अन्तरदृष्टिसहित प्रचार गर्नुहोस्
१ अन्तरदृष्टिसहित प्रचार गर्नु भनेको हामीले प्रचार गर्ने मानिसहरूबारे केही बुझ्नु हो। किन? किनभने हामीले मानिसहरूसमक्ष चित्ताकर्षक ढंगमा परमेश्वरको राज्यको समाचार प्रस्तुत गर्नसक्यौं भने तिनीहरूको हृदयसम्म पुग्न सफल हुन्छौं। जनवरी महिनाको दौडान मण्डलीमा अझै बाँकी रहेका बाइबलका विभिन्न अध्ययन पुस्तकहरू प्रस्तुत गर्नेछौं। अन्यथा, प्रकाशकहरूले मेकिङ योर फ्यामिली लाइफ ह्याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तक प्रयोग गर्नसक्छन्। तर यो पुस्तक तेलगुमा मात्र विशेष दरमा प्रस्तुत गरिनेछ। निम्न सुझावहरू मदतकारी हुनसक्छन्।
२ “गुड न्युज—टु मेक यु ह्याप्पि” (तपाईंलाई खुशी तुल्याउने सुसमाचार) पुस्तक प्रस्तुत गर्न लाग्नुभएको छ भने पृष्ठ ४ को चित्र देखाउँदै यसो भन्न सक्नुहुन्छ:
▪“चित्रकारको कल्पनामा आधारित यो चित्रले यस पृथ्वीको लागि परमेश्वरले राख्नुभएको उद्देश्यबारे बाइबलले के सिकाउँछ, त्यो झल्काउँछ। पार्थिव प्रमोदवनमा जीवन बिताउन तपाईं र तपाईंको परिवारले के गर्नुपर्ला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] पृथ्वीभरि साँचो शान्ति र सुरक्षा चाँडै वास्तविकता हुनेछ र प्रमोदवन पुनः स्थापित हुनेछ भनेर बाइबलले देखाउँछ। [भजन ३७:१०, ११ पढ्नुहोस्।] परमेश्वरले गर्नुहुने कुराबाट लाभ उठाउन तपाईंले के गर्नुपर्छ, यो पुस्तकले बताउँछ। म चाहन्छु यसको एक प्रति तपाईंले पनि राख्नुहोस्।” त्यसपछि पुस्तक प्रस्तुत गर्नुहोस्। यसैको साथमा कुनै पुस्तक विशेष दरमा टक्राउन सक्नुहुन्छ।
३ “इज दिस लाइफ अल देर इज?” (के जीवन यति नै हो?) पुस्तक प्रस्तुत गर्न लाग्नुभएको छ भने तपाईं यस्तै केही भन्न सक्नुहुन्छ:
▪“संसारभरि लाखौं मानिसहरू आनन्द पाउने तिर्सना गर्छन्। तर आनन्द त सधैं तिनीहरूको हातबाट फुत्किएजसो देखिन्छ। जीवन भनेको केही वर्ष बाँच्नु, छोराछोरी हुर्काउनु र बाँचुञ्जेल केही नराम्रो नहोस् भन्ने आशा मात्रै हो भनेर धेरैलाई लागेको छ।” त्यसपछि पृष्ठ १४५ को अनुच्छेद २ देखि ५ सम्मका केही विचारहरू तिनीसित बाँड्नुहोस्, भजन ३७:११ पढ्नुहोस् र पृष्ठ १४२ मा वर्णन गरिएको जस्तै प्रमोदवनरूपी नयाँ संसार परमेश्वरले फेरि सृष्टि गर्ने उद्देश्य राख्नुभएको छ भनी छोटकरीमा बताउनुहोस्। “यो प्रत्याशा तपाईंलाई कस्तो लाग्यो?” जस्तो प्रश्न सोधेर घरधनीको टिप्पणी लिनुहोस्। जवाफ दिने मौका दिनुहोस् र त्यो पुस्तक रु. ८.०० मा अथवा अरू कुनै पूर्वप्रकाशित पुस्तकसहित चन्दास्वरूप रु. १६.०० मा प्रस्तुत गर्नुहोस्।
४ घरधनीलाई बाइबलको केही ज्ञान छ भने “लेट योर किङडम कम” (“तपाईंको राज्य आओस्”) पुस्तक प्रयोग गर्न सक्नुहुन्छ। त्यसपछि नसुल्झिएको कुनै सामाजिक समस्यासम्बन्धी नयाँ खबरबाट कुरा थाल्दै यसरी सोध्नुहोस्:
▪“संसारका नेताहरूले कुनै दिन यो समस्याको समाधान गर्नेछन् जस्तो के तपाईंलाई लाग्छ? [घरधनीलाई जवाफ दिने मौका दिनुहोस् र तिनको जवाफलाई ध्यानसित सुन्नुहोस्।] यसप्रकारको समस्या उत्पन्न नभएको संसारमा हामी बाँच्न चाहन्छौं होइन र? हामीले प्रार्थना गर्ने परमेश्वरको सरकारअन्तर्गत यो वास्तविकता हुनेछ।” अन्तमा शान्ति र सुरक्षा कसरी आउनेछ भनी देखाउन यशैया ३२:१७, १८ पढ्नुहोस्। पृष्ठ ५ को पहिलो अनुच्छेद पनि पढ्नुहोस् र परमेश्वरले पृथ्वीको लागि प्रतिज्ञा गर्नुभएको कुरा निकट भविष्यमा वास्तविकता हुनेछ भन्ने धर्मशास्त्रीय प्रमाण यस पुस्तकले प्रस्तुत गर्छ भनेर व्याख्या गर्नुहोस्। केवल यो पुस्तक वा उपयुक्त भए कुनै अर्को पुस्तक पनि प्रस्तुत गर्नुहोस्।
५ “मेकिङ योर फ्यामिली लाइफ ह्याप्पि” (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तक प्रयोग गर्दै छोटो प्रस्तुति गर्न चाहनुहुन्छ भने पृष्ठ ४ पल्टाउनुहोस् र सोध्नुहोस्:
▪“पारिवारिक प्रबन्धको मूल्य र मान्यतामाथि आज भएको बज्रपातबाट के परिवार उम्कनसक्छ?” घरधनीको प्रतिक्रिया ध्यान दिएर सुन्नुहोस् र त्यसपछि पृष्ठ ५ को पहिलो अनुच्छेद पढ्नुहोस्। चन्दास्वरूप रु. १५.०० मा पुस्तक प्रस्तुत गर्नुहोस्। (तेलगु संस्करण रु. ८.०० मा विशेष दरमा प्रयोग गर्न सकिन्छ।)
६ हामीले भेट्ने मानिसहरूको आवश्यकता तथा चासो बुझ्न हामीलाई सही अन्तरदृष्टिले मदत गर्नेछ। यसबारे हितोपदेश १६:२३ ले यसरी आश्वास्त गराउँछ: “ज्ञानी मानिसको मनले [अन्तरदृष्टि, न्युव] त्यसको बोली सह्माल्छ, र त्यसको मुखले बोलेको कुराले बुद्धि बढ़ाउँछ।”