प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 जनवरी pp. ४-५
  • बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने
  • हाम्रो राज्य सेवकाई—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल
  • मृत्यु/पुनरुत्थान
  • अनन्त जीवन
  • परिवार
  • आवास
  • यहोवा परमेश्‍वर
  • येशू ख्रीष्ट
  • अन्तका दिनहरू
  • प्रार्थना
  • धर्म
  • विपत्ति/दुःखकष्ट
  • युद्ध/शान्ति
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • (१) प्रश्‍न, (२) बाइबल पद, (३) अध्याय
    हाम्रो राज्य सेवकाई—२००६
  • चासो भेटाउनु भएको ठाउँमा फेरि जानुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 जनवरी pp. ४-५

बाइबलले सिकाउँछ पुस्तक कसरी प्रस्तुत गर्ने

यस परिशिष्टमा बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्न सकिने विभिन्‍न तरिकाहरू दिइएका छन्‌। प्रस्तुतिलाई मन छुने बनाउन यसलाई आफ्नै शब्दमा भन्‍नुहोस्‌, इलाका सुहाउँदो बनाउनुहोस्‌ र छलफलको लागि पुस्तकमा के-कस्ता विषय छन्‌, परिचित हुनुहोस्‌। इलाकामा प्रभावकारी हुने अन्य प्रस्तुति पनि चलाउन सकिन्छ।—जनवरी २००५, हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌।

बाइबल

◼ “मानिसहरू भन्‍ने गर्छन्‌, बाइबल परमेश्‍वरको वचन हो। तर तपाईंलाई लाग्न सक्छ, मानिसले लेखेको किताब कसरी परमेश्‍वरको वचन हुन सक्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि २ पत्रुस १:२१ र पृष्ठ १९-२० मा अनुच्छेद ५ पढ्‌नुहोस्‌।] बाइबलबाटै यस पुस्तकमा यी प्रश्‍नहरूको जवाफ दिइएको छ।” पृष्ठ ६ का प्रश्‍नहरू देखाउनुहोस्‌।

◼ “आजभोलि कुन चाहिं विषयमा पो जानकारी पाइँदैन र? तर तपाईंको विचारमा सुखी र सफल जीवन बिताउन राम्रो सल्लाह कहाँ पाउन सकिएला? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि २ तिमोथी ३:१६, १७ र पृष्ठ २३ मा अनुच्छेद १२ पढ्‌नुहोस्‌।] हाम्रै हित हुने गरी परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने तरिकामा कसरी जीवन बिताउन सकिन्छ, यस पुस्तकमा चर्चा गरिएको छ।” पृष्ठ १२२-१२३ मा पेटी र चित्र देखाउनुहोस्‌।

मृत्यु/पुनरुत्थान

◼ “मानिस मरेपछि के हुन्छ भनेर धेरैले सोच्ने गर्छन्‌। मरेपछि के हुन्छ, के थाह पाउन सकिन्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि उपदेशक ९:५ र पृष्ठ ५८-५९ मा अनुच्छेद ५-६ पढ्‌नुहोस्‌।] साथै, पुनरुत्थानबारे बाइबलमा कस्तो प्रतिज्ञा गरिएको छ, यस पुस्तकमा बताइएको छ।” पृष्ठ ७५ को चित्र देखाउनुहोस्‌।

◼ “हामीले माया गर्ने कोही व्यक्‍तिको मृत्यु हुँदा उनलाई फेरि भेट्‌न मन लाग्छ नि, हैन र? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबलमा दिइएको पुनरुत्थानको प्रतिज्ञाबाट धेरैले सान्त्वना पाएका छन्‌। [यूहन्‍ना ५:२८, २९ र पृष्ठ ७२ मा अनुच्छेद १६-१७ पढ्‌नुहोस्‌।] यस अध्यायमा यी प्रश्‍नहरूको पनि जवाफ पाइन्छ।” पृष्ठ ६६ को सुरुमा दिइएका प्रश्‍नहरू पढेर सुनाउनुहोस्‌।

अनन्त जीवन

◼ “प्रायः सबै मानिस स्वस्थ र लामो जीवनको कामना गर्छन्‌। यस्तो जीवन पाइयो भने के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्‍न र? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि प्रकाश २१:३, ४ र पृष्ठ ५३-५४ मा अनुच्छेद १७ पढ्‌नुहोस्‌।] यस पुस्तकले कहिल्यै नमर्ने जीवन कसरी पाउन सकिन्छ र त्यो जीवन कस्तो हुनेछ, पनि बताउँछ।”

परिवार

◼ “हामी सबैलाई सुखी परिवार मनपर्छ नि, होइन र? [जवाफ दिने मौका दिनुहोस्‌।] सुखी परिवार बनाउन परिवारका सबैले गर्न सक्ने एउटा कुरा बाइबलमा बताइएको छ। त्यो हो, परमेश्‍वरले जस्तै प्रेम देखाउनु।” एफिसी ५:१, २ र पृष्ठ १३५ मा अनुच्छेद ४ पढ्‌नुहोस्‌।

आवास

◼ “आजभोलि थुप्रैलाई आफ्नै घर हुनु एउटा सपना मात्रै भइसक्यो। के कुनै दिन सबैको आ-आफ्नै घर होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यशैया ६५:२१, २२ र पृष्ठ ३४ मा अनुच्छेद २० पढ्‌नुहोस्‌।] परमेश्‍वरको यो प्रतिज्ञा कसरी पूरा हुन्छ, यो पुस्तकले बताउँछ।”

यहोवा परमेश्‍वर

◼ “परमेश्‍वरमा विश्‍वास गर्ने थुप्रै मानिस उहाँसँग नजिक हुन चाहन्छन्‌। बाइबलले हामीलाई उहाँको नजिक हुन निम्तो दिन्छ भनेर के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि याकूब ४:८क र पृष्ठ १६ मा अनुच्छेद २० पढ्‌नुहोस्‌।] यो प्रकाशन बाइबलबाट परमेश्‍वरसित नजिक हुन मदत दिनको लागि तयार पारिएको हो।” पृष्ठ ८ को सुरुका प्रश्‍नहरू पढेर सुनाउनुहोस्‌।

◼ “थुप्रै मानिसले परमेश्‍वरको नाउँ पवित्र गरियोस्‌ भन्दै प्रार्थना गर्छन्‌। तर उहाँको नाउँ के होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि पृष्ठ १९५ को अनुच्छेद १ बाट भजन ८३:१८ र अनुच्छेद २-३ पढ्‌नुहोस्‌।] यहोवा परमेश्‍वर र मानिसजातिको लागि उहाँको उद्देश्‍यबारे बाइबलले वास्तवमा के सिकाउँछ, यस पुस्तकमा चर्चा गरिएको छ।”

येशू ख्रीष्ट

◼ “येशू ख्रीष्टबारे नसुनेका मानिसहरू संसारमा कमै होलान्‌। कसै-कसैले भन्‍ने गर्छन्‌, येशू केवल एक जना प्रसिद्ध मानिस हुन्‌। कतिले त येशू नै ईश्‍वर हुनुहुन्छ भन्छन्‌। तपाईंको विचारमा येशू को हुनुहुन्छ भनी थाह पाउनु के जरुरी छ? जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यूहन्‍ना १७:३ र पृष्ठ ३७-३८ मा अनुच्छेद ३ पढ्‌नुहोस्‌। अध्यायको सुरुमा दिइएका प्रश्‍नहरू देखाउनुहोस्‌।

अन्तका दिनहरू

◼ धेरैको विश्‍वास छ, हामी ‘अन्तका दिनहरूमा’ बाँचिरहेका छौं। सुन्दर भविष्यको आशा गर्न सकिने के कुनै ठोस कारण छ? [जवाफ दिने मौका दिनुहोस्‌। पढ्‌नुहोस्‌ २ पत्रुस ३:१३।] अन्तका दिनहरूपछि जीवन कस्तो हुनेछ, यस टिप्पणीलाई ध्यान दिनुहोस्‌।” पृष्ठ ९४ को अनुच्छेद १५ पढ्‌नुहोस्‌।

प्रार्थना

◼ “परमेश्‍वरले प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ भनेर के तपाईंले कहिल्यै विचार गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि १ यूहन्‍ना ५:१४, १५ र पृष्ठ १७०-१७२ मा अनुच्छेद १६-१८ पढ्‌नुहोस्‌।] यस अध्यायमा, हामीले किन प्रार्थना गर्नुपर्छ र हाम्रो प्रार्थनाको सुनवाइ हुन के-के गर्नुपर्छ, त्यो पनि बताइएको छ।”

धर्म

◼ “धर्मले समस्या समाधान गर्ने त होइन बरु धर्म नै समस्याको जड हो भन्‍नेहरू आज थुप्रै छन्‌। तपाईंलाई कस्तो लाग्छ, के धर्मले मानिसलाई सही बाटो देखाइरहेको छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि मत्ती ७:१३, १४ र पृष्ठ १४५-१४६ मा अनुच्छेद ५ पढ्‌नुहोस्‌।] परमेश्‍वरले स्वीकार्नुहुने उपासनाका छ वटा विभिन्‍न पक्ष यस अध्यायमा केलाइएको छ।” पृष्ठ १४७ को सूची देखाउनुहोस्‌।

विपत्ति/दुःखकष्ट

◼ “विपत्तिहरू आइपर्दा परमेश्‍वरले साँच्चै मानिसको चिन्ता गर्नुहुन्छ कि हुन्‍न र आफूले भोगिरहेको दुःखकष्ट याद गर्नुहुन्छ कि हुन्‍न धेरैले शंका गर्छन्‌। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि १ पत्रुस ५:७ र पृष्ठ ११ मा अनुच्छेद ११ पढ्‌नुहोस्‌।] उहाँले कसरी सम्पूर्ण दुःखकष्ट हटाउनुहुनेछ, यस पुस्तकले बताउँछ।” पृष्ठ १०६ का सुरुका प्रश्‍नहरू देखाउनुहोस्‌।

युद्ध/शान्ति

◼ “सबै जना शान्तिको तिर्सना गर्छन्‌। तर धेरैले यो त सपना मात्र हो भन्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि भजन ४६:८, ९ पढ्‌नुहोस्‌।] यो पुस्तकमा, परमेश्‍वरले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुहुनेछ र विश्‍वभरि शान्ति कसरी ल्याउनुहुनेछ भनी बताइएको छ।” पृष्ठ ३५ को चित्र देखाउनुहोस्‌ र पृष्ठ ३४-३६ मा अनुच्छेद १७-२१ बताउँछ।

[पृष्ठ ५-मा भएको पेटी]

अनुदानको कुरा गर्ने विभिन्‍न तरिका

“हाम्रो विश्‍वव्यापी कार्यको लागि केही अनुदान दिन चाहनुहुन्छ भने म खुसीसाथ स्वीकार्नेछु।”

“हुन त हाम्रा प्रकाशनहरूको पैसा पर्दैन तर हाम्रो विश्‍वव्यापी कार्यको लागि तपाईंले जे-जति अनुदान दिनुहुन्छ हामी स्वीकार्छौं।”

“हाम्रो काम कसरी चलिरहेको छ भनेर तपाईंले सोचिरहनुभएको होला। सबै काम स्वेच्छिक अनुदानबाट चल्छ। तपाईं यस कामको लागि अनुदान दिन चाहनुहुन्छ भने म खुसीसाथ स्वीकार्नेछु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने