हामी फर्केर गएनौं भने तिनीहरूले कसरी सुन्नेछन्?
१ “प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्न सक्लान्?” (रोमी १०:१४) निस्सन्देह, हामीले प्रभावकारी पुनःभेटहरू गरेनौं भने तिनीहरूले कसरी सत्यको अर्थ बुझ्न सक्छन्? हामीले कुरा गरेको हरेक घरधनी पुनःभेटको योग्य छ। यो महिना हामीले प्रस्तुत गरेका कुनै पनि सानो पुस्तिकाका थप शास्त्रीय बुँदाहरू छलफल गरेर हामीले हाम्रो प्रारम्भिक वार्तालापलाई कायम राख्न सक्नेछौं जसले सफलतापूर्वक एउटा गृह बाइबल अध्ययनतर्फ डोऱ्याउन सक्छ।
२ “अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट” नामक सानो पुस्तिका प्रस्तुत गर्नु भएको भए यसप्रकार वार्तालाप सुरु गरेर बाइबल अध्ययनतर्फ डोऱ्याउन सक्नुहुन्छ। अगाडिको आवरण पृष्ठलाई देखाएर तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“तपाईं र तपाईंको परिवारको लागि सुरक्षित भविष्य सुनिश्चित भएको संसारमा के तपाईं बाँच्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि अनुच्छेद २ पल्टाउनुहोस्।] यो कहिल्यै सम्भव हुन सक्ला र भनी थुप्रैले शङ्का गरे तापनि हामी सबैको चाहना यस्तै छ। तर यसलाई वास्तविकता बनाउने प्रतिज्ञा गर्नुहुने परमेश्वरको निम्ति त्यो कुनै असम्भव कुरा होइन।” अनुच्छेद २ बाटै अथवा आफ्नो बाइबलबाट यशैया ३२:१७, १८ पढ्नुहोस्। भविष्यको निश्चित आशाबाट प्राप्त हुने आनन्द र मनको शान्ति अनुभव गर्ने व्यक्तिहरू अहिले संसारभरि छन् भनेर तिनलाई बुझाउँदै जानुहोस्। अनुच्छेद ३ को शास्त्रीय विचार छलफल गर्नुहोस् र यस सानो पुस्तिका अध्ययन गर्नाले कसरी अझ बढी सिक्ने मदत मिल्नेछ भनी घरधनीलाई बताउनुहोस्। यदि त्यो व्यक्ति जिज्ञासु छ भने छलफललाई कायम राख्न यथाशक्य चाँडो पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्।
३ “के हाम्रो चिन्ता गर्ने एउटा परमेश्वर हुनुहुन्छ?” नामक सानो पुस्तिका दिनुभएको ठाउँमा शायद यस्तै केही भन्नु प्रभावकारी हुनेछ:
▪“अगिल्लो भेटमा हामीले के हाम्रो चिन्ता गर्ने एउटा परमेश्वर हुनुहुन्छ भन्ने प्रश्न छलफल गरेका थियौं। हामीप्रतिको चिन्ताले गर्दा के परमेश्वरले दुःख र हिंसाको अन्त गर्नुहुन्छ होला? [त्यस व्यक्तिले जवाफ दिइसकेपछि अनुच्छेद ३२ पल्टाउनुहोस् र कुरा थाल्नुहोस्।] परमेश्वरले यस दुष्ट संसारलाई हटाउनु भएर त्यसको ठाउँमा नयाँ संसार ल्याउने प्रतिज्ञा गर्नुभएको छ जहाँ असल मानिसहरू शान्तिसित बाँच्न सक्नेछन्। [भजनसंग्रह ३७:११ पढ्नुहोस्।] बाइबलमा विश्वास राख्यौं र त्यसका सल्लाहहरू पालन गऱ्यौं भने तपाईं अनि मैले त्यस नयाँ संसारमा जीवनको आनन्द उठाउन सक्छौं।” बाइबल अध्ययन गर्न मानिसहरूलाई मदत दिने हाम्रो प्रबन्धबारे बताउनुहोस्।
४ “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” नामक ठूलो पुस्तिका दिनु भएको ठाउँमा पुनःभेट गर्दा आवरण पृष्ठको चित्र देखाएर यो प्रश्न गर्दै कुरा सुरु गर्न सक्नुहुन्छ:
▪“एउटा सिद्ध संसारमा बाँच्नु तपाईंलाई कस्तो होला जस्तो लाग्छ? [घरधनीको टिप्पणी लिनुहोस्।] यस चित्रमा देख्नुहुने कुरा पूर्णतया काल्पनिक होइन; यो बाइबलमा उद्धरित अचूक प्रतिज्ञाहरूमा आधारित छ। [प्रकाश २१:४ र भजनसंग्रह ३७:११, २९ पढ्नुहोस्।] तपाईं र तपाईंको परिवारले यस आशिषको आनन्द कसरी उठाउनसक्नुहुन्छ, म बताउन चाहन्छु।” घरधनीले चासो देखाएमा छलफल कायम गर्नुहोस् र बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुहोस्।
५ सत्य खोजिरहेका सोझा व्यक्तिहरूलाई भेट्टाउँदा तिनीहरूले सुनेको कुरामा थप कदम चाल्ने मदत दिने उद्देश्यले तिनीहरूकहाँ पुनःफर्किंदा हामीले निःस्वार्थ प्रेम देखाइरहेका हुन्छौं। आफ्नो र सुन्ने व्यक्तिहरूको अनन्तकालीन आशिषको लागि हामी आफूलाई सुम्पिएको पवित्र सच्चाइ प्रयोग गर्छौं।—१ तिमो. ४:१६.