प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अप्रिल p. १
  • प्रहरीधरहरा र अवेक!—सत्यका पत्रिकाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रहरीधरहरा र अवेक!—सत्यका पत्रिकाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • प्रहरीधरहरा र अवेक! —सत्यका समयसापेक्ष पत्रिकाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • पत्रिका वितरणका लागि छुट्टै समय निकाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 अप्रिल p. १

प्रहरीधरहरा र अवेक!—सत्यका पत्रिकाहरू

१ जनवरी १, १९९४ को प्रहरीधरहरा मा “प्रहरीधरहरा र अवेक!—सत्यका समयसापेक्ष पत्रिकाहरू” विषयक लेखको अनुच्छेद ११ मा हाम्रा पत्रिकाहरूले “मानिसहरूको वास्तविक आवश्‍यकताहरूसँग सम्बन्धित समयसापेक्ष लेखहरू” प्रकाशित गर्छन्‌ भनी हामीलाई याद दिलाइयो। हामी यी पत्रिकाहरूको व्यापक वितरण गर्न चाहन्छौं। अप्रिल र मे महिनामा हामीले प्रहरीधरहरा र/अथवा अवेक! को वार्षिक ग्राहक बन्‍ने विशेष प्रस्ताव राख्नेछौं।

२ ग्राहकताको प्रस्ताव राख्ने वा यी पत्रिकाहरूको एउटा प्रति दिने सर्वोत्तम अवसर घर-घरको प्रचार कार्य हो। प्रभावशाली अनौपचारिक साक्षी र पुनःभेटहरूको परिणामस्वरूप पनि नियमित तवरमा पत्रिकाहरू वितरण हुन सक्छ। त्यस्तैगरि हाम्रो इलाकामा सडक साक्षी दिनु तथा व्यापारिक थलोहरूमा मानिसहरूसित कुराकानी गर्नु पनि पत्रिका वितरण सङ्‌ख्‌यामा वृद्धि गर्ने फलदायी तरिकाहरू हुन्‌।

३ छलफल गर्ने विषयहरू: प्रहरीधरहरा को अर्धमासिक संस्करणको अप्रिल १ अङ्‌कमा “एउटा उत्तम संसार—सपना मात्र?” र “एउटा उत्तम संसार—नजिकै!” विषयहरू छलफल गरिएका छन्‌। यो निश्‍चय नै परमेश्‍वरको राज्यको घोषणा गर्ने यस पत्रिकाको उद्देश्‍यअनुरूप छ। ख्रीष्ट येशूको शासन अन्तर्गत एउटा अनन्त प्रमोदवन कसरी वास्तविकता हुनेछ भनी दोस्रो लेखको अन्तमा बताइएको छ।—लूका २३:४३.

४ अर्धमासिक संस्करणको अप्रिल १५ को अङ्‌कमा “भरपर्दो डोऱ्‍याई तपाईं कहाँ पाउन सक्नुहुन्छ?” भन्‍ने प्रश्‍न छलफल गरिएको छ। यस विषयमा “के धर्मले तपाईंका आवश्‍यकताहरू पूरा गरिरहेका छन्‌?” र “बाइबल किन पढ्‌नु?” भन्‍ने मे महिनाका अङ्‌कहरूमा अझ बढी खोजीनिती गरिनेछ। आफ्नो जीवन अर्थहीन र उद्देश्‍यहीन महसुस गर्ने मानिसहरूसित हामीले सजिलै वार्तालाप सुरु गर्न सक्नु पर्ने हो।

५ वितरण सङ्‌ख्‌या बढाउनु: वितरण सङ्‌ख्‌या बढाउन जनवरी १ को प्रहरीधरहरा ले चार वटा सुझावहरू प्रस्तुत गऱ्‍यो। हामीलाई (१) पत्रिकाहरूसित अभ्यस्त हुन प्रोत्साहित गरियो। हामीले पत्रिकाहरू पढ्‌दा हाम्रो इलाकाका मानिसहरूलाई सबैभन्दा चासो लाग्ने लेखहरूबारे सोच्नुपर्छ। साथै, सधैं आफूसित पत्रिकाहरू लिएर हिंड्‌ने गऱ्‍यौ भने हामी आफ्ना सहकर्मी, छिमेकी, शिक्षक, सहपाठी अथवा पसलेहरूलाई ती दिन सक्नेछौं।

६ हामीलाई (२) आफ्ना प्रस्तुतिहरू सरल बनाउनु भनेर पनि याद दिलाइयो। एउटा चाखलाग्दो बुँदालाई छान्‍नुहोस्‌ र छोटकरीमा भन्‍नुहोस्‌। तपाईंले मानिसहरूको घरमा पत्रिका प्रवेश गराउन सक्नुभयो भने तपाईंले भेट्‌नुभएको व्यक्‍ति अथवा परिवारका अन्य सदस्यहरूसित त्यसले “कुरा” गर्न सक्छ।

७ अर्को आवश्‍यकता (३) लचकदार हुनु हो। छलफल गर्न बेग्लाबेग्लै विषयहरू मनमा राख्नु पनि बेस हुनेछ—जवानहरूका लागि एउटा, पुरुषको लागि अर्कै र स्त्रीहरूका लागि बेग्लै प्रकारको।

८ अन्तमा, हामीले वितरण गर्ने (४) व्यक्‍तिगत लक्ष्य निर्धारण गर्नुपर्छ। मण्डलीले पत्रिका वितरण गर्ने एउटा निश्‍चित सङ्‌ख्‌या किटान गर्न सक्दैन तर हामीले आफ्नो निम्ति व्यक्‍तिगत लक्ष्य राख्न सक्छौं। यसो गर्नाले यी पत्रिकाहरूको ग्राहक बनाउन वा एक प्रति भए पनि प्रस्तुत गर्न हामीलाई अझ बढी प्रेरणा मिल्न सक्छ।

९ अरूले परमेश्‍वरको राज्यबारे थाहा पाएको हामी चाहन्छौं। राज्य समाचार फैलाउन यी पत्रिकाहरूले प्रदान गर्ने उत्तम मदतको हामी पूर्ण फाइदा उठाऔं।—मत्ती १०:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने