प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 जनवरी p. ७
  • साहसी भई बोल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी भई बोल्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • सबै ठाउँमा सुसमाचार प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • साहसी भई परमेश्‍वरको वचन सुनाइरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 जनवरी p. ७

साहसी भई बोल्नुहोस्‌

१ हालैका वर्षहरूमा कुनै कुनै प्रकाशकहरूले मानिसहरूलाई घरमा भेटेर कुरा गर्नु अत्यन्त गाह्रो भएको अनुभव गरेका छन्‌। घर-घर प्रचार गर्न जाँदा आफ्नो क्षेत्रका ५० प्रतिशतभन्दा धेरै मानिसहरूलाई घरमा नभेटेको धेरैले रिपोर्ट गरेका छन्‌। परिणामस्वरूप खर्च गरिएको अधिकांश समय फलदायी साबित भएको छैन।

२ वर्षौंअघि मानिसहरू आइतबारका दिन अक्सर घरैमा आराम गर्ने गर्थें। तर चलनहरू पनि परिवर्तन भएका छन्‌। जागिर खानु, किनमेल गर्नुजस्ता परिवारका आवश्‍यकताहरू टार्नु अथवा घरबाहिर अन्त कतै गएर मनोरञ्जन गर्नु आज सामान्य भइसकेको छ। त्यसकारण घर-घर प्रचार गर्न जाँदा आइतबारको दिन पनि मानिसहरूलाई भेट्‌न नसक्नु समस्यै भइसक्यो।

३ मानिसहरू घरमा नहुनुको अर्थ तिनीहरू पक्कै पनि अन्त कतै हुनु हो। हाम्रो लक्ष्य मानिसहरूसित कुरा गर्ने भएकोले बाटोमा, बजारमा वा कार्यस्थलमा हामीले भेट्‌ने मानिसहरूसित कुरा गरे कसो होला? “भेट गर्ने जति[लाई]” साक्षी दिने बानी पावलको थियो। (प्रे. १७:१७) त्यतिबेला यो तरिकामा प्रचार कार्य गर्नु फलदायी साबित भएको थियो र आज पनि यस तरिकामा प्रचार गर्नु फलदायी साबित भएको छ।

४ घर-घर जाँदा मानिसहरू सडकमा त्यतिकै हिंडिरहेका वा कसैलाई पर्खिरहेका देख्छौं। घमाइलो दिन तिनीहरू कतै पार्कको बेन्चमा बसिरहेका अथवा आफ्नो वाहन मर्मत गरिरहेका वा सफा गरिरहेका हुनसक्छन्‌। वार्ता थाल्न मुसुक्क हाँस्नु र मित्रैलो अभिवादन गर्नु मात्र पनि पर्याप्त हुनसक्छ। तिनीहरू नजीकै बस्छन्‌ भने तिनीहरूलाई घरमा भेट्‌न नपाए तापनि तिनीहरूसित कुरा गर्ने यो मौका पाएकोमा खुशी लागेको बताउनुहोस्‌। साहसी हुन अलिकता बढी कोसिस गर्दा धेरैले इनामदायी अनुभवहरूको आनन्द उठाएका छन्‌।

५ साहसी भएकोले प्राप्त राम्रा परिणामहरू: उभिरहेका, बस पर्खिरहेका, त्यसै हल्लिएर हिंडिरहेका वा आफ्नो गाडीमा बसिरहेका मानिसहरूसित कुरा गरेको एक जना भाइले सुनाए। तिनी मीठो मुस्कान र प्रसन्‍न मुद्रामा भेटघाट गर्न आएको मित्रैलो छिमेकीले जस्तै व्यवहार गर्छन्‌। यसप्रकार तिनले निकै साहित्यहरू वितरण गर्नुको साथै केही बाइबल अध्ययनहरू पनि सञ्चालन गरेका छन्‌।

६ घर-घर जाँदा अर्को एक जना भाइ तथा तिनकी पत्नीले राशनको ठूलो झोला बोकेर आइरहेकी आइमाईलाई भेटे। आफ्नो परिवारका आवश्‍यकताहरू पूरा गर्न लगनशील भएकोमा सराहना गर्दै तिनीहरूले त्यस आइमाईसित कुराकानी थाले। तिनीहरूले सोधे, “तर मानवजातिको आवश्‍यकता कसले पूरा गर्नसक्छ?” यो प्रश्‍नले त्यस आइमाईको चासो जगायो। यसप्रकारको छोटो वार्तालापले गर्दा तिनीहरूलाई उनले आफ्नो घरमा बोलाइन्‌ र बाइबल अध्ययन सुरु भयो।

७ त्यसकारण आइतबार होस्‌ वा हप्ताको अरू कुनै दिन, अर्को पटक घर-घर प्रचार कार्यमा जानु हुँदा मानिसहरूलाई घरमा भेट्‌नुभएन भने अलिकता साहस बटुलेर बाटोमा वा अन्त कतै भेटिएका मानिससित कुरा गर्नुभए कसो होला? (१ थिस्स. २:२) यसो गर्नुभयो भने तपाईंको सेवकाई अझ फलदायी हुनेछ र तपाईंले आफ्नो सेवाबाट निकै आनन्द अनुभव गर्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने