ग्रीष्म ऋतुमा के गर्ने योजना बनाउनुभएको छ?
ग्रीष्म ऋतुबारे सोच्ने बित्तिकै हामी गर्मी मौसम, आरामदायी छुट्टी वा नातेदार र साथीभाइसितको भेटघाटबारे सोच्छौं। ग्रीष्म ऋतुका लागि योजनाहरू बनाउनुहुँदा परमेश्वरको राज्यसम्बन्धी क्रियाकलापहरूलाई प्राथमिकता दिन मदतकारी हुनसक्ने केही सम्झौटाहरू यसप्रकार छन्:
▪ छुट्टी मनाउन कतै जानुहुन्छ भने स्थानीय मण्डलीका सभाहरूमा उपस्थित हुने र सेवकाईमा भाग लिने योजना बनाउनुहोस्। क्षेत्र सेवकाईको रिपोर्ट बुझाउन नभुल्नुहोस्। आवश्यकता परेमा मण्डलीको सचीवलाई हुलाकबाट रिपोर्ट पठाउनुहोस्।
▪ सच्चाइमा नभएका नातेदारहरूसित भेटघाट गर्दा फलदायी अनौपचारिक साक्षी दिने मौका मिल्नसक्छ। तपाईंसित बाइबल र अन्य साहित्यहरू लैजान नबिर्सनुहोस्।
▪ आफ्नो इलाकाका सबैलाई प्रचार गर्न मदत चाहिएको नजीकैको मण्डलीलाई सहयोग गर्ने विषयमा के तपाईंले सोच्नुभएको छ? तपाईंको इलाकाका आवश्यकताहरूबारे जानकारी पाउन प्राचीनहरू वा क्षेत्रीय निरीक्षकसित कुरा गर्नुहोस्।
▪ जवानहरूले स्कूलको बिदामा सेवकाईसम्बन्धी क्रियाकलाप बिस्तार गर्ने अत्युत्तम अवसर पाउँछन्। जवानहरू हो, के तपाईं सहायक अग्रगामीको हैसियतमा सेवा गर्न सक्नुहुन्छ?
▪ सुक्खा मौसम र दिन लामो हुनुका साथै साँझपख धेरैजसो मानिसहरू घरैमा हुने भएकोले सन्ध्याकालीन साक्षीकार्यद्वारा सेवकाईमा राम्रा परिणामहरू पाउन सक्नुहुन्छ।
▪ मण्डलीका क्रियाकलापहरूलाई सुव्यवस्थित राख्न प्राचीनहरू सतर्क हुनुपर्छ र जिम्मेवारी पाएका व्यक्तिहरू कतै जान्छन् भने त्यो कार्य सँभाल्न अरू कसैको प्रबन्ध मिलाउनुपर्छ।
नबिर्सनुहोस्, “पूर्व-सोच र परिश्रमले अवश्य लाभ ल्याउँछ।” (हितो. २१:५) ग्रीष्मकालीन ईश्वरतान्त्रिक सुअवसरहरूको पूर्ण सदुपयोग गर्ने योजना बनाउनुहोस्।