प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 डिसेम्बर पृ. ८
  • महान पुरुषको अनुसरण गर्न अरूलाई निमन्त्रित गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • महान पुरुषको अनुसरण गर्न अरूलाई निमन्त्रित गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • सबैभन्दा महान पुरुषबारे सिक्न अरूहरूलाई मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • उहाँको अनुयायी बन्‍न तिनीहरूलाई आग्रह गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • ‘सबै मानिसहरूलाई’ साक्षी दिने
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 डिसेम्बर पृ. ८

महान पुरुषको अनुसरण गर्न अरूलाई निमन्त्रित गर्नुहोस्‌

१ मत्ती ५:१४ मा रेकर्ड गरिएअनुसार येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू जगत्‌का ज्योति हौ।” येशूका अनुयायीहरूले सबै मानिसहरूलाई यहोवाको राज्य अनि छुटकाराका लागि उहाँले येशूद्वारा सम्पन्‍न गर्नुभएको मायालु प्रबन्धबारे बताउनु पर्थ्यो। यसै आज्ञालाई मनमा राख्दै डिसेम्बर महिनामा हामी आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक दिने आशा गर्छौं। शायद यहाँ दिइएका केही सुझावहरू तपाईंले प्रयोग गर्न चाहनुहुन्छ होला।

२ आफ्नो परिचय दिइसकेपछि निम्न कुराहरूलाई आफ्नै शब्दमा भन्‍नुभए कसो होला:

◼“यस पृथ्वीमा मानिसको रूपमा हुनुहुँदा येशू कस्तो हुनुहुन्थ्यो होला भनेर धेरैले सोचेका छन्‌। तपाईंलाई उहाँ कुन कुन ढङ्‌गमा अरूभन्दा भिन्‍न हुनुहुन्थ्यो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष नामक यस रोमाञ्चकारी पुस्तकले उहाँको जीवनी र सेवकाईका प्रमुख अंशहरूलाई प्रकाश पार्नुको साथै उहाँ कस्तो व्यक्‍ति हुनुहुन्थ्यो भनेर पनि अन्तर्दृष्टि प्रदान गर्छ। यो पुस्तक पढेर कसै कसैलाई व्यक्‍तिगत रूपमा उहाँसँग सङ्‌गत गर्ने, उहाँका पीडाहरू बाँड्‌ने र आफ्नै आँखाले उहाँको सेवकाई देख्ने मौका पाएजस्तै लाग्छ।” पुस्तकको शीर्षक सहितको पहिलो चित्र देखाउनुहोस्‌। त्यसपछि परिचय देखाएर “उहाँबारे सिकेर लाभ उठाउनुहोस्‌” नामक उपशीर्षक अन्तर्गत दोस्रो अनुच्छेद पढ्‌नुहोस्‌। अन्तमा चन्दास्वरूप रु. ४५.०० मा पुस्तक प्रस्तुत गर्नुहोस्‌।

३ अथवा तपाईंले यसो भन्‍नुभए पनि हुन्छ:

◼“क्रिसमसको समयमा हामी येशूबारे प्रायजसो थुप्रै कुराहरू सुन्छौं। तथापि, संसारभरि निकै खराब कुराहरू भइरहेकोले कतै येशूले साँच्चै नै हाम्रो चिन्ता वा हाम्रोलागि केही गर्न सक्नुहुन्छ र? भनेर केहीले सोच्छन्‌। तपाईंलाई कस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। अनि महान पुरुष पुस्तकको अध्याय २४ पल्टाउनुहोस्‌ र येशू यस पृथ्वीमा किन आउनुभयो भनेर छोटकरीमा छलफल गर्नुहोस्‌। त्यसपछि यूहन्‍ना १५:१३ पढेर येशूले अरूप्रति देखाउनुभएको हृदयग्राही प्रेममाथि जोड दिनुहोस्‌। पुस्तक लिन अस्वीकार गरेमा अन्य सामग्री प्रस्तुत गर्न ताजा पत्रिकाहरू, पुस्तिका वा उपयुक्‍त पर्चा लिएर जान नभुल्नुहोस्‌।

४ अर्को सुझाव यसप्रकार छ:

◼“अधिकांश नौजवानहरू लोकप्रिय व्यक्‍तिहरूको तौरतरिका नक्कल उतार्न चाहन्छन्‌ तर नक्कल उतार्न योग्य उदाहरणीय व्यक्‍तिहरू पाउन मुस्किल छ। येशू ख्रीष्टले सबैका निम्ति सिद्ध उदाहरण बसाल्नुभयो। [१ पत्रुस २:२१ पढ्‌नुहोस्‌।] उहाँको सम्पूर्ण जीवन स्वर्गमा हुनुहुने आफ्नो पिताको उपासनामा केन्द्रित थियो। धेरै मानिसहरूले उहाँको अनुकरण गर्न खोजे कस्तो होला जस्तो तपाईंलाई लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। पुस्तकको अन्तिमबाट दोस्रो पृष्ठको तेस्रो अनुच्छेद उल्लेख गर्नुहोस्‌, जहाँ उहाँका विशेष गुणहरूबारे व्याख्या गरिएको छ। असल व्यक्‍ति बन्‍न महान पुरुष पुस्तकले हामी सबैलाई कसरी मदत गर्न सक्छ भनी वर्णन गर्नुहोस्‌।

५ तपाईंले यसो भन्‍नुभए पनि हुन्छ:

◼“येशू ख्रीष्टको नाउँ लिंदा धेरैले उहाँलाई या त बालकको रूपमा सम्झन्छन्‌, नभए कष्ट भोगेर मर्न लागेको मानिसको रूपमा सम्झन्छन्‌। येशूबारे तिनीहरूको धारणा केवल उहाँको जन्म र मृत्युसम्म मात्र सीमित छ। आफ्नो जीवनकालमा उहाँले भन्‍नु अनि गर्नुभएका अद्‌भुत कुराहरूलाई प्रायः वास्तै गरिंदैन। तर उहाँले आफ्नो जीवनकालमा जे गर्नुभयो त्यसले यस पृथ्वीमा बाँचेका प्रत्येक व्यक्‍तिलाई असर गर्छ। त्यसैकारण त उहाँले हाम्रो निम्ति गर्नुभएका अद्‌भुत कामहरूबारे यथाशक्य धेरै कुराहरू सिक्नु अत्यावश्‍यक छ।” यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌। महान पुरुष पुस्तकको परिचयको पहिलो पृष्ठ पल्टाएर चौथो अनुच्छेद पढ्‌नुहोस्‌। पुस्तक प्रस्तुत गर्नुहोस्‌ र त्यसलाई व्यक्‍तिगत अध्ययनका लागि कसरी चलाउन सकिन्छ, त्यसबारे वर्णन गर्नुहोस्‌।

६ चासो देखाउने व्यक्‍तिहरू अनि प्रस्तुत गरिएका पत्रिका, पुस्तिका वा पुस्तकको रेकर्ड राख्न नभुल्नुहोस्‌ ताकि पुनःभेटहरू गर्न सकियोस्‌। आउनुहोस्‌, समय छँदै जोशिलो भएर इमानदार हृदय भएका व्यक्‍तिहरूलाई खोजौं र तिनीहरूलाई हाम्रो मुक्‍तिदाता येशू ख्रीष्टको अनुयायी बन्‍न मदत गरौं।—मत्ती १६:२४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने