प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जुलाई p. ४
  • सत्य सिक्न अरूलाई मदत दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्य सिक्न अरूलाई मदत दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • हामी फर्केर गएनौं भने तिनीहरूले कसरी सुन्‍नेछन्‌?
    हाम्रो राज्य सेवकाई—१९९४
  • अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • के तपाईं यी पुस्तिका प्रयोग गर्दै हुनुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१२
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 जुलाई p. ४

सत्य सिक्न अरूलाई मदत दिनुहोस्‌

१ सत्यको साक्षी दिन येशू यस पृथ्वीमा आउनुभयो। अरूलाई सत्य प्रचार गर्न उहाँले आफ्ना चेलाहरूलाई शिक्षकहरू हुने प्रशिक्षण दिनुभयो। अरूलाई सिकाउन तिनीहरू सफल हुनेछन्‌ भनी निर्धक्क हुनुभएर उहाँले तिनीहरूलाई “जन प्रशिक्षकहरू” भन्‍नुभयो। (मत्ती १३:५२, न्यु व.) उहाँले प्रत्येकलाई साँचो धनको ठूलो ढुकुटी भएको विद्वानसित तुलना गर्नुभयो। राज्य प्रचार कार्यलाई तीव्र गर्न आज येशूका चेलाहरूले मुद्रित प्रकाशनहरू प्रयोग गर्छन्‌। उदाहरणको लागि, अरूलाई चेला बन्‍ने मदत दिन हामीसित विभिन्‍न प्रकारका साना पुस्तिकाहरू छन्‌। यी मूल्यवान साधनहरू कसरी प्रयोग गर्न सकिन्छ?

२ वार्तालाप सुरु गरेर “अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट” नामक सानो पुस्तिका प्रस्तुत गर्न तपाईं सोध्न सक्नुहुन्छ:

▪“मानिसका सारा प्रयासहरू बावजूद पनि सुरक्षित भविष्यको सम्भावना किन धमिलो देखिन्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] ती थुप्रै प्रयासहरू असफल हुनाको कारण बाइबलले बताउँछ।” भजनसंग्रह १४६:३, ४ पढ्‌नुहोस्‌। घरधनीसित अनुच्छेद ६ छलफल गरिसक्नुभएपछि तपाईं यो सोध्न सक्नुहुन्छ: “हामीलाई दीर्घकालीन सुरक्षा वास्तवमा कसले प्रदान गर्न सक्छ?” घरधनीको प्रत्युत्तरअनुसार अनुच्छेद ७ बाट तपाईंले उपयुक्‍त बुँदाहरू छलफल गर्न अथवा अर्को पटक सो छलफल गर्न प्रबन्ध मिलाउन सक्नुहुन्छ।

३ “के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?” नामक सानो पुस्तिका तपाईंले चलाउन सक्नुहुने एउटा तरिका यसप्रकार छ:

▪“थुप्रै मानिसहरूले यी दुई वटा चित्र मुनिको उपशीर्षकमा दिइएको प्रश्‍न सोधेका छन्‌। [पृष्ठ ६ र ७ को तलतिर दिइएको प्रश्‍न पढ्‌नुहोस्‌ अनि जवाफ दिने मौका दिनुहोस्‌।] एक मायालु परमेश्‍वरले असल र खराब दुवै कुराको एकै चोटि प्रवर्धन गर्न सक्नुहुन्‍न। त्यसकारण यशैया ६५:२१-२४ मा उद्धरित उहाँको प्रतिज्ञाबारे तपाईंको विचार कस्तो छ?” घरधनीको टिप्पणीले केही चासो देखाउँछ भने अनुच्छेद ३७ पल्टाउनुहोस्‌ र परमेश्‍वरको राज्यले पूर्ति गर्ने कुराहरू उहाँलाई बताउनुहोस्‌।

४ “जीवनमा अझ बढी केही छ!” नामक सानो पुस्तिका प्रस्तुत गर्नुहुँदा तपाईं यसो भन्‍न सक्नुहुन्छ:

▪“धेरैको निम्ति जीवन केवल निरर्थक अनि नीरस साबित भएको छ। जीवनलाई अझ बढी अर्थपूर्ण बनाउन के गर्नु पर्ला जस्तो तपाईंलाई लाग्छ? [घरधनीलाई आफ्नो विचार व्यक्‍त गर्ने मौका दिनुहोस्‌।] परमेश्‍वरले हाम्रो लागि भविष्यमा राम्रा कुराहरू साँच्नुभएको छ भनेर बाइबलले देखाउँछ। प्रकाश २१:४, ५ ले के भन्छ, हेर्नुहोस्‌ त।” उपयुक्‍त भएमा पुस्तिकाको अनुच्छेद ४२ का बुँदाहरूबाट वार्तालाप कायम गर्नुहोस्‌।

५ “पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!” नामक ठूलो पुस्तिका चलाउँदै सानो उमेरको प्रकाशकले सोध्न सक्छ:

▪“यस्तो प्रमोदवनरूपी पृथ्वीमा के तपाईं बाँच्न चाहनुहुन्छ? [अगाडि र पछाडिको आवरण पृष्ठ देखाउनुहोस्‌ अनि टिप्पणी गर्ने मौका दिनुहोस्‌।] म र मेरो परिवार त्यहाँ बस्ने आशा गर्छौं किनभने यूहन्‍ना १७:३ मा बाइबलले यसो भन्छ।” शास्त्रपद पढिसकेपछि चासो भएको देखिएमा त्यस व्यक्‍तिलाई पुस्तिका प्रस्तुत गर्नुहोस्‌।

६ यस महिना आफ्नो सेवकाईमा तपाईं अन्य साना पुस्तिका अथवा ठूलो पुस्तिकाहरू चलाउँदै हुनुहुन्छ भने माथिका सुझावहरू मुताबिक परिचय र प्रस्तुतिहरू तयार गर्न सक्नुहुन्छ। घरधनीको चासो जगाउन छोटो अनि सकारात्मक तथा उत्थानदायी टिप्पणीहरू गर्न नभुल्नुहोस्‌।

७ यहोवाले हामीलाई सच्चाइ दिनुभएको छ। हामीले भेट्‌ने मानिसहरूसित मुद्रित पृष्ठ र हाम्रो वार्तालाप दुवैद्वारा सत्य बाँड्‌ने मौकाको फाइदा उठाउनुहोस्‌। यसो गऱ्‍यौं भने हामी अरूको अनन्तकालीन भलाइको जन प्रशिक्षक साबित हुन सक्छौं।—मत्ती २८:१९, २०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने