलसम्म पढ्न र अध्ययन गर्न त्यस व्यक्तिकहाँ केही प्रकाशन हुनेछ।
३ साहित्यहरूको लागि चन्दा कति हो भनेर घरधनीलाई बताउन कोही कोही हिचकिचाउँछन्। यसले गर्दा अनिश्चयता हुन सक्छ र घरधनीले यो प्रकाशन सित्तैमा दिइने हो कि भनेर अनुमान लगाउन सक्छन्। हामीले प्रकाशनहरू दिंदा यसको चन्दा कति हो भनेर स्पष्टसित उल्लेख गर्नुपर्छ र हाम्रो काम व्यापारिक होइन तर त्यो चन्दा अझ बढी साहित्य उत्पादन गर्न प्रयोग गरिन्छ भनेर भन्नु कहिलेकाहीं उपयुक्त हुन सक्छ। हाम्रो उद्देश्य राज्यको सुसमाचार सुनाउनु र चेला बनाउनु हो भनेर स्पष्ट पार्नुहोस्। घरधनीले साहित्य लिंदा वास्तवमा उसलाई चासो छ कि छैन भनेर बुझ्न मद्दत दिन्छ। मानिसहरूसँग प्रायजसो चुरोट र सांसारिक साहित्यहरू किन्न पैसा हुन्छ। यदि वास्तवमा चासो छ भने राम्रो साहित्यहरू प्राप्त गर्न चन्दा दिनु व्यावहारिक हो भनेर तिनीहरूले बुझ्नेछन्।
४ हामीले चन्दा सम्बन्धी कुरालाई राम्ररी प्रस्तुत गऱ्यौं भने हामीले साहित्य बेचेको होइन तर उत्पादनको खर्च बेहोर्न चन्दा स्वीकारेका हौं भनेर घरधनीले देख्नेछ। तर त्यस व्यक्तिले साहित्य स्वीकार गरे पनि नगरेपनि हाम्रो इच्छा राज्यको सुसमाचार तिनीहरूको हृदयसम्म पुऱ्याउनु र यहोवाका अद्भुत उद्देश्यहरूबारे बढी जान्न तिनीहरूको इच्छा जगाउनु हो।