प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १/०५ p. ८
  • नमुना प्रस्तुतिहरू कसरी चलाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुतिहरू कसरी चलाउने
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिका प्रस्तुत गर्न कसरी तयारी गर्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • सत्यको गवाही दिने पत्रिका प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • राम्रो परिणाम ल्याउँछ भने प्रयोग गर्नुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९८
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने आफ्नो प्रस्तुति बनाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 १/०५ p. ८

नमुना प्रस्तुतिहरू कसरी चलाउने

१. दिइएका नमुना प्रस्तुतिहरूलाई हामीले कस्तो दृष्टिकोणले हेर्नुपर्छ?

१ पत्रिका तथा अन्य प्रकाशनहरू प्रस्तुत गर्ने नमुना प्रस्तुतिहरू हाम्रो राज्य सेवकाई-मा नियमित रूपमा आउने गर्छन्‌। सेवकाईमा भाग लिंदा हामीले यी सुझावित प्रस्तुतिहरूमा लेखिएजस्तै दुरुस्त भनिरहनु आवश्‍यक छैन। ती त हामीले भन्‍न सक्ने कुराको एउटा नमुना मात्र हुन्‌। ती प्रस्तुतिहरूलाई आफ्नै शब्दमा भन्यौं भने साधारणतया हाम्रो प्रस्तुति झनै प्रभावकारी हुनेछ। आफ्नै शब्दमा कुरा गर्दा घरधनीले सजिलो महसुस गर्छन्‌ भने त्यसबाट हाम्रो निष्कपटता अनि दृढ विश्‍वास पनि झल्किन्छ।—२ कोरि. २:१७; १ थिस्स. १:५.

२. प्रस्तुतिहरू तयार गर्दा हामीले किन स्थानीय प्रचलनहरूलाई ध्यान दिनु आवश्‍यक छ?

२ आफ्नो प्रस्तुतिलाई सुहाउँदो बनाउनुहोस्‌: स्थानीय प्रचलनहरूले सुसमाचार सुनाउने हाम्रो तरिकामा निकै असर पार्छ। के तपाईं घरधनीलाई अभिवादन गरेपछि आफ्नो प्रस्तुतिलाई बिस्तारै कुराकानीतर्फ मोड्‌न सक्नुहुन्छ वा तपाईंको इलाकामा बसोबास गर्ने मानिसहरूलाई सीधै कुरा गरेको मनपर्छ? यो कुरा ठाउँ र कहिलेकाहीं त व्यक्‍तिपिच्छे फरक-फरक हुन्छ। प्रश्‍नहरू चलाउन विवेक पनि चाहिन्छ। कुनै-कुनै ठाउँमा उपयुक्‍त हुने प्रश्‍नहरूले अरू ठाउँका मानिसहरूलाई अप्ठ्यारोमा पार्न सक्छ। तसर्थ, हामीले असल निर्णय गर्नै पर्छ र स्थानीय तवरमा स्वीकार्य भएअनुसार आफ्ना प्रस्तुतिहरूलाई ढाल्नुपर्छ।

३. हामीले कुरा गर्ने मानिसहरूको पृष्ठभूमि तथा सोचाइलाई किन ध्यानमा राख्नुपर्छ?

३ साथै, क्षेत्र सेवाको लागि तयारी गर्दा आफ्नो इलाकाका मानिसहरूको पृष्ठभूमि र सोचाइलाई पनि हामीले ध्यानमा राख्नु आवश्‍यक छ। उदाहरणका लागि, “प्रभुको प्रार्थना[बारे]” थाह भएको भक्‍त क्याथोलिकसित र त्यस प्रार्थनाबारे केही पनि थाह नभएको व्यक्‍तिसित तपाईं मत्ती ६:९, १० बारे एउटै तरिकामा छलफल गर्नुहुन्‍न होला। अलिकति पहिल्यै विचार पुऱ्‍यायौं भने हामी अक्सर सेवकाईमा भेटिने मानिसहरूको मन छुने किसिमले आफ्ना प्रस्तुतिहरूलाई ढाल्न सक्छौं।—१ कोरि. ९:२०-२३.

४. राम्ररी तयारी गर्नु किन अत्यावश्‍यक छ?

४ नमुना प्रस्तुतिलाई हुबहु धेरै वा कम चलाउने योजना बनाउँदा समेत राम्ररी तयारी त गर्नै पर्छ। प्रयोग गर्न चाहेको लेख वा अध्यायलाई हामीले होसियारसाथ पढ्‌नुपर्छ र चासो जगाउने खालका बुँदाहरू खोज्नुपर्छ। त्यसपछि यसलाई आफ्नो प्रस्तुतिमा समावेश गर्नुपर्छ। हाम्रा प्रकाशनहरूमा भएका उत्कृष्ट जानकारीसित परिचित भएपछि मात्रै हामी त्यसलाई उत्साहका साथ प्रस्तुत गर्न सक्छौं।

५. हामीले किन विभिन्‍न खाले प्रस्तुति तयार गर्नुपर्छ र हामी कसरी यसो गर्न सक्छौं?

५ अन्य तरिकाहरू: के हामीले नमुना प्रस्तुतिहरूमा बताइएका तरिकाहरू मात्रै चलाउनुपर्छ भन्‍ने छ र? अहँ, छैन। यदि तपाईंलाई अर्कै तरिका वा अर्कै शास्त्रपद चलाउन सजिलो लाग्छ भने त्यही चलाउनुहोस्‌। विशेष गरी पत्रिकाहरू प्रस्तुत गर्दा आफ्नो इलाकाका मानिसहरूलाई मनपर्ने खालका लेखहरू देखाउने मौका खोज्नुहोस्‌। सेवा सभामा क्षेत्र सेवाका लागि प्रस्तुतिहरू प्रदर्शन गर्दा स्थानीय इलाकामा प्रभावकारी सिद्ध हुने खालका प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउने प्रबन्धहरू मिलाउन सकिन्छ। यसरी प्रभावकारी ढङ्‌गमा सुसमाचार सुनाउन सबैलाई मदत गर्न सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने