सन् १९९६ को ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट लाभ उठाउनुहोस्—भाग १
१ के तपाईंले “सन् १९९६ का लागि ईश्वरतान्त्रिक सेवकाई पाठशालाको तालिका” निर्देशन पढ्नुभयो? के तपाईंले केही हेरफेरहरू पत्ता लगाउनुभयो? अंग्रेजीभाषी तालिकामा जनवरीदेखि अप्रिल महिनासम्मको भाषण नं. ३ रीजनिङ (तर्क) पुस्तकमा (स्थानीय तालिकाहरूमा बाइबल टपिक्स् फर डिस्कशन [चर्चाका लागि बाइबलका विषयहरू]) आधारित छ। यो भाषण मेदेखि डिसेम्बर महिनासम्म नयाँ प्रकाशन ज्ञान पुस्तकमा आधारित छ। अंग्रेजीभाषी तालिकाको भाषण नं. ४ मा प्रत्येक हप्ता बाइबलका विभिन्न पात्रहरूबारे छलफल हुन्छ भने अन्य भाषाहरूमा यो भाषण रीजनिङ (तर्क) पुस्तकबाट प्रस्तुत गर्न तालिका बनाइएको छ।
२ विद्यार्थी भाषणहरू: भाषण नं. ३ बहिनीलाई दिइन्छ। यो टपिक्स् (विषयहरू) वा रीजनिङ (तर्क) पुस्तकमा आधारित हुने हुँदा यसलाई ढोका-ढोका वा अनौपचारिक साक्षी कार्यको रूपमा प्रस्तुत गर्नुपर्छ। भाषण ज्ञान पुस्तकमा आधारित हुँदा पुनःभेट वा बाइबल अध्ययनको रूपमा प्रस्तुत गर्नुपर्छ। ज्ञान पुस्तक गृह बाइबल अध्ययन सञ्चालन गर्न विस्तृत तवरमा चलाइने भएकोले यसो गर्नु निकै मदतकारी साबित हुनुपर्ने हो।
३ गृह बाइबल अध्ययनको भूमिका राखिएको छ भने दुवै बहिनीहरू बस्नसक्छन्। छोटो परिचयात्मक टिप्पणी दिएर सोझै अध्ययन थाल्नुहोस् र त्यसपछि मुद्रित प्रश्न सोध्नुहोस्। घरधनीको भूमिकामा वास्तविकता झल्किनुपर्छ। समयले भ्याएमा उद्धरित शास्त्रपदहरू खोजेर पढ्न सकिन्छ। प्रश्न सोध्दै र प्रयोग गरिएका शास्त्रपदहरूबाट तर्क गर्दै घरधनीको विचार प्रष्ट बुझ्न सकिने शिक्षण कलालाई त्यस बहिनीले प्रयोग गर्नुपर्छ।
४ रीजनिङ (तर्क) वा ज्ञान पुस्तकबाट दिइएको निर्दिष्ट कार्यभारमा पाँच मिनेटभित्र छलफल गर्न नभ्याइने निकै शास्त्रपदहरू उद्धरण गरिएका छन् भने के गर्न सकिन्छ? मुख्य विषयलाई स्पष्ट पार्ने मूल शास्त्रपदहरू छान्नुहोस्। केही मात्र शास्त्रपदहरू छन् भने पनि पाठका मुख्य मुख्य बुँदाहरू विस्तृत तवरमा छलफल गर्न सकिन्छ। कहिलेकाहीं पुस्तकबाट एउटा अनुच्छेद वा वाक्य पढेर घरधनीसित छलफल गर्न सकिन्छ। टपिक्स्-बाट (विषयहरू) भाषण तयार गर्दै हुनुहुन्छ भने प्रत्येक बुँदाबाट कम्तीमा एउटा शास्त्रपद प्रयोग गर्नु बेस हो।
५ ज्ञान पुस्तकमा हरेक अध्यायको अन्तमा “आफ्नो ज्ञान जाँच्नुहोस्” शीर्षक भएको पेटी छ। र यसलाई अध्यायको अन्तिम अनुच्छेद छलफल गर्ने कार्यभार पाएकी प्रकाशकले छोटकरीमा पुनरावलोकन गर्न सक्छिन्। निर्दिष्ट कार्यभारमा परेका जानकारी दिने पेटीहरू पनि समय भएमा छलफल गर्न सकिन्छ। दुइटा भाषणहरूबीच एउटा जानकारीमूलक पेटी परेको छ भने पहिलो भाषण सँभाल्ने बहिनीले त्यो पनि छलफल गर्न सक्छिन्। छलफल गरिने बुँदामा प्रयोग गर्न मिल्छ भने पुस्तकमा दिइएका चित्रहरूमाथि पनि टिप्पणी गर्न सकिन्छ।
६ भाषण नं. ४ निकै चाखलाग्दो र व्यवहारिक हुनुपर्छ। तपाईंको मण्डलीले अंग्रेजीभाषी तालिकालाई पछ्याउँदैछ भने बाइबल पात्रसम्बन्धी निर्दिष्ट कार्यभारको विषयमा इन्साइट (अन्तरदृष्टि) खण्ड १ ले के भन्छ, गहिरिएर अध्ययन गर्नुहोस्। शीर्षकलाई आधार बनाएर भाषण तयार गर्नुहोस्। छलफल गरिएको बाइबलका वास्तविक पात्र, उसको व्यक्तित्व, उसका गुनहरू, उसको चरित्र लक्षण वा झुकाउहरूलाई हामी अनुकरण गर्न वा त्याग्न चाहन्छौं। यसबारे श्रोताले ध्यान केन्द्रित गर्नसक्ने मूल शास्त्रपदहरू बाइबलबाट छान्नुहोस्। कुनै खास असल वा खराब चरित्रप्रति यहोवाले राख्नुहुने दृष्टिकोण प्रष्टिने वा भाषणको शीर्षकसित मिल्ने तर बाइबल पात्रसित प्रत्यक्ष सम्बन्धित नभएका शास्त्रपदहरू पनि समावेश गर्न सकिन्छ। रीजनिङ (तर्क) पुस्तकबाट यो भाषण दिइएको छ भने, क्षेत्र सेवकाईमा प्रयोग गर्न मिल्ने व्यवहारिक बुँदाहरूमाथि जोड दिनुपर्छ।
७ हामीले यस पाठशालामा प्रबन्ध गरिएको तालिमबाट पूर्ण लाभ उठायौं भने “शिक्षा [शिक्षण कला, न्युव]” प्रदर्शन गर्नसक्ने गरी अझ प्रभावकारी तरिकाले “वचन प्रचार” गर्नसक्नेछौं।—२ तिमो. ४:२.