बिदाको समयमा याद गर्नु पर्ने कुराहरू
१ हामी मध्ये धेरैजना बिदाको समयमा हाम्रो स्थानीय मण्डलीभन्दा टाढा भएका थियौं अथवा हुनेछौं र यस सालको अन्ततिर हामी जिल्ला सम्मेलनको लागि जानेछौं। शायद त्यतिबेला सम्मेलन सङ्गसङ्गै बिदा मनाउने प्रबन्ध पनि गर्न सक्छौं। यदि हामी महिनाको अन्ततिर बाहिर नै हुनेछौं भने मण्डलीको सेक्रेटरीलाई क्षेत्र सेवकाईको रिपोर्ट पठाउन भुल्नु हुँदैन। रिपोर्ट समयमै पठाइ हाल्नुपर्छ किनभने ती रिपोर्टहरूलाई जम्मा गरेर महिनाको छ तारिख सम्ममा सेक्रटरीले सोसाइटीलाई पठाउँछन्।
२ अनौपचारिक साक्षी दिन सकिने अवसरहरूप्रति पनि हामी चनाखो हुन चाहन्छौं। यात्रा गर्दा, नातेदारहरूलाई भेट्न जाँदा अथवा विभिन्न व्यक्तिहरूसित कुरा गर्दा त्यस्ता अवसरहरू हुन सक्छन्। साक्षी दिन पाएका अवसरहरूप्रति के हामी येशूको जस्तै दृष्टिकोण राख्दछौं? अनौपचारिक साक्षी दिनदेखि उहाँ पछि हट्नु भएन। (यूहन्ना ४:५-३०) त्यस्तैगरि प्रेरित पावलले पनि ‘समयको अवसर विचार गरे’ र राम्रा परिणामहरूको आनन्द उठाए। (एफि० ५:१६; प्रेरित १७:१७; २८:३०, ३१; कल० ४:५) अनौपचारिक साक्षी दिन निश्चित योजनाहरू बनाउनुहोस्। चासो जगाउन समसामयिक बुँदाहरूका साथ पूर्ण तयार हुनुहोस् र कुराकानी गर्नाका लागि सजिलै झिक्न सकिने ठाउँमा पर्चा अथवा पत्रिकाहरू राख्नुहोस्।
३ यी कुराहरूलाई राम्रोसङ्ग ध्यान दियौं भने हामीले बिदा र यात्रा गर्ने समय साँच्चै नै बुद्धिमानीपूर्वक प्रयोग गर्नुको साथै यहोवालाई हाम्रो “पहिलो अंश” अर्पण गरिरहेका हुनेछौं।—हितो० ३:९.