राज्यभवन पुस्तकालयको लागि नयाँ प्रबन्ध
संसारभरका मण्डलीहरूले पहिला ईश्वरतान्त्रिक सेवकाई स्कूल पुस्तकालय भनिने राज्यभवन पुस्तकालयबाट लाभ उठाउँदै आएको धेरै वर्ष भइसक्यो। पहिले-पहिले, हरेक मण्डलीको आफ्नै पुस्तकालय हुनु आवश्यक ठानिएको थियो। तथापि, विभिन्न भाषाका मण्डलीहरूले एउटै राज्यभवन प्रयोग गर्छन् भने, हरेक राज्यभवनमा एउटा भाषाको लागि एउटै मात्र सुसज्जित, आधुनिक राज्यभवन पुस्तकालय हुनु उपयुक्त देखिन्छ। एउटै राज्यभवनमा एकभन्दा बढी हलहरू छन् भने त्यहाँ भेला हुने प्रत्येक भाषा समूहको छुट्टै पुस्तकालय हुनुपर्छ।
यस प्रबन्धले ठाउँ र खर्च दुवै कम गर्नेछ भन्ने आशा गरिएको छ। यसबाहेक, दुई वा त्योभन्दा बढी मण्डलीका पुस्तकालयहरू एकै ठाउँमा गाभ्दा झनै राम्रा पुस्तकालयहरू बन्न सक्छन्। यी पुस्तकालयहरू एकै ठाउँमा गाभ्दा, पुस्तकका अतिरिक्त प्रतिहरू हिफाजत गरेर राख्न सकिन्छ र पछि नयाँ राज्यभवनहरू बनाएपछि त्यसलाई प्रयोग गर्न सकिन्छ। यदि राज्यभवनमा कम्प्युटर र सीडी-रोम-मा वाचटावर लाइब्रेरी छ भने, कसै-कसैलाई यो साधन धेरै लाभदायी लाग्न सक्छ।
प्रत्येक राज्यभवन पुस्तकालयको लागि एक जना भाइ, सम्भव भए ईश्वरतान्त्रिक सेवकाई स्कूल निरीक्षकले पुस्तकाध्यक्षको रूपमा सेवा गर्नेछन्। तिनले संकलन गरिएका पुस्तकहरूमा उपयुक्त प्रकाशनहरू क्रमशः थप्दै लैजानुपर्छ र थपिएका प्रकाशनहरूको भित्रपट्टि यो राज्यभवन पुस्तकालयको हो भन्ने कुराको जनाउ दिन सफासित चिह्न लगाउनुपर्छ। कमसे कम वर्षको एक चोटि, तिनले पुस्तकालयमा सम्पूर्ण प्रकाशनहरू छन् कि छैनन् भनी जाँच्नुका साथै ती कस्तो अवस्थामा छन् पक्का गर्नुपर्छ। यी पुस्तकालयहरूबाट कुनै पनि प्रकाशन राज्यभवनदेखि बाहिर लैजानु हुँदैन।
मण्डलीमा सरसंगत गर्ने सबैले राज्यभवन पुस्तकालयको मूल्यांकन गर्ने नै छन्। यसको राम्रो देखभाल गर्नुका साथै “परमेश्वरको ज्ञान” प्राप्त गर्न यसको प्रयोग गरेर हामी यस प्रबन्धको व्यक्तिगत रूपमा मूल्यांकन गर्छौं भन्ने कुरा देखाउन सकौं।—हितो. २:५.