प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 मे p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने
    हाम्रो राज्य सेवकाई—१९९६
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९६
  • मानवजातिलाई परमेश्‍वरको ज्ञान चाहिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • चेला बनाउने अबिलम्बी कार्यलाई प्रगतिको भाव लिएर हेर्ने
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 मे p. ७

प्रश्‍न पेटी

▪ अब हामीसित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक भएकोले गृह बाइबल अध्ययन कति समयसम्म सञ्चालन गर्नुपर्छ?

विगतमा, दुइटा पुस्तकबाट अध्ययन पूरा नहोउञ्जेल नयाँ जिज्ञासुहरूसित गृह बाइबल अध्ययन गरिरहने सुझाउ दिइएको थियो। अब हामीसित ज्ञान पुस्तक भएकोले यस प्रक्रियामा छाँटकाँट गर्नु उपयुक्‍त देखिन्छ र त्यसबारे जनवरी १५, १९९६ को प्रहरीधरहरा, पृष्ठ १३ र १४ मा उल्लेख गरिएको थियो।

“अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू[ले]” यहोवाप्रति समर्पण गरेर बप्तिस्मा लिन जे जति थाह पाउनुपर्छ, त्यो सिक्ने मदत दिन ज्ञान पुस्तक तयार पारिएको हो। (प्रे. १३:४८) तसर्थ, यस नयाँ प्रकाशनबाट अध्ययन गर्न सिद्धिएपछि त्यही विद्यार्थीसित दोस्रो पुस्तक अध्ययन गर्नु आवश्‍यक छैन। तपाईंको बाइबल विद्यार्थीले सच्चाइ स्वीकार्न थालेपछि यहोवाका साक्षीहरूको सभामा उपस्थित हुनुका साथै बाइबललगायत अन्य मसीही प्रकाशनहरू पढेर आफ्नो ज्ञान पूरा गर्न प्रगतिशील ढंगमा प्रोत्साहन दिन सक्नुहुन्छ।

हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अंग्रेजी) पुस्तकको पृष्ठ १७५ देखि २१८ सम्मका प्रश्‍नहरू तपाईंलाई राम्ररी थाह छ भने त्यो मदतकारी हुनसक्छ। तपाईंले बाइबल विद्यार्थीसित यी प्रश्‍नहरूको उल्लेख वा पुनरावलोकन त गर्नु हुँदैन तर प्राचीनहरूले बप्तिस्मा लिने उम्मेदवारहरूसित छलफल गर्ने प्रश्‍नहरूका जवाफलाई ज्ञान पुस्तकमा जोड दिन सक्नुहुन्छ। त्यसो गर्नुभयो भने प्राचीनहरूले पुनरावलोकन गर्दा विद्यार्थीले बाइबलको आधारभूत सत्यहरू राम्ररी बुझ्नुका साथै त्यो व्यक्‍त गर्न सक्नेछन्‌।

बाइबलका शिक्षाहरू समर्थन गर्न वा झूटा धर्मसिद्धान्तहरूलाई गलत साबित गर्न यस ज्ञान पुस्तकमा समावेश गरिएभन्दा अतिरिक्‍त विषयवस्तु वा थप टिप्पणीहरू बताउनु खाँचो पर्नेछैन। यसो गर्दा अध्ययनको समयावधि मात्र लम्बिनेछ। बरु, थोरै समय अर्थात्‌ लगभग छ महिनाभित्रै अध्ययन पूरा गर्ने आशा गरिएको छ। यसबाट हामीले यो पुस्तकलाई अगावै पूर्ण अध्ययन गर्नुपर्ने खाँचो देखिन्छ र यसो गऱ्‍यौं भने त्यसमा भएको विषयवस्तु स्पष्टसित छोटकरीमा प्रस्तुत गर्नसक्छौं। त्यस्तैगरि, विद्यार्थीलाई पनि पूर्वअध्ययन गर्ने, उल्लिखित शास्त्रपदहरू हेर्ने र पुस्तकको हरेक अध्यायले सिकाउन खोजेको कुरा बुझ्ने प्रयास गर्न आग्रह गर्नुपर्छ।

प्रहरीधरहरा-ले थोरै समयभित्र अझ बढी संख्यामा प्रभावकारी बाइबल अध्ययनहरू सञ्चालन गर्ने महत्त्वलाई जोड दिएको छ। (यशैया ६०:२२ हेर्नुहोस्‌।) ज्ञान पुस्तकलाई प्रभावकारी ढंगमा प्रयोग गरेर नयाँ व्यक्‍तिहरूलाई अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान हासिल गर्न अनि त्यसअनुरूप चल्न मदत दिन सकिन्छ।—यूह. १७:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने