प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 जून पृ. १
  • यहोवाले शक्‍ति दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले शक्‍ति दिनुहुन्छ
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवाले शक्‍ति दिनुहुन्छ
    हाम्रो राज्य सेवकाई—२००१
  • यहोवाको सङ्‌गठनसित नजिक हुनुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • यहोवाको सेवाको लागि आध्यात्मिक तवरमा बलियो रहनु होस्‌, स्वच्छ बस्नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 जून पृ. १

यहोवाले शक्‍ति दिनुहुन्छ

१ यहोवाका जनहरूको हैसियतमा हामीहरूलाई “अन्यजातिहरूका बीचमा” असल आचरण कायम गर्दै राज्यको सुसमाचार प्रचार गर्ने निर्दिष्ट कार्यभार दिइएको छ। (१ पत्रु. २:१२; मत्ती २४:१४) डरलाग्दो समयको साथसाथै हाम्रा कमजोरी तथा गल्तीहरूलाई विचार गर्दा हामी आफैले यो काम कदापि सम्पन्‍न गर्न सक्दैनौं। (२ तिमो. ३:१-५) मदतको निम्ति यहोवाको बाटो हेर्न सकेकोमा हामी कति खुशी छौं!

२ प्रेरित पावलले धेरै परीक्षाहरू सहे। (२ कोरि. ११:२३-२७) उनी कसरी सफलतापूर्वक यी परीक्षाहरूको सामना र दिइएको काम पूरा गर्न सक्षम भए? यहोवाले उनलाई “असामान्य शक्‍ति” दिनुभएको थियो। (२ कोरि. ४:७, न्युव) पावलले त्यस्तो ईश्‍वरीय मदत स्वीकार्दै यस्तो लेखे: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलि. ४:१३) त्यस्तैगरि यहोवाले हामीलाई पनि मदत दिनुहुनेछ। हामीले यी मदतहरू कसरी पाउनसक्छौं?

३ निरन्तर प्रार्थना गरेर: येशूले हामीलाई ‘माग्न, खोज्न, घच्घच्याउन’ र हार नमान्‍न आग्रह गर्नुभयो। (लूका ११:५-१०) हामीले लगातार यहोवालाई गरिरहेको प्रार्थनाले यहोवाप्रति हाम्रो चासो, इच्छाको तीव्रता र हाम्रो साँचो मनोवृत्ति प्रदर्शन गर्छौं। (भज. ५५:१७; ८८:१, १३; रोमी १:९-११) पावलले लगातार प्रार्थना गर्ने महत्त्व बुझेको हुँदा हामीलाई “निरन्तर प्रार्थना” गरिरहन आग्रह गरे। (१ थिस्स. ५:१७) यहोवाको मदत पाउने प्राथमिक तरिकाहरूमध्ये प्रार्थना एउटा हो।

४ ईश्‍वरतान्त्रिक निर्देशनहरू पछ्याएर: “ईश्‍वरतन्त्रको” अर्थ प्रेमको “परमेश्‍वरको शासन” हो। साना-ठूला निर्णयहरू गर्दा उहाँको मायालु अख्तियारलाई स्वीकाऱ्‍यौं भने, हामी लाभान्वित हुनेछौं। “विश्‍वासी र बुद्धिमानी दास[ले]” यस पृथ्वीमा ईश्‍वरतान्त्रिक राज्यको प्रतिनिधित्व गर्छ। (मत्ती २४:४५-४७) यहोवाबाट आशिष्‌ पाउने हो भने, “दास[ले]” प्रयोग गर्ने संगठनलाई सहयोग गर्नु अत्यावश्‍यक छ। (हिब्रू १३:१७ तुलना गर्नुहोस्‌।) यहोवाले उपयुक्‍त समयमा हामीलाई चाहिने शक्‍ति प्रदान गर्नुभएर उहाँप्रतिको हाम्रो वफादारी र उहाँको नियम पालन गर्ने इच्छुकतालाई इनाम दिनुहुनेछ।—हिब्रू ४:१६.

५ हाम्रा भाइहरूसँग नजीक भएर: येशूका चेलाहरू भनेर चिनिने चिन्ह प्रेम हो। (यूह. १३:३४, ३५) व्यक्‍तित्वहरूमा विविधता भएको कारण हामीहरू बीच मनमुटाउहरू हुनसक्छन्‌। हामीहरू एकअर्कालाई क्षमा गर्दै कोमल मनको हुनु आवश्‍यक छ। (एफि. ४:३२) यसले विश्‍वासका भाइहरूसित नजीक हुन र परीक्षामा तिनीहरूले देखाएको दृढ धैर्यताबाट प्रोत्साहित हुन सम्भव बनाउँछ। “यस संसारमा भएका [हाम्रा] दाज्यूभाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌” भन्‍ने थाह भएकोले हामीसँग पनि त्यस्ता दबाबहरूको सामना गर्न ईश्‍वर-प्रदत्त बल छ।—१ पत्रु. ५:९.

६ व्यक्‍तिगत अध्ययनको राम्रो तालिका कायम राखेर: हाम्रो मन र हृदयलाई आध्यात्मिक रूपमा बलियो बनाउँदा शैतानका आक्रमणहरूको विरोध गर्न सक्षम हुन्छौं। (१ पत्रु. ५:८) हामीले राम्रो व्यक्‍तिगत अध्ययनको तालिका राख्नाले ईश्‍वरीय ज्ञानको भण्डार बढाउनसक्छौं। दैनिक जीवनमा समस्याहरूको सामना गर्नु पर्दा हामी यस ईश्‍वरीय ज्ञानबाट मदत लिनसक्छौं। पावलले मुक्‍ति पाउन “यथार्थ ज्ञान” लिन आवश्‍यक छ भनेर जोड दिए। (१ तिमो. २:३, ४ न्युव) नियमित रूपमा आध्यात्मिक आहार लिनु अत्यावश्‍यक छ।

७ हामीलाई बलियो राख्न आवश्‍यक सबै मदतहरू मसीही मण्डली मार्फत सजिलैसँग पाइन्छन्‌। मसीही मण्डलीका क्रियाकलापहरूलाई पूर्ण हृदयले समर्थन गर्दा हामी ‘हिंड़ने छौं तर क्लान्त हुनेछैनौं’ भनेर ग्यारेन्टी पाउनेछौं।—यशै. ४०:२९-३१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने