संसारका सर्वोत्तम पत्रिकाहरू प्रस्तुत गर्नुहोस्
१ “यहोवा परमेश्वरलाई ब्रह्माण्डको सर्वसत्ताधारी प्रभु मानेर उहाँलाई महिमित पार्नु” प्रहरीधरहरा को उद्धरित उद्देश्य हो। अवेक! “सम्पूर्ण परिवारको प्रगतिशील ज्योतिको निम्ति हो। . . . सृष्टिकर्त्ताले प्रतिज्ञा गर्नुभएको शान्त र सुरक्षित नयाँ संसारमा हाम्रो विश्वसनीयता यस पत्रिकाले बढाउँछ।” यी उद्धरणहरू ती पत्रिकाहरूबाटै लिइएका हुन्। ती लक्ष्यहरू पछ्याउँदा लाखौं पाठकहरूको निम्ति ती पत्रिकाहरू सान्त्वनाको स्रोत साबित भएको छ।
२ अप्रिल र मे महिनामा ढोका-ढोकाको सेवकाईमा हामी यी पत्रिकाहरूको ग्राहक बन्ने यथाशक्य प्रस्ताव राख्नेछौं। यस कार्यमा प्रभावकारी हुन हामी त्यसमा भएका विषयवस्तुसित राम्ररी परिचित हुनु आवश्यक छ। प्रत्येक अङ्क पढ्नुहोस् र ती प्रस्तुत गर्दा प्रयोग गर्न सकिने बुँदाहरू याद गर्नुहोस्। मानिसहरूलाई चासो लाग्ने विषयहरूमा ध्यान दिनुहोस्। तपाईंका छिमेकीहरूको सोचाइलाई कस्ता प्रकारका सामाजिक, पारिवारिक अथवा भावनात्मक विषयहरूले चिन्तित पार्छ? तिनीहरूको मन छुने र अझ बढी सिक्ने इच्छा जगाउने खालका केही बुँदाहरू सोच्नुहोस्। पर्याप्त ग्राहक पर्चीहरू राख्न भने नभुल्नुहोस्।
३ अप्रिल १ को प्रहरीधरहरा लाई प्रकाश पार्दा: (अर्धमासिक संस्करणहरू) धेरै मानिसहरू आफ्नो आनन्द हरण गर्ने समस्याहरूबाट मुक्त, एउटा उत्तम संसारको लालसा गर्छन्।
आफ्नो परिचय दिइसक्नुभएपछि तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“‘एउटा उत्तम संसार—सपना मात्र?’ शीर्षक भएको लेखमा म एउटा चाखलाग्दो टिप्पणी तपाईंलाई देखाउन चाहन्छु। त्यहाँ यसो भनिएको छ: ‘यो संसार अर्थात् हाम्रो संसार निश्चय नै एउटा आदर्श ठाउँ होइन। . . . वर्तमान दुःखहरूको सूची अनगिन्ती देखिन्छन्।’ (त्यस लेखको ३ अनुच्छेद हेर्नुहोस्।) यस्तो परिस्थितिले भविष्यप्रति आशावादी हुन कठिन बनाइदिन्छ, होइन र? तापनि भविष्यबारे भजनसंग्रह ३७:११ ले के भन्छ, म तपाईंलाई देखाउन चाहन्छु।” पद पढिसकेपछि त्यो प्रतिज्ञा उहाँलाई कस्तो लाग्यो भनी घरधनीलाई सोध्नुहोस्। उहाँले समर्थन जनाउँदै प्रत्युत्तर दिनुभयो भने पृष्ठ ४ मा भएको “एउटा उत्तम संसार—नजिकै” भन्ने लेख पल्टाउनुहोस् र भन्नुहोस्: “हामीले भर्खरै पढेको भजनसंग्रह ३७:११ जस्ता थुप्रै शास्त्रपदहरू यहाँ उद्धरण गरिएका छन्। यी पत्रिकाहरू नियमित तवरमा पढेर तपाईंले आनन्द उठाउनुहुनेछ भनी म विश्वस्त छु।” त्यसपछि चन्दास्वरूप रु. ६०.०० मा प्रहरीधरहरा को वार्षिक ग्राहक बन्ने प्रस्ताव राख्नुहोस्।
४ अप्रिल १५ को वाचटावर लाई प्रकाश पार्दा: अर्धमासिक संस्करणको पृष्ठ ४ को लेखले प्रश्न गर्छ: “भरपर्दो डोऱ्याई तपाईं कहाँ पाउन सक्नुहुन्छ?”
आफ्नो परिचय दिइसक्नुभएपछि तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“आज संसारमा थुप्रै समस्याहरू छन्, जस्तै [तपाईंको इलाकामा अहिले सबैलाई चासो लाग्ने विषय वा कुनै प्रमुख समाचार उल्लेख गर्नुहोस्]। यसले गर्दा के यस्तो गन्जागोलबाट कहिल्यै मुक्ति पाइएला र भनी हामी अन्योलमा पर्छौं, होइन र? तर आनन्दको कुरा, एउटा सुखमय र सुरक्षित जीवन बिताउने मार्ग-निर्देशक बाइबल हो भनी २ तिमोथी ३:१६, १७ ले हामीलाई आश्वासन दिन्छ।” यी पदहरू पढिसक्नुभएपछि बाइबल एउटा भरपर्दो मार्ग-निर्देशक हो भनी बुझ्न प्रहरीधरहरा ले कसरी मदत गर्छ, सो देखाउनुहोस्। प्रहरीधरहरा का मासिक संस्करणहरू प्रस्तुत गर्दा पनि यस्तै प्रकारका प्रस्तुतिहरू प्रयोग गर्न सकिन्छ।
५ तपाईं अवेक! प्रस्तुत गर्न रूचाउनुहुन्छ भने मे ८ को अङ्क र “बच्चाहरूको निम्ति साँचो आशा” जस्ता लेख प्रयोग गर्न सक्नुहुन्छ। सम्भवतः बच्चाहरूका आवश्यकताहरूले आमाबाबुको हृदय छोएको अनि तिनीहरूलाई कसरी मदत गर्न सकिन्छ भनी जान्न इच्छुक आमाबाबुहरू तपाईंले भेट्टाउनु हुनेछ। आफूसित विभिन्न अङ्कहरू भएमा तपाईंले विभिन्न विषयहरूप्रति ध्यानाकर्षण गर्न सक्नुहुन्छ। अनि यसले ग्राहक बन्ने प्रस्ताव स्वीकार्न मानिसहरूलाई प्रोत्साहित गर्न सक्छ। ग्राहक बन्ने प्रस्ताव अस्वीकार गरेमा प्रहरीधरहरा र अवेक! का केही प्रतिहरू अथवा एउटा प्रति मात्र भए पनि पढ्ने सुझाव दिन नबिर्सनुहोस्।
६ हाम्रा पत्रिकाहरू अर्थात् संसारका सर्वोत्तम पत्रिकाहरूबारे हामी उत्साही भयौं भने अरूलाई ती वितरण गर्न हामी उत्सुक हुनेछौं। त्यसो गऱ्यौं भने तिनीहरूले पनि राज्य आशालाई अङ्गाल्न सक्छन् र परमेश्वरलाई ब्रह्माण्डको सर्वसत्ताधारी प्रभु मानेर उहाँलाई महिमित पार्ने काममा सहभागी हुन सक्छन्।—भजन. ८३:१८.