प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 नोभेम्बर p. ३
  • सबै ठाउँमा सुसमाचार प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै ठाउँमा सुसमाचार प्रचार गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • प्रभावकारी सडक साक्षीद्वारा जिज्ञासुहरूलाई भेट्टाउने
    हाम्रो राज्य सेवकाई—१९९४
  • सार्वजनिक साक्षीकार्यको लागि नयाँ प्रबन्धहरू
    हाम्रो राज्य सेवा—२०१३
  • व्यापारिक इलाकामा कसरी प्रचार गर्ने
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 नोभेम्बर p. ३

सबै ठाउँमा सुसमाचार प्रचार गर्नुहोस्‌

१ प्रारम्भिक मसीहीहरूले सबै ठाउँमा सुसमाचार प्रचार गरे। तिनीहरू निकै जोसिला थिए किनकि येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको ३० वर्ष पनि बित्दा नबित्दै परमेश्‍वरको राज्यको सुसमाचार ‘स्वर्गमनि भएका सारा सृष्टिमा प्रचार’ गरिसकिएको थियो।—कल. १:२३.

२ आज पनि यहोवाका जोसिला सेवकहरूको लक्ष्य त्यही हो अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार यथासम्भव सबै मानिसहरूसमक्ष पुऱ्‍याउनु। यो लक्ष्य पूरा गर्न हामीलाई कुन कुराले मदत गर्नसक्छ? धेरैभन्दा धेरै मानिसहरू पूर्ण-समय जागिर खान थालेका छन्‌ र भेट्‌न जाँदा पनि अक्सर तिनीहरू घरमा हुँदैनन्‌। यसले घरमा नभएकाहरूको राम्ररी अभिलेख राख्न र तिनीहरूलाई फेरि भेट्‌न सजग हुनुपर्ने आवश्‍यकतालाई जोड दिन्छ। यद्यपि, कहिलेकाहीं तिनीहरूकहाँ लगातार भेट्‌न जाँदा पनि हामी केही खास घरहरूमा कसैलाई पनि भेट्‌न सक्दैनौं। तिनीहरू कहाँ हुन्छन्‌? काम नगरेको बेला तिनीहरू यात्रा गरिरहेका, किनमेल गरिरहेका वा कुनै न कुनै प्रकारको मनोरञ्जनमा व्यस्त हुन्छन्‌। तिनीहरूमध्ये योग्य जनहरूसमक्ष परमेश्‍वरको राज्य सन्देश कसरी पुऱ्‍याउने?—मत्ती १०:११.

३ कोही कोहीलाई तिनीहरूको कार्यस्थलमा सम्पर्क गर्न सकिन्छ। स-साना शहरहरूमा पनि दिनभरिजसो मानिसहरू भइरहने व्यापारिक स्थलहरू हुन्छन्‌। अनि ठूला शहरहरूमा औद्योगिक क्षेत्रहरू वा कार्यालय भवनहरूमा कार्यरत मानिसहरूलगायत अति सुरक्षित भवनहरू वा आवासीय क्षेत्रहरूमा बसोबास गर्नेहरूमध्ये धेरैजसोले त पहिलो पटक साक्षी पाएका हुन्छन्‌। सप्ताहन्तको दौडान पार्कहरू, समुद्री किनारमा आराम गरिरहेकाहरू, सिनेमा हलबाहिर भेटिनेहरू वा सवारीसाधन बिसाउने ठाउँहरूमा पर्खिरहेकाहरू वा बजारमा भेटिएकाहरूले सुसमाचारप्रति सकारात्मक प्रतिक्रिया व्यक्‍त गरेका छन्‌।

४ थुप्रै प्रकाशकहरूले मानिसहरू भेट्टाउनसकिने जुनसुकै सार्वजनिक स्थलहरूमा साक्षी दिन विशेष प्रयत्न गरिरहेका छन्‌। घर-घरै जानेजस्तो निकै औपचारिक ढंगमा साक्षी दिने बानी बसाल्दा यी साक्षीहरू सुरुमा अलि हिचकिचाए र आत्तिए। तर अहिले तिनीहरू कस्तो महसुस गर्छन्‌?

५ “यसले गर्दा सेवकाईमा नयाँ उमंग जागेको छ!” एक अनुभवी भाइ उत्साह प्रकट गर्छन्‌। अर्को भाइ यसो भन्छन्‌: “यसले गर्दा म एकाग्रचित्त हुनसकेको छु।” एक वृद्ध अग्रगामीको टिप्पणी यस्तो छ: “यो मानसिक, शारीरिक तथा आध्यात्मिक तवरमा शक्‍तिवर्धक साबित भएको छ, . . . म दिनानुदिन झन्‌ झन्‌ सशक्‍त हुँदैछु।” यस आनन्ददायी कार्यमा जवान मानिसहरूले समेत जोसिलो भई भाग लिन थालेका छन्‌। एक युवक यसरी आफ्नो भाव व्यक्‍त गर्छन्‌: “धेरै मानिसहरूसित कुरा गर्न पाउने भएकोले मजा आउँछ।” अर्को यसो भन्छन्‌: “म पहिलेभन्दा धेरै साहित्यहरू प्रस्तुत गर्न सकिरहेछु!” दोहऱ्‍याइ तेहऱ्‍याइ साक्षी दिइएको इलाकामा यी सबै भइरहेको छ।

६ परिभ्रमण निरीक्षकहरूले नेतृत्व लिइरहेकाछन्‌: “यस संसारको रूप बितेर जाँदैछ” भन्‍ने बुझेर यथासम्भव धेरैभन्दा धेरै मानिसहरूकहाँ सुसमाचार पुऱ्‍याउन सोसाइटीले हालै परिभ्रमण निरीक्षकहरूलाई आफ्नो क्षेत्र सेवकाईको तालिकामा हरेक हप्ता छाँटकाँट गरिरहने सुझाउ दिएको छ। (१ कोरि. ७:३१) वर्षौंसम्म क्षेत्रीय निरीक्षकहरूले सप्ताहन्तबाहेक हरेक बिहान घर-घरको कार्यमा भाग लिन तथा दिउँसो चाहिं पुनःभेट गर्न र गृह बाइबल अध्ययन सञ्चालन गर्न समय छुट्याउँथे। यो देशका अधिकांश स्थानहरूमा त्यस्तो तालिका अझै व्यवहारिक हुनसक्छ। तर अन्यन्त्र भने सप्ताहन्तबाहेक अन्य दिन बिहान घर-घरको कार्य त्यति फलदायी साबित नहोला। यस्तो अवस्थामा परिभ्रमण निरीक्षकहरूले बिहान सबेरै पसल-पसल वा सडक साक्षीमा भाग लिने निर्णय गर्लान्‌। अथवा तिनले कार्यालय भवन, बजार, सवारीसाधन बिसाउने क्षेत्रहरू वा अन्य सार्वजनिक स्थलहरूमा साक्षी दिन स-साना समूहहरूको प्रबन्ध मिलाउनसक्छन्‌। प्रकाशकहरूले क्षेत्र सेवकाईमा लगाउन सकिने समयलाई अझ प्रभावकारी ढंगमा सदुपयोग गरेमा धेरै मानिसहरूलाई सम्पर्क गर्न सक्नेछन्‌।

७ परिभ्रमण निरीक्षक तथा प्रकाशकहरूले यो छाँटकाँट स्वीकारेको कुरा प्राप्त रिपोर्टहरूले देखाएको छ। स्थानीय क्षेत्रमा ध्यान दिनुपर्ने पक्षहरूमा केही प्रकाशकहरूलाई तालिम दिन प्राचीनहरूको निकायले परिभ्रमण निरीक्षकलाई निम्ताएका छन्‌। यीमध्ये परिभ्रमण निरीक्षकसँगसँगै जाँदा प्रकाशकहरूले त्यो पक्ष मदतकारी पाएका छन्‌। अनि त्यसैगरि यिनीहरू अरूलाई तालिम दिन सक्षम भएका छन्‌। (२ तिमो. २:२) परिणामस्वरूप धेरैभन्दा धेरै मानिसहरूसमक्ष सुसमाचार पुऱ्‍याउन सकिरहेका छन्‌।

८ निस्सन्देह, प्रचार गर्ने यस्ता केही अन्य तरिकाहरू प्रयोग गर्न तपाईंले परिभ्रमण निरीक्षकलाई नै पर्खनु पर्दैन। तपाईंको इलाकामा व्यवहारिक हुनसक्ने विभिन्‍न तरिकाहरू यहाँ प्रस्तुत गरिएका छन्‌:

९ सडक साक्षी: ‘सबका सब मानिसहरू कहाँ छन्‌?’ सप्ताहन्तबाहेक अरू दिन बिहान आवास क्षेत्र सुनसान भेट्टाउँदा हामीलाई कहिलेकाहीं अचम्म लाग्नसक्छ। घरमा नभेटिएका केही व्यक्‍तिहरू कामधन्धामा भागदौड गरिरहेका वा किनमेल गरिरहेका हुनसक्छन्‌। के तपाईंले तिनीहरूलाई सडक साक्षीद्वारा भेट्‌ने कोसिस गर्नुभएको छ? उचित ढंगले त्यसो गर्नुभयो भने सेवकाईको यो पक्ष निकै फलदायी हुनसक्छ। पत्रिकाहरू लिएर एकै ठाउँमा उभिनुको साटो मानिसहरूलाई भेटेर मित्रैलो वार्तालाप थाल्नु बेस हुन्छ। हरेक बटुवालाई साक्षी दिनैपर्छ भन्‍ने छैन। पसलबाहिरैबाट मालताल हेरिरहेकाहरू, बिसाएका गाडीमा बसिरहेकाहरू वा सार्वजनिक सवारीसाधन पर्खिरहेकाहरूजस्ता हतारमा नभएकाहरूसित कुरा गर्नुहोस्‌। सुरुमा मित्रैलो अभिवादन गर्नुहोस्‌ र तिनको जवाफ पर्खनुहोस्‌। त्यस व्यक्‍ति कुरा गर्न इच्छुक छन्‌ भने तिनलाई चासो लाग्नसक्ने विषयबारे तिनको राय सोध्नुहोस्‌।

१० सडक साक्षी दिन एक क्षेत्रीय निरीक्षकले आफू र आफ्नी पत्नीसित साक्षी कार्यमा जान छ जना प्रकाशकहरूलाई निम्ताए। परिणाम कस्तो भयो? “हामीले त्यो बिहानी निकै रमाइलोसित बितायौं!” तिनी रिपोर्ट गर्छन्‌। “घरमा मानिसहरू नभेटिएला भन्‍ने कुरै भएन। जम्मा ८० वटा पत्रिकाहरू तथा धेरै पर्चाहरू वितरण गरियो। कोही कोहीसित जीवन्त वार्तालाप भयो। पहिलो पटक सडक साक्षी गरेका एक प्रकाशकले यसरी उद्‌गार व्यक्‍त गरे: ‘म सच्चाइमा आएको यत्रो भइसक्यो तर मैले के गुमाएको रहेछु त्यो त मैले चालै पाएको थिइनँ!’ मण्डलीमा थाती रहेका पत्रिकाहरू हप्ताको अन्तसम्ममा सबै सकिए।”

११ केही प्रकाशकहरूले बिहान सबेरै सडक साक्षीमा भाग लिएका तर त्यति फलदायी नभएको यिनै परिभ्रमण निरीक्षकले अर्को मण्डलीमा सेवा गर्दा थाह पाए। साक्षी कार्यको सम्पूर्ण अवधिभरि एउटी बहिनीले दुइ बटुवाहरूसित मात्र कुरा गर्न पाइन्‌। किनकि तिनले भेटेजति सबै मानिसहरू कामधन्धामा भागदौड गरिरहेका थिए। साक्षी दिन बिहान सबेरै त होइन तर अलिकपछि त्यही सडकमा ती जम्मै प्रकाशकहरूलाई फेरि फर्कने सुझाउ परिभ्रमण निरीक्षकले दिए। तिनीहरू आए र अपराह्नसम्म त्यहीं बसे। बिहान सबेरै दुइ पटक मात्र वार्तालाप गर्न पाएकी बहिनी फेरि आउँदा त निकै फलदायी साबित भयो। तिनले ३१ वटा पत्रिका तथा १५ वटा ठूला पुस्तिकाहरू प्रस्तुत गरिन्‌ र सात जना व्यक्‍तिको नाउँ तथा ठेगाना टिपिन्‌ र दुइ जनासित बाइबल अध्ययन थालिन्‌! समूहका अरूले पनि यस्तै प्रोत्साहनदायी परिणामहरू पाए।

१२ चासो देखाउने कोही भेट्‌नुभयो भने त्यस व्यक्‍तिको नाउँ र ठेगाना वा फोन नम्बर लिने चेष्टा गर्नुहोस्‌। तर तिनीसित ठाडै सविवरण प्राप्त गर्न खोज्नुको साटो तपाईं यसो भन्‍न सक्नुहुन्छ: “मलाई यो वार्तालाप रमाइलो लाग्यो। वार्तालाप गर्न सकिने अरू कुनै तरिका छ कि?” अथवा यसरी सोध्नुहोस्‌: “तपाईंलाई घरैमा भेट्‌न सकिन्छ कि?” यसरी सम्पर्क गरिएकाहरूमध्ये धेरै जना पुनःभेट गर्न राजी हुन्छन्‌। आफूसित प्रशस्त पर्चाहरू छन्‌ कि छैनन्‌ पक्का गर्नुहोस्‌। अनि चासो देखाएकाहरूलाई हाम्रा सभाहरूमा उपस्थित हुने निम्तो दिनु हुँदा नजीकैको सभा हुने ठाउँ र समय सम्भवतः कुनै पर्चामा तुरुन्तै लेखि दिन तयार हुनुहोस्‌।

१३ यदि तपाईंले अर्को मण्डलीलाई खटाइएको इलाकामा बस्ने जिज्ञासुसित कुरा गर्नुभएको थियो भने, त्यसबारे त्यहाँका भाइहरूलाई अवगत गराउनुहोस्‌ ताकि तिनीहरूले त्यस जिज्ञासुलाई फेरि भेट्‌न सकून्‌। के तपाईंको क्षेत्रमा सुसमाचार फैलाउन सडक साक्षी दिनु प्रभावकारी साबित होला? छ भने जुलाई १९९४ अंकको हाम्रो राज्य सेवकाई-को “प्रभावकारी सडक साक्षीद्वारा जिज्ञासुहरूलाई भेट्टाउने” लेख पुनरावलोकन गर्नुहोस्‌। त्यसपछि धेरैभन्दा धेरै मानिसहरू भेट्‌न सक्नुहुने उपयुक्‍त समयमा सडक साक्षी दिने प्रबन्ध मिलाउनुहोस्‌।

१४ सार्वजनिक सवारीसाधनमा साक्षी दिने: एक बिहानी केही अग्रगामीहरूले स्थानीय कलेज नजीकै बस पर्खिरहेका मानिसहरूलाई साक्षी दिने निर्णय गरे। तिनीहरूले कसै कसैसित रमाइलो वार्तालाप गर्नसके तापनि एउटा समस्या देखियो। दोहोरो वार्तालाप होउञ्जेल बस आइपुग्थ्यो जसको कारण वार्तालाप बीचैमा रोकिन्थ्यो। अग्रगामीहरू यो समस्या समाधान गर्न बसमा चढ्‌थे र यात्रा गर्दागर्दै तिनीहरू यात्रुहरूलाई साक्षी दिन्थे। त्यो रूट सिद्धिएपछि अग्रगामीहरू त्यही बसबाट फर्कन्थे र बसमा छउञ्जेल साक्षी दिन्थे। निकै पटक आवतजावत गरिसकेपछि तिनीहरू आ-आफ्नो प्रयासका परिणामहरू केलाउन थाले। तिनीहरूले २०० भन्दा बढी पत्रिकाहरू प्रस्तुत गरे तथा छवटा बाइबल अध्ययनहरू थाले। कोही कोही यात्रुहरूले ती अग्रगामीहरू आफ्नो घरमा आउनसकोस्‌ भनेर आफ्नो ठेगाना र टेलिफोन नम्बरसमेत स्वेच्छापूर्वक दिए। अर्को हप्ता ती अग्रगामीहरू फेरि बस बिसौनीमा आएर पहिलेकै तरिकाअनुसार साक्षी कार्य गर्न थाले। तिनीहरूले १६४ वटा पत्रिकाहरू प्रस्तुत गरे तथा अर्को एउटा बाइबल अध्ययन सुरु गरे। एउटा स्टपमा बस चढेका एक जना यात्रु अग्रगामीको छेवैमा बसे किनकि त्यो सीट मात्रै खाली थियो। उनले भाइलाई हेरेर मुस्कुराउँदै यसो भने: “मलाई थाह छ तपाईंसित मलाई दिन प्रहरीधरहरा छ।”

१५ बस वा रेलबाट यात्रा गर्दा धेरै प्रकाशकहरूले प्रभावकारी साक्षी दिन्छन्‌। तपाईंसँगै बसेको यात्रुसित कसरी वार्तालाप थाल्न सक्नुहुन्छ? बाह्र वर्षीय प्रकाशकले आफूसितै बसेकी एउटी किशोरीको चासो जगाउन ब्यूँझनुहोस्‌! निकालेर पढ्‌न थाले। यसको परिणाम राम्रो भयो। त्यस किशोरीले तिनलाई के पढेको भनेर सोध्दा आज युवा जनहरूले भोग्नुपरेका समस्याहरूको समाधानबारे पढिरहेछु भन्‍ने जवाफ उक्‍त युवकले दिए। त्यस लेखले तिनलाई निकै मदत गरेको र त्यसले उनलाई पनि मदत गर्नसक्छ भने। उनले खुशीसाथ ती पत्रिकाहरू स्वीकारिन्‌। तिनीहरूबीचको वार्तालाप अरू दुइ जवानहरूले पनि सुनिरहेका थिए र तिनीहरूले पनि पत्रिकाहरू मागे। यो देखेर बस चालकले बसलाई एकातिर रोकेर यी पत्रिकाहरूप्रति यति धेरै चासो किन देखाएको भनेर सोधे। कुरा बुझेपछि तिनले पनि केही प्रतिहरू लिए। त्यस युवा प्रकाशकसित प्रशस्त मात्रामा पत्रिकाहरू नभएको भए चासो देखाउने जति सबैलाई ती बाँड्‌न पक्कै पनि सम्भव हुने थिएन!

१६ पार्क र सवारीसाधन बिसाउने क्षेत्रहरूमा साक्षी दिने: पार्क र सवारीसाधन बिसाउने क्षेत्रहरूमा साक्षी दिनु मानिसहरूसमक्ष पुग्ने सर्वोत्तम तरिका हो। के तपाईंले ठूला बजारको सवारीसाधन बिसाउने क्षेत्रमा साक्षी दिने कोसिस गर्नुभएको छ? केही बेर आफू वरपरको परिस्थितिलाई सधैं केलाउनुहोस्‌। हतारमा नभएका वा बिसाएको गाडीमा बसिरहेका अथवा स्कूटर छेउ उभिरहेकाहरूलाई खोज्नुहोस्‌ र मित्रैलो वार्तालाप सुरु गर्ने कोसिस गर्नुहोस्‌। वार्तालाप गर्न सकिएमा परमेश्‍वरको राज्य सन्देश बताउन थाल्नुहोस्‌। एक्लै एक्लै साक्षी दिने कोसिस गर्नुहोस्‌ तर अर्को प्रकाशक चाहिं त्यतै वरपरै होस्‌। सकभर ठूलो धोक्रो जत्रो झोला नबोक्नुहोस्‌ वा अन्य कुनै तरिकाले तपाईंले गरिरहनुभएको साक्षी कार्यप्रति अरूलाई आकर्षित नगर्नुहोस्‌। चनाखो हुनुहोस्‌। एउटा सवारीसाधन बिसाउने क्षेत्रमा धेरै समय बिताउनुको साटो अर्कै ठाउँमा जानु बेस हो। कोही तपाईंसित कुरा गर्न इच्छुक छैनन्‌ भने विनम्रतासाथ आफ्नो बाटो लाग्नुहोस्‌ र अरू नै मानिससित कुरा गर्न खोज्नुहोस्‌। यी तरिकाहरू प्रयोग गरेर एक भाइले सवारीसाधन बिसाउने ठाउँहरूमा साक्षी दिए र महिना दिनभित्र ९० वटा पत्रिकाहरू प्रस्तुत गरे।

१७ केही मानिसहरू पार्कमा आराम गर्न जान्छन्‌ भने कोही चाहिं खेल्न वा आफ्ना लालाबालाहरूसित समय बिताउन जान्छन्‌। दिक्क लाग्ने गरी तिनीहरूको गतिविधिमा हस्तक्षेप नगर्नुहोस्‌ तर साक्षी दिने मौका खोज्नुहोस्‌। एक भाइले पार्कका मालीसित वार्तालाप थाल्दा तिनी त लागू पदार्थ र आफ्ना छोराछोरीको भविष्यबारे चिन्तित रहेछन्‌ भनेर थाह पाए। तिनीसित नियमित तवरले पार्कमै गृह बाइबल अध्ययन थालियो।

१८ किनमेल गर्ने ठाउँमा अनौपचारिक साक्षी दिने: पसल-पसलमा औपचारिक ढंगले प्रचार गर्न प्रतिबन्ध लगाइने हुँदा व्यापारिक भवनहरूमा प्रचार गर्नु सधैं सम्भव हुँदैन। तैपनि केही प्रकाशकहरूले ती ठाउँहरूमा अनौपचारिक प्रचार गर्ने अवसरहरू सृजना गर्छन्‌। तिनीहरू बेञ्चमा बस्छन्‌ र आराम गर्न बसेकाहरूसित मित्रैलो वार्तालाप थाल्छन्‌। चासो देखाएको खण्डमा तिनीहरूले बुद्धिमानीसाथ पर्चा वा पत्रिका प्रस्तुत गर्छन्‌ र पुनःभेटको प्रबन्ध मिलाउने प्रयत्न गर्छन्‌। ठूला बजार क्षेत्रको कुनै एक निश्‍चित स्थानमा केही मिनेट बिताइसकेपछि तिनीहरू अर्कै ठाउँमा जान्छन्‌ र अरू कसैसित वार्तालाप थाल्छन्‌। यसप्रकार अनौपचारिक साक्षी दिंदा अनावश्‍यक ध्यानाकर्षणबाट जोगिन होशियार हुनुपर्छ।

१९ कसैलाई अभिवादन गर्दा मित्रैलो ढंगमा वार्तालाप थाल्नुहोस्‌। तपाईंको श्रोताले प्रतिक्रिया जनाएमा प्रश्‍न सोध्नुहोस्‌ र तिनको विचार ध्यानसित सुन्‍नुहोस्‌। तिनले भनेको कुरामा व्यक्‍तिगत चासो देखाउनुहोस्‌। तिनको विचारलाई तपाईंले कदर गरेको देखाउनुहोस्‌। सम्भव भए तिनको कुरामा सहमति जनाउनुहोस्‌।

२० भाउबेसाहा निकै बढेको कुरा उल्लेख गर्दै एउटी बहिनीले एक वृद्धासित निकै रमाइलो कुराकानी थालिन्‌। त्यस महिलाले सहमति जनाइन्‌ जसले गर्दा वार्तालाप सजीव भयो। उक्‍त बहिनीले त्यस महिलाको नाउँ र ठेगाना पनि प्राप्त गर्न सकिन्‌ र त्यही हप्ता पुनःभेट पनि गरिन्‌।

२१ पसल-पसलमा साक्षी कार्य गर्दा: धेरैजसो मण्डलीहरूलाई खटाइएको इलाकामा व्यापारिक क्षेत्रहरू पनि पर्छन्‌। त्यस इलाकामा साक्षी कार्य गर्ने भाइले यी अति व्यस्त व्यापारिक केन्द्र तथा व्यापार क्षेत्रहरूका लागि विशेष नक्साहरू तयार गर्नसक्छन्‌। आवासीय इलाकामा कुनै व्यापारिक थलोहरू परेका छन्‌ भने ती ठाउँहरूलाई आफ्नो इलाकाको भाग ठान्दै साक्षी कार्य नगर्न इलाका नक्साहरूमा कुनै सुस्पष्ट संकेत चिह्न इंकित गर्नुपर्छ। अन्य इलाकाहरूमा परेका व्यापारिक ठाउँहरूमा आवास भवनहरूसँगसँगै साक्षी कार्य गर्न सकिन्छ। पसल-पसलमा गरिने साक्षी कार्यलाई बेवास्ता नगर्न ती व्यापारिक इलाकामा नियमित तवरले प्रचार गर्न प्राचीनहरूले दक्ष प्रकाशकहरूलाई निम्ताउनसक्छन्‌।

२२ यस कार्यमा निम्तो पाउनुभयो र तपाईंले पहिला कहिल्यै त्यसो गर्नुभएको थिएन भने, ‘साहस बटुल्न’ सर्वप्रथम केही स-साना पसलहरूमा साक्षी कार्य गर्नुहोस्‌ र अलिकता आँटिलो महसुस भएपछि ठूला पसलहरूमा साक्षी दिन थाल्नु राम्रो हो। (१ थिस्स. २:२) राज्यभवनमा तपाईं जस्तो प्रकारको लुगा लगाउनुहुन्छ, पसल-पसलमा साक्षी दिनु हुँदा पनि उस्तै प्रकारका लुगा लगाउनुहोस्‌। सम्भव भए ग्राहकहरू नभएको मौका पारेर पसलमा पस्नुहोस्‌। प्रबन्धक वा रेखदेख गर्ने अरू कुनै व्यक्‍तिसित कुरा गर्न सकिन्छ कि भनेर सोध्नुहोस्‌। न्यानो हुनुहोस्‌। तर सबैभन्दा मुख्य कुरा त छोटकरीमै कुरा टुंग्याइहाल्नुहोस्‌। क्षमा माग्नुपर्ने आवश्‍यकता छैन। व्यापार गर्दा ग्राहकहरू आउनेजाने त भइरहन्छन्‌। त्यसैले अचानक कोही आएर कुरा गर्नु तिनीहरूका लागि कुनै बाधा पार्ने कुरा हुँदैन।

२३ पसलेलाई अभिवादन गरिसकेपछि तपाईं यसो भन्‍न सक्नुहुन्छ: “व्यापारीहरू निकै व्यस्त हुने हुँदा हामी उहाँहरूलाई घरमा विरलै भेट्टाउँछौं। त्यसैले तपाईंले पनि यो विचारोद्दीपक लेख पढ्‌नुहोस्‌ भनी हामी तपाईंलाई यहाँ भेट्‌न आएका हौं।” त्यसपछि प्रस्तुत गर्न लाग्नुभएको पत्रिकाबारे एक दुइटा टिप्पणी गर्नुहोस्‌।

२४ अथवा प्रबन्धकलाई भेट्‌दा तपाईं यस्तै केही भन्‍ने कोसिस गर्न सक्नुहुन्छ: “व्यापारीहरूले ताजा खबरहरू थाह पाउने कोसिस गरेको हामीले देखेका छौं। प्रहरीधरहरा (वा ब्यूँझनुहोस्‌!) को नयाँ अंकमा हामी सबैलाई व्यक्‍तिगत रूपमा असर गर्ने लेख प्रस्तुत गरिएको छ।” त्यो के हो व्याख्या गर्नुहोस्‌ र यसो भनेर कुरा टुंग्याउनुहोस्‌: “यो पढेर तपाईंलाई रमाइलो लाग्नेछ भनेर हामी विश्‍वस्त छौं।”

२५ कामदारहरू पनि छन्‌ र उपयुक्‍त देखिएमा तपाईं यसो भन्‍न सक्नुहुन्छ: “तपाईंका कामदारहरूसित पनि यही कुरा छोटकरीमा गर्न सकिन्छ कि?” अनुमति प्राप्त भयो भने स्मरण रहोस्‌, तपाईंले छोटकरीमा कुरा गर्छु भनेर बाचा गर्नुभएको थियो र उक्‍त प्रबन्धक तपाईं वचनबद्ध हुनुभएको आशा गर्नेछन्‌। कुनै कामदार अलि लामो वार्तालाप गर्न चाहन्छन्‌ भने, तिनकै घरमा कुरा गर्नु बेस हुनेछ।

२६ हालै केही प्रकाशकहरू क्षेत्रीय निरीक्षकसित एउटा सानो शहरमा पसल-पसल कार्य गर्न गए। यसरी पहिला कहिल्यै साक्षी कार्य नगरेको हुँदा सुरुमा त केही प्रकाशकहरू अलि आशंकित थिए तर केही बेरमै तिनीहरू निर्धक्क हुँदै रमाउन थाले। एक घण्टा पनि बित्दा नबित्दै तिनीहरूले ३७ जना व्यक्‍तिहरूसित कुरा गरिसक्नुका साथै २४ वटा पत्रिका तथा ४ वटा ठूला पुस्तिकाहरू वितरण गरिसकेका थिए। सामान्यतया घर-घरको कार्य गर्दा एक महिनामा जति मानिसहरू भेट्‌न सकिन्थ्यो, त्यति थोरै समयमा त्योभन्दा धेरैलाई पसल-पसलमा साक्षी दिंदा भेटिएको एक भाइले याद गरे।

२७ प्रचार गर्न अवसरहरू सृजना गर्ने: येशूले औपचारिक तवरमा मात्र प्रचार गर्नुभएन। उहाँले हरेक उपयुक्‍त अवसरमा सुसमाचार फैलाउनुभयो। (मत्ती ९:९; लूका १९:१-१०; यूहन्‍ना ४:६-१५) कोही कोही प्रकाशकहरूले प्रचार गर्ने अवसरहरू कसरी सृजना गरिरहेका छन्‌, ध्यान दिनुहोस्‌।

२८ कोहीले स्कूलको ढोकामा आफ्नो बच्चालाई पर्खिरहेका आमाबाबुलाई साक्षी दिने बानी बसालेका छन्‌। थुप्रै आमाबाबुहरू २० मिनेटअघि नै आइपुग्ने भएकोले तिनीहरूसित धर्मशास्त्रीय विषयमाथि फलदायी वार्तालाप गर्न सकिन्छ।

२९ हाम्रा पत्रिकाहरूमा छलफल गरिएका केही खास विषयमा विशेष चासो दिने व्यक्‍तिहरू भेट्‌न धेरै अग्रगामीहरू सजग हुन्छन्‌। उदाहरणका लागि, एउटी बहिनीले आफ्नो मण्डलीको इलाकाभित्र पर्ने छवटा विद्यालयहरूमा डिसेम्बर २२, १९९५, ब्यूँझनुहोस्‌!-मा (अंग्रेजी) छापिएको “विद्यालयहरू संकटमा छन्‌” भन्‍ने श्रृंखलाबद्ध लेखहरू लिएर जाँदा तिनले राम्रा प्रतिक्रियाहरू पाइन्‌। पारिवारिक जीवन र बाल दुर्व्यवहारबारे छलफल गरिएका पत्रिकाहरू लिएर तिनी स्वास्थ्य केन्द्रहरूमा जाँदा त्यस्तै विषयका अन्य नयाँ अंकहरूसहित फेरि आउने निम्तो पाइन्‌। बेरोजगारसम्बन्धी अप्रिल-जून १९९६, ब्यूँझनुहोस्‌!-बारे रोजगार कार्यालयमा कार्यरत व्यक्‍तिहरूले “शतप्रतिशत समर्थन” जनाएको तिनले पाइन्‌।

३० राशन किनमेल गर्दा आफू र आफ्नी पत्नीले नियमित तवरमा अनौपचारिक साक्षी दिने गरेको एक जिल्ला निरीक्षकले रिपोर्ट गरेका छन्‌। दिउँसोतिर पसलमा त्यति भीड नहुने भएकोले र ग्राहकहरू पनि हतार नमानी बिस्तारै लखरलखर हिंडिरहने हुनाले त्यस्तो बेला तिनीहरू किनमेल गर्छन्‌। तिनीहरूले धेरै चोटि राम्रा वार्तालापहरू गर्न पाएको रिपोर्ट गरे।

३१ सिनेमा हल, लुगा धुने ठाउँ तथा क्लिनिक वा अस्पतालहरूबाहिर वा नजीकै साक्षी दिंदा पनि राम्रा नतिजाहरू प्राप्त भएको धेरै प्रकाशकहरू रिपोर्ट गर्छन्‌। अस्पताल तथा क्लिनिकहरूका सोधपूछ केन्द्रमा तिनीहरूले पर्चा वा पत्रिकाहरू मात्र छाड्‌ने गर्दैनन्‌। तिनीहरूको लक्ष्य सुसमाचार लिएर मानिसहरूसमक्ष पुग्नु हो। यसर्थ, उपयुक्‍त भएमा तिनीहरू व्यस्त नभएका तर वार्तालाप गर्न इच्छुक मानिसहरूसित व्यक्‍तिगत तवरमा कुराकानी गर्ने प्रयत्न गर्छन्‌।

३२ कुनै कुनै टोलमा प्रकाशकहरू रेल स्टेशन वा बस बिसौनी नजीकैका मानिसहरूसित कुराकानी गर्छन्‌। यस्ता ठाउँहरूमा कानुनले अनावश्‍यक प्रवेश वा निकै बेर बस्न प्रतिबन्ध लगाएको र प्ल्याटफममा पत्रिका वितरण गर्नु गैरकानुनी हुनसक्छ। त्यसैकारण रेल आउँदा सम्भवतः कुनै व्यक्‍तिलाई भेट्‌न स्टेशनबाहिर आरामसित तथा हतार नमानी बसेका मानिसहरूलाई प्रकाशकहरू कौशलतासाथ भेट्‌छन्‌।

३३ मण्डलीको इलाकाभित्र पर्ने अति सुरक्षित भवनहरू वा आवासीय क्षेत्रमा बस्ने बहालवालाहरूलाई व्यक्‍तिगत तवरमा साक्षी दिने अनुमति दिइएन भने कसै कसैले त ड्युटीमा रहेका सुरक्षाकर्मीहरू अथवा त्यस आवासीय क्षेत्रका प्रबन्धकहरूलाई नै कौशलतासाथ साक्षी दिने गरेका छन्‌। साधारण मानिसहरूलाई प्रवेश गर्न नदिइने सुरक्षात्मक ढोकाहरू भएका निजी तथा आरक्षित कम्पनी भवनहरूमा पनि यही तरिका अपनाइएको छ। एक क्षेत्रीय निरीक्षक तथा केही प्रकाशकहरूले यही तरिका अपनाएर सातवटा भवनमा प्रचार गरे। हामी अक्सर जसरी घर-घरै गएर प्रचार गर्छौं त्यसो गर्नु यहाँ सम्भव छैन। त्यसकारण हालैका पत्रिकाहरूमा भएका जानकारी तपाईंले गुमाउन नपरोस्‌ भनेर त्यहाँ आएको भनी तिनीहरूले हरेक ठाउँका प्रबन्धकलाई भने। ती सातैवटा भवनहरूका प्रबन्धकहरूले ती पत्रिकाहरू सहर्ष स्वीकारेका मात्र होइनन्‌ तर आगामी अंक पनि पाइन्छ कि भनेरसमेत सोधे! यस्ता भवनहरूका बासिन्दाहरूसित पछि पत्राचार वा फोनबाट सम्पर्क गरिएको छ।

३४ सबै ठाउँमा प्रचार गर्न भरमग्दूर कोसिस गर्नुहोस्‌: हाम्रो समर्पणअनुरूप जीवन बिताउनुमा परमेश्‍वरको राज्यको सन्देश प्रचार गर्ने हाम्रो दत्तकार्यप्रति अबिलम्बी हुनु भन्‍ने भाव पनि विथोलित छ। यद्यपि यस देशमा हामी अझै पनि थुप्रै मानिसहरूलाई घरैमा भेट्टाउँछौं र तिनीहरूलाई सुविधा पर्ने समयमा धेरैभन्दा धेरै मानिसहरूलाई भेट्‌न हामीले हाम्रा व्यक्‍तिगत रुचिहरूलाई एकातिर पन्छाउनु जरुरी छ ताकि ‘कसै कसैलाई बचाइहाल्न सकौं।’ यहोवाका सम्पूर्ण समर्पित सेवकहरूले प्रेरित पावलले भनेझैं यसो भन्‍नसक्ने हुन चाहन्छन्‌: “म त्यसको सम्भागी होऊँ भनेर सुसमाचारको खातिर म सब थोक गर्दछु।”—१ कोरि. ९:२२, २३.

३५ पावलले अझै यसरी लेखे: “ख्रीष्टको शक्‍ति ममा बास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा ज्यादै खुशीसित घमण्ड गर्नेछु। . . . किनभने दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।” (२ कोरि. १२:९, १०) अर्को शब्दमा भन्‍ने हो भने, हामीमध्ये कसैले पनि यो कार्य आफ्नै शक्‍तिमा भर परेर गर्नसक्दैनौं। हामीले यहोवासित उहाँको शक्‍तिशाली पवित्र आत्माको लागि प्रार्थना गर्नुपर्छ। शक्‍तिको लागि हामी परमेश्‍वरलाई प्रार्थना गर्छौं भने, उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ भनेर हामी विश्‍वस्त हुनसक्छौं। अनि मानिसहरूप्रतिको हाम्रो प्रेमले तिनीहरूलाई जहाँ भेट्टाउनसक्छौं त्यहीं सुसमाचार प्रचार गर्ने अवसरहरू खोज्न हामीलाई जुर्मुराउनेछ। यस परिशिष्टांकमा उल्लेख गरिएका केही सुझाउहरूमध्ये एउटा आउँदो हप्ता प्रयोग गर्ने कोसिस गरे कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने