उत्तम सुसमाचार प्रकाशन गर्ने
१ प्रहरीधरहरा-ले ११७ वर्षदेखि बाइबल सत्यको समर्थकको रूपमा सेवा गर्दै आइरहेको छ। हाल प्रत्येक अंक १२५ भाषाहरूमा १,८९,५०,००० प्रति मुद्रण हुन्छ। ब्यूँझनुहोस्!-ले पनि लामो समयदेखि परमेश्वरको वचनको घोषणा गर्दै आएको छ। यो अहिले ८० भाषाहरूमा १,५७,३०,००० प्रतिहरू वितरण हुन्छ।—कलस्सी १:२३ तुलना गर्नुहोस्।
२ पत्रिकाहरूले आध्यात्मिक आवश्यकता पूरा गर्छन्: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-ले इमानदार हृदय भएका लाखौं मानिसहरूको आध्यात्मिक आवश्यकता पूरा गर्न मदत गरेर लाभ पुऱ्याएका छन्। विश्वासलाई बलियो पार्ने लेखहरू प्रकाशित हुन्छन्। उदाहरणका लागि, फेब्रुअरी १, १९९६, प्रहरीधरहरा-मा हामीले यहोवा र उहाँको वचनमा भरोसा गर्नुपर्ने खाँचोबारे छलफल गरिएको विषयवस्तु अध्ययन गऱ्यौं। मार्च १, १९९६, प्रहरीधरहरा-ले हामीलाई यहोवाको सेवामा व्यस्त भई उहाँलाई पर्खिरहन प्रोत्साहित गऱ्यो। सपन्याहको भविष्यवाणीबारे विस्तृत विवरण कत्ति प्रेरणादायी थियो! अनि मार्च १५, १९९६, प्रहरीधरहरा-ले विश्वासलाई दरिलो पार्ने मसीही वफादारीबारे छलफल गऱ्यो। मे १५, १९९६ को अंकले नियमित तवरमा परमेश्वरको वचन पढ्ने र अध्ययन गर्ने महत्त्वमाथि जोड दियो। यी लेखहरूले हामीलाई परमेश्वरको वचन अझ गहिरिएर बुझ्न मदत दिनुका साथै परमेश्वरको राज्यप्रतिको हाम्रो मूल्यांकनलाई बढाएका छन्।
३ यसबाहेक, यी पत्रिकाहरूमा ईश्वरीय आचरण, मसीही नैतिकता तथा अन्य अत्यावश्यक विषयहरूबारे व्यवहारिक र सामयिक कुराहरू समावेश छन्। हाम्रो जीवनलाई साँच्चै असर पार्ने कुराहरूबारे छलफल गरिएको हुन्छ। परिणामस्वरूप परमेश्वरका प्रतिज्ञाहरूको भावी पूर्तिको प्रतीक्षा गर्दै हामी अहिले पनि उच्चस्तरीय जीवनको आनन्द उठाउँछौं।—यशै. ४८:१७; १ तिमो. ६:१९.
४ ब्यूँझनुहोस्!-को हरेक अंकको पृष्ठ ४ मा उल्लिखित कुराबारे संक्षिप्तमा पुनरावृत्ति गर्दा वृद्ध तथा जवान सबैको लागि यो असाध्यै राम्रो पत्रिका हो भनी सिफारिस गर्न ठोस कारण मिल्छ। त्यहाँ यस्तो उल्लेख गरिएको छ: “ब्यूँझनुहोस्!-ले सम्पूर्ण परिवारको ज्ञान बढाउँछ। यसले वर्तमान समस्याहरूको सामना गर्न सिकाउँछ। समाचार दिन्छ, विभिन्न मुलुकहरूका मानिसहरूबारे बताउँछ, धर्म र विज्ञानको जाँच गर्छ। तर यति मात्र होइन। यसले विषयवस्तुको गहन छानबिन गर्छ र वर्तमान घटनाहरूको वास्तविक अर्थलाई औंल्याउँछ। यद्यपि राजनीतिबारे यो सधैं तटस्थ रहन्छ र कुनै जातिलाई अर्को जातिभन्दा बढी महत्त्व दिने गर्दैन। मुख्यतः, वर्तमान दुष्ट, अधर्मी रीतिरिवाजलाई हटाएर चाँडै शान्तिमय सुरक्षित नयाँ संसार बसाल्ने सृष्टिकर्ताको प्रतिज्ञामाथि यसले हाम्रो विश्वास बढाउँछ।”
५ अरूसित पत्रिकाहरू बाँड्नुहोस्: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू अरूलाई वितरण गर्ने अवसरहरूबारे सजग हुनुहोस्। (१ तिमोथी ६:१८ तुलना गर्नुहोस्।) तपाईंले भेट्ने जोसुकैलाई दिन आफूसित पत्रिकाहरू राख्ने गर्नुहोस्। (उप. ११:६) जवान तथा नयाँ प्रकाशकहरूलगायत हामी सबै यो महिना पत्रिकाहरू बाँड्न तथा ग्राहक बनाउन जोडतोडका साथ भाग लिनसक्छौं। यसको लागि हामीले नवीनतम अंकहरूमा प्रस्तुत गरिएका सामयिक लेखहरूमा आधारित छोटो प्रस्तुतिहरू चलाउनसक्छौं। त्यसको विषयवस्तुसित राम्ररी परिचित हुनुहोस् र निष्कपट तथा दृढ भई प्रस्तुत गर्नुहोस्।
६ प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मा हरेक व्यक्तिलाई चाहिने जानकारीहरू छन्। चाँडै आउन लागेको उत्तम कुरासम्बन्धी सुसमाचार सिक्न अरूलाई मदत दिने सर्वोत्तम तरिकाहरूमध्ये ती पत्रिकाहरू वितरण गर्नु पनि एउटा हो!