प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अक्टोबर p. ७
  • प्रकाश चरमोत्कर्ष पुस्तक फेरि अध्ययन गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रकाश चरमोत्कर्ष पुस्तक फेरि अध्ययन गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    हाम्रो राज्य सेवकाई—२००६
  • जवानहरूलाई तिनीहरू कसरी ‘रमाउन’ सक्छन्‌ भनी बताउने
    हाम्रो राज्य सेवकाई—१९९५
  • प्रकाश—त्यसको आनन्दमय चरमोत्कर्ष!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • चासोलाई अझ बढाउँनका लागि म के भन्‍न सक्छु?
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 अक्टोबर p. ७

प्रकाश चरमोत्कर्ष पुस्तक फेरि अध्ययन गर्ने

१ प्रकाश चरमोत्कर्ष पुस्तकको शीर्ष पृष्ठले प्रकाश १:३ उद्धृत गर्छ: “जसले यी अगमवाणीका वचनहरू पढ़छ, र जस जसले सुन्छन्‌, . . . तिनीहरू धन्यका हुन्‌।” प्रकाशको पुस्तकमा भएका भविष्यवाणीहरूको आधुनिक दिनको पूर्ति देखेर आज यहोवाका साक्षीहरूको आनन्द अवश्‍य धेरै नै बढेको छ। “प्रभुको दिन” मा हुने घटनाहरूबारे हामीले वर्तमान समयमा बुझेका कुराहरू प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकमा दिइएका छन्‌। (प्रका. १:१०) यस पुस्तकलाई अध्ययन गरेर हामीले महत्त्वपूर्ण विश्‍व-घटनाहरू र विशेषगरि झूटो धर्मको विश्‍व-साम्राज्य अनि आरमागेडोनतर्फ लम्कंदै गइरहेका राष्ट्रहरूका साथै आफ्ना जनहरूसित यहोवाले गर्नुहुने व्यवहारबारे अन्तदृष्टि पाएका छौं।

२ यस प्रकाशनलाई पढ्‌दा हामीमध्ये धेरैको मनमा पहिले छलफल गरिसकेका बुँदाहरू पुनः ताजा हुनुको साथै आफ्ना सारा शत्रुहरूमाथि यहोवाले विजय हासिल गर्नुहुने दिनसम्म पुऱ्‍याउने वर्तमान घटनाहरूबारे हाम्रो आध्यात्मिक दृष्टिकोण पनि तीक्ष्ण हुनेछ। गत दुई-तीन वर्षमा सारा संसारभरि हामीसित सामेल हुन आएका हजारौंले मण्डली पुस्तक अध्ययनमा गरिन लागिएको प्रकाश चरमोत्कर्ष पुस्तकको तेस्रो छलफलबाट अवश्‍य लाभ उठाउनेछन्‌। संयोगवश यस पटक प्रकाश चरमोत्कर्ष को अध्ययन गर्दा हामी पहिलेको तालिका नभइ ब्रुकलिनको हालको मुख्य तालिकालाई पछ्याउनेछौं। यसप्रकार निकै दशकपछि पहिलो पटक संसारका धेरैजसो भागहरूका हाम्रा भाइहरूले जस्तै एकै समयमा एउटै विषयवस्तु अध्ययन गर्दैछौं।

३ हर हप्ता राम्ररी तयारी गर्न, सभामा उपस्थित हुन र अर्थपूर्ण ढङ्‌गमा भाग लिन पक्का निर्णय गर्नुहोस्‌। प्रकट हुँदै गइरहेका विश्‍व-घटनाहरूलाई प्रकाशको पुस्तकमा रेकर्ड गरिएको भविष्यवाणीको आधारमा तपाईंले जति राम्ररी बुझ्दै जानुहुन्छ, त्यति नै धेरै इनाम र आशिष्‌ पाउनुहुनेछ। त्यस्ता विषयवस्तु पहिलेभन्दा झनै समयानुकूल भएकोले निस्सन्देह हामीले त्यसलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ। हाम्रो समयबारे गरिएको रोमाञ्चकारी भविष्यवाणी पढेर, सुनेर र मनन गरेर सबैले प्रतिज्ञा गरिएको आनन्दको भरपूर फाइदा उठाऊन्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने