के मैले पटक पटक परिवर्तन गरिरहनुपर्छ?
साक्षी दिंदा हामीले प्रयोग गर्न सक्ने थुप्रै शास्त्रीय प्रस्तुतिहरू हाम्रो राज्य सेवकाई को प्रत्येक अङ्कले प्रस्तुत गर्छ। थुप्रै जोशिला प्रकाशकहरू नयाँ विचारहरू पाउन र भिन्न प्रस्तुतिहरू प्रयोग गर्न इच्छुक हुन्छन्। प्रत्येक महिना थुप्रै सुझावहरू प्रदान गरेर हाम्रो राज्य सेवकाई ले त्यसतर्फ ध्यान पुऱ्याइरहेको हुन्छ।
तर, शायद पटक पटक आफ्ना प्रस्तुतिहरू परिवर्तन गर्नुपर्ने आवश्यकता तपाईंले महसुस नगर्नुहोला। प्रत्येक महिना घर-घरको सेवकाईमा बिताउन तपाईंसित थोरै घण्टा मात्र समय होला। समय बित्दै जाँदा केही प्रस्तुतिहरू प्रयोग गर्न तपाईंलाई सजिलो र प्रयोग गर्दा राम्रा परिणामहरू भएको पनि महसुस गर्नुहोला। भजनसंग्रह ३७:९-११, २ पत्रुस ३:१३, प्रकाश २१:४ र प्रायः प्रयोग गरिने अन्य पदहरू चलाउने बानी परिसकेको हुन सक्छ। त्यसो हो भने, कुनै नयाँ प्रस्तुति प्रयोग गर्न बाध्य महसुस गर्नुपर्ने खाँचो छैन। हाम्रो प्राथमिक उद्देश्य अरूलाई राज्यको आशा बाँड्नु र यहोवाको आशिष पाउन योग्यको हुन के गर्नुपर्छ भनी सिक्ने मदत दिनु हो। रीजनिङ्ग पुस्तकमा समयसापेक्ष र आकर्षक प्रस्तुतिहरू पाउनुहुन्छ। ती प्रयोग गर्दा राम्रा परिणामहरू पनि भएका छन् भने ती प्रस्तुतिहरू चलाउन नहिचकिचाउनुहोस्।