प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 नोभेम्बर p. १
  • प्रकाश—त्यसको चरमोत्कर्ष निकट!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • प्रकाश चरमोत्कर्ष पुस्तक फेरि अध्ययन गर्ने
    हाम्रो राज्य सेवकाई—१९९४
  • जवानहरूलाई तिनीहरू कसरी ‘रमाउन’ सक्छन्‌ भनी बताउने
    हाम्रो राज्य सेवकाई—१९९५
  • प्रकाश—त्यसको आनन्दमय चरमोत्कर्ष!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • चासोलाई अझ बढाउँनका लागि म के भन्‍न सक्छु?
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 नोभेम्बर p. १

प्रकाश—त्यसको चरमोत्कर्ष निकट!

१ “जसले यो अगमवाणीका वचनहरू पढ्‌छ, र जस जसले सुन्छन्‌, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्‌, तिनीहरू धन्यका हुन्‌, किनभने समय नजिकै छ।” (प्रका. १:३) यी शब्दहरूले प्रकाशको पुस्तकको महत्त्वलाई प्रष्ट्याउँछ किनकि यसका थुप्रै भविष्यवाणीहरू पूरा हुनै लागेको तोकिएको समयमा हामी बाँचिरहेका छौं। त्यसैले जनवरी ८, २००७ मा सुरु हुने हप्तादेखि मण्डली पुस्तक अध्ययनमा प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तक छलफल गर्नु साँच्चै उपयुक्‍त छ।

२ हामीले पछिल्लो चोटि मण्डली पुस्तक अध्ययनमा प्रकाशको चरमोत्कर्ष पुस्तक अध्ययन गरेदेखि यता संसारको रूप थुप्रै तरिकामा परिवर्तन भएको छ। (१ कोरि. ७:३१) यसको अलावा, थुप्रै नयाँ राज्य प्रकाशकहरूले प्रकाशको पुस्तकका पदहरू एक-एक गरी जाँचेर अध्ययन गर्ने मौका पाएका छैनन्‌। प्रकाशको चरमोत्कर्ष पुस्तकको अध्ययनले हामी सबैलाई हुनै लागेका घटनाहरूप्रति सतर्क रहन मदत गर्नुपर्छ।—प्रका. १६:१५.

३ हरेक हप्ता उपस्थित हुने लक्ष्य राख्नुहोस्‌। यस पुस्तकको अध्ययनले हामीलाई जागा रहन मदत दिने मात्र होइन तर येशूले सात मण्डलीलाई दिनुभएको सन्देशबाट हाम्रो आध्यात्मिकता र क्षेत्र सेवकाईको सहभागितालाई नराम्ररी असर पार्न सक्ने परिस्थितिहरूदेखि जोगिन समेत मदत गर्नेछ।—प्रका. १:११, १९.

४ राम्ररी तयारी गर्नुहोस्‌: हरेक हप्ताको पुस्तक अध्ययन अगाडि नै छलफल गरिने पदहरू पढ्‌नुहोस्‌। छलफल गरिरहेको बाइबल पदहरूलाई बाइबलबाटै कसरी बुझाइएको छ, ध्यान दिनुहोस्‌। मुख्य बुँदाहरू हृदयसम्म पुग्ने गरी बुझ्न प्रयत्न गर्नुहोस्‌। (नहे. ८:८, १२) मनन गर्न र आफैलाई यस्ता प्रश्‍नहरू सोध्न समय निकाल्नुहोस्‌: ‘यसले मलाई यहोवा र उहाँको उद्देश्‍यको पूर्तिको विषयमा के सिकाइरहेको छ? उहाँको उद्देश्‍यअनुरूप म कसरी चल्न सक्छु? साथै अरूलाई कसरी मदत गर्न सक्छु?’

५ सन्‌ १९१४ मा “प्रभुको दिन” सुरु भएदेखि यता बयानब्बे वर्ष बितिसकेको छ। (प्रका. १:१०) प्रकाशको पुस्तकमा पहिल्यै बताइएका संसारलाई नै हल्लाउने घटनाहरू हुनै लागेका छन्‌। प्रकाशको चरमोत्कर्ष पुस्तकको अध्ययनले निश्‍चय नै हाम्रो मन-मस्तिष्कलाई ताजगी दिनेछ र “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ” र नजिकै आउँदै गरेको नयाँ संसारप्रतिको हाम्रो विश्‍वासलाई सुदृढ बनाउनेछ।—प्रका. १६:१४; २१:४, ५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने