प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 फेब्रुअरी
  • राम्रो परिणाम ल्याउँछ भने प्रयोग गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राम्रो परिणाम ल्याउँछ भने प्रयोग गर्नुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • नमुना प्रस्तुतिहरू कसरी चलाउने
    हाम्रो राज्य सेवकाई—२००५
  • राम्ररी तयारी गरेर—चासो देखाऔं
    हाम्रो राज्य सेवकाई—२००६
  • सत्यको गवाही दिने पत्रिका प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • के मैले पटक पटक परिवर्तन गरिरहनुपर्छ?
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 फेब्रुअरी

राम्रो परिणाम ल्याउँछ भने प्रयोग गर्नुहोस्‌!

१ हाम्रो राज्य सेवकाई-ले सेवकाईमा चलाउन सकिने विविध सुझावित प्रस्तुतिहरू दिइरहन्छ। राज्य सुसमाचारप्रति कसरी चासो जगाउने भनी ती प्रस्तुतिहरूले नयाँ विचारहरू प्रदान गर्छन्‌। सायद तपाईं प्रत्येक महिना ती प्रस्तुतिहरूमध्ये एउटा वा त्योभन्दा बढी सिक्ने प्रयास गर्नुहुन्छ। तथापि, केही प्रकाशकहरूले ती प्रस्तुतिहरूमध्ये कुनै एउटा दुई चारचोटि चलाएपछि हाम्रो राज्य सेवकाई-को अर्को अंकमा फेरि अर्कै प्रस्तुतिहरू पाउँछन्‌। स्पष्टतः पहिलेको प्रस्तुति चलाउन नजानिकन नयाँ प्रस्तुति सिक्न सबैलाई गाह्रै हुन्छ।

२ निस्सन्देह, क्षेत्र सेवकाईमा धेरैभन्दा धेरै समय बिताउने हजारौं अग्रगामी र प्रकाशकहरू छन्‌। यसबाहेक, थुप्रै मण्डलीहरूले केही हप्ता बिराएर फेरि त्यही इलाकामा प्रचार गर्न जानुपर्ने हुन्छ। त्यस्ता परिस्थितिहरूमा सुसमाचार प्रस्तुत गर्ने नयाँ तरिका तथा विचारहरू पाउँदा प्रकाशकहरू रमाउँछन्‌। त्यसले उनीहरूलाई कौशलता तिखार्न मदत गर्छ। त्यति मात्र होइन उनीहरूको सेवकाई झनै चाखलाग्दो तथा फलदायी बनाउँछ अनि चुनौतीहरू सामना गर्न सहयोग गर्छ।

३ परिस्थिति जस्तोसुकै किन नहोस्‌, चासो जगाउने किसिमको प्रभावशाली प्रस्तुति तयार गर्नुभएको छ भने त्यसैलाई प्रयोग गरिरहनुहोस्‌! कुनै प्रभावकारी प्रस्तुतिले राम्रो परिणाम ल्याउँदैछ भने त्यसलाई प्रयोग गर्न छोडनु आवश्‍यक पर्नेछैन। कुरा यति हो, चालू महिनामा प्रस्तुत गरिने साहित्यसँग ती प्रस्तुतिहरू मिलाउन अलि छाँटकाँट गर्नुहोस्‌। हाम्रो राज्य सेवकाई-मा दिइएका सुझाउहरू पुनरावलोकन गर्नुहुँदा आफ्नो प्रस्तुतिमा समावेश गर्न मिल्ने चाखलाग्दो बुँदाहरू खोज्नुहोस्‌।

४ अतः हाम्रो राज्य सेवकाई-को नयाँ अंक तपाईंको हातमा पर्दा त्यसमा भएका प्रस्तुतिहरू सुझाउहरू मात्र हुन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌। त्यसलाई प्रयोग गर्न सक्नुहुन्छ भने बेसै हो। तर आफ्नो इलाकामा राम्रो परिणाम ल्याउने प्रस्तुति फेला पारिसक्नुभएको छ भने त्यसैलाई प्रयोग गर्नुहोस्‌। मुख्य कुरा त योग्य व्यक्‍तिहरू भेट्टाउनु र तिनीहरूलाई चेला बन्‍न मदत दिएर राम्रोसँग ‘सेवाको काम पूरा गर्नु’ हो।—२ तिमो.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने