विश्वास नभएकाहरूलाई मदत दिनुहोस्
१ यस आधुनिक समयमा शिक्षित तथा प्रगतिशील सोचाइ भएको ठानिनु लोकप्रिय भइसक्यो। मानव तर्कशास्त्र र विचित्र सिद्धान्तहरू प्रशंसा गरिन्छन् भने आध्यात्मिक मान्यताहरू तिरस्कार गरिन्छन्। सरल तथ्य र सत्य बुझ्न चाहने निष्कपट व्यक्तिहरूले लाइफ—हाउ डिड इट गेट ह्यर? बाइ एभलुशन अर बाइ क्रिएशन? (जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा? पुस्तक जाँच्न चाहनेछन्। विश्वास नभएकाहरूलाई यस पुस्तकले मदत दिनसक्छ। (रोमी १:१९, २०) चासो देखाएकाहरू कहाँ पक्कै पुनःभेटको लागि जानुहोस्।
२ तपाईं यसरी छलफल सुरु गर्न सक्नुहुन्छ:
▪“आज धेरै शिक्षकहरू मानव परिवार विकासवादद्वारा आएको हो भन्ने विश्वासलाई समर्थन गर्छन्, त्यो तपाईंलाई पक्कै पनि थाह छ होला। यसले सबै कुरा संयोगवश आएको भनेर सिकाउँछ। तपाईंलाई यसबारे कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यस विचारलाई अझै पनि सिद्धान्त भनेर उल्लेख गरिन्छ। सिद्धान्त ‘परिकल्पना’ वा ‘प्रमाणबिनाको अनुमान’ हो। शताब्दीऔंसम्म मानिसहरूले पृथ्वी चेप्टो छ भनेर विश्वास गरे तर अहिले हामीलाई त्यो तथ्यमा आधारित नभई एउटा मूर्ख अनुमान थियो भनेर थाह छ। विकासवादको सिद्धान्तबारे पनि के त्यस्तै भन्न सकिन्छ?” पृष्ठ ४ को परिचयात्मक टिप्पणी पढ्नुहोस् अनि यशैया ४२:५ छलफल गर्नुहोस्।
३ वा तपाईंले फर्केर जाँदा यसरी प्रस्तुत गर्न सक्नुहुन्छ:
▪“परमेश्वरमाथि विश्वास नगर्ने मानिसहरू भेट्नु साधारण भइसक्यो। वर्षौंअघि यो कुरा एकदम दुर्लभ थियो। तपाईंलाई धेरैले परमेश्वरमाथि विश्वास गुमाउनुको कारण के हो जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] धेरैले आफ्नो विश्वास गुमेको कारण हाम्रो संसारमा बढ्दो हिंसा र कष्टले गर्दा हो भनेर दोष लाउँछन्। यदि सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भने यी सबै कष्टहरूको अन्त किन गर्नुहुन्न, भनेर तर्क गर्छन्। यो प्रश्नको सन्तोषप्रद जवाफ नभेटाउने मानिसहरू प्रायः नास्तिक हुन्छन्। तर परमेश्वर हुनुहुन्छ र चाँडै उहाँले पृथ्वीलाई सुख तथा शान्तिको ठाउँ बनाउनुहुन्छ भन्ने प्रमाणहरू धेरै छन्।” पृष्ठ १९६ मा अनुच्छेद १९ को शास्त्रीय विचार प्रयोग गरेर छलफल जारी राख्नुहोस्।
४ उपयुक्त भएमा तपाईंले बाइबल हातैमा लिएर वार्तालाप सुरु गर्न सक्नुहुन्छ:
▪“हाम्रो समयमा बाइबल अध्ययन गर्नु किन व्यवहारिक छ भनेर देखाउन हामी पुनः फर्केर आएका हौं। धेरै मानिसहरूसँग बाइबल छ तर थोरैले मात्र बाइबल पढ्न समय निकाल्छन्। हामीलाई केहीले धर्ममा अब विश्वास नभएको कुरा स्पष्ट बताउँछन्। तपाईंलाई यसबारे कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] हामीले बाइबल परमेश्वरको प्रेरित वचन हो भनेर विश्वास गर्न सकेका कारणहरूमध्ये एउटा यसका भविष्यवाणीहरूको पूर्ति हो।” पृष्ठ २३४ मा अनुच्छेद ६ को शास्त्र पदहरू उल्लेख गर्नुहोस्।
५ यस प्रस्तुतिले शायद राम्रो प्रत्युत्तर प्राप्त गर्नसक्छ:
▪“हाम्रो पृथ्वीमा हामीले बुद्धिको मनोहर र अद्भुत प्रमाणहरू भेटाउनसक्छौं। सूर्यास्तको यो सुन्दर चित्र सुहाउँदो उदाहरण हो।” पृष्ठ १२ र १३ को चित्र देखाउनुहोस्। “विचार गर्नुपर्ने केही कुराहरू[बाट]” बुँदाहरू उल्लेख गर्नुहोस् र यसले हाम्रो संसारबारे अत्यावश्यक प्रश्नहरूको सन्तोषप्रद जवाफ कसरी प्रदान गर्छ बुझाउनुहोस्।
६ यस पुस्तकबाट सृष्टिकर्तामाथि दह्रो विश्वास राख्न मदत दिएर हामीले अरूको हित गर्नसक्छौं।