चासोलाई अझ बढाउँनका लागि म के भन्न सक्छु?
१ सुसमाचारलाई प्रचार गर्ने हामीहरुको उद्देश्य पछाडिको मुख्य भाग चेला बनाउनु हो, मात्र साहित्य छोड्नु हैन। तसर्थ, चासो पत्तो लागेपछि, रोपिएको बीउलाई हामीले खनजोत गरेर तथा पोषण दिएर, त्यो व्यक्ति विशेषलाई आध्यात्मिक रुपमा बढ्ने मदत् यहोवाले दिन सक्ने प्रकारको एउटा स्वस्थ्य वातावरण बनाउने भूमिका हामीले खेल्नु पर्छ। (१ कोरि० ३:६) उक्त रुपरेखित प्रथम प्रस्तुतीको लागि यसको पाश्चात–क्रियाको रुपमा तपाईंले के भन्न सक्नु हुन्छ? तपाईंले सामना गर्न संभावना भएका विभिन्न स्थितिहरुको लागि केही सुझावहरु यहाँ छन्।
२ पाएको चासोलाई खनजोत गर्ने: “पछिल्लो पाली तपाईं सँग संक्षिप्तमा कुराकानी गर्दा, तपाईं निकै नै व्यस्त हुनु हुन्थ्यो, तर त्यसो भएता पनि भविष्यबारे तपाईंको चिन्ता व्यक्त गर्नको लागि तपाईंले समय लिनु भयो। तपाईंलाई स्मरण होला कि बाइबलको यर्मिया १०:२३–मा हामीले पढेका थियौं कि एउटा सुखी भविष्यको लागि प्रबन्ध मिलाउँन मानिस अयोग्य छ। ध्यान दिनु होला यो पुस्तकलाई त्यो शास्त्रपदबारे के भन्नु छ। (यङ पिपल आस्क् पुस्तकको पृष्ठ ३०५–को अनुच्छेद ५ पढी दिनु होला।) यो पुस्तकले युवाजन अनि आमा–बाबुको लागि उपयोगी हुने विभिन्न विषयबारे बुझाउँछ। मलाई विश्वास छ कि यसवारे अझ बढी सिक्नको लागि तपाईंलाई चासो हुनेछ।”
३ बाइबल अध्ययन थाल्नको लागि यङ पीपल आस्क् पुस्तक चलाउँने: “तपाईंलाई फेरि भेट्न पाएकोमा मलाई खुसी लाग्यो। मैले तपाईं सँग छोडेको पुस्तकमा पाइने अरु एउटा थप बुँदालाई तपाईं सँग बाँड्न चाहन्छु, र त्यो अत्यन्तै प्रोत्साहजनक छ। बाइबलले भन्दछ कि परमेश्वरको अनुमोदन र आशिष पाउँनको लागि, आफ्नो मुमा–बुबालाई हामीले आदर दिनु पर्छ। आफ्नो मुमा–बुबालाई आदर दिनु पर्छ भन्नुको अर्थ के हो? यङ पिपल आस्क् पुस्तकको पृष्ठ ११–लाई पल्टाउँनु होस्। “ह्वॅट् ‘ॲनर्इङ्’ देम् मीन्ज्” उपशिर्षक अन्तर्गत रहेका अनुच्छेदहरु पढ्नु होस्, र पृष्ठ १७–को “क्वेस्ʹचन्ज् फॅर डिसकʹशन्” भागलाई पल्टाउँनु होस्, तथा पढीएका अनुच्छेदहरुसँग संवन्धित प्रश्नहरुमाथि छलफल गर्नुहोस्। फर्केर आउनेछु भनेर समाप्त गर्नुहोस् र यसप्रकार छलफललाई जारी राख्नुहोस्।
४ बाइबल अध्ययन थाल्नेको लागि अर्को प्रकाशन चलाउँदा: “आज तपाईंलाई घरैमा भेट्टाउन पाएकोमा मलाई खुसी लागेको छ। पछिल्लो पाली हामीले कुराकानी गरेको बेलामा, प्रकाशको २१:३, ४–मा दिएका प्रतिज्ञालाई हामीले मिलेर पढ्यौं। (त्यसलाई फेरि पढी दिनु होला।) तैपनि त्यहाँ प्रतिज्ञा गरिएका सुखमय अवस्थाको लागि केही नगरिकन त्यो हाम्रो हुन सक्दैन। प्रकाशको १:३–मा देखाए अनुसार दुइ थोक आवश्यक छन्। (पढी दिनु होला।) अतः बाइबलले भनेको कुरोलाई हामीले पढी लिएर मानि लिनुपर्छ, अथवा त्यहाँ लेखिएका कुरोहरुलाई व्यवहारमा ल्याउनु पर्छ। मैलै तपाईं सँग छोडेको साहित्यलाई पढ्नको लागि यो ब्रोश्यर ‘हेर! म सबै थोक नयाँ तुल्याउँदै छु’–ले अरु आनन्दमय बनाउने छ किनकि यसले सरल तरिकामा बताउँछ कि परमेश्वरका मागहरु के के हुन्। पृष्ठ ३०–मा धेरै मानिसहरुले सोध्ने १२–वटा प्रश्नहरुको सूची पाइन्छ। ती मध्ये कुन चाहिंको उत्तर तपाईं चाहनु हुन्छ?” घरपट्टिले प्रत्युत्तर दिए पछि, ब्रोश्यरमा त्यो प्रश्नको उत्तर भएको ठाऊँलाई पल्टाइ दिन सक्नु हुन्छ र बाइबल अध्ययन थाल्न सक्नु हुन्छ।
५ पुनः भेटहरुमा जाँदा, प्रथम भेटमा स्थापना गरेको जग माथि नै हामीले निर्माण जारी राख्नु पर्छ। हाम्रो सेवकाइको यो कोण माथि सावधानीपूर्वक ध्यान दिनाले यसले हामी तथा हामीलाई सुन्न चाहने दुवैको निमित्त यहोवाबाट धनिक आशिषहरु ल्याउँनेछ।—१ तिमो० ४:१६.