प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 डिसेम्बर p. ३
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो ज्ञानेन्द्रिय शक्‍तिको विकास गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००१
  • सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन
    हाम्रो राज्य सेवकाई—२००९
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२००२
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 डिसेम्बर p. ३

नयाँ विशेष सम्मेलन दिन कार्यक्रम

फेब्रुअरी २००१ देखि हुने विशेष सम्मेलन दिन कार्यक्रमको विषय “समझमा मानिस होओ” हुनेछ। (१ कोरि. १४:२०) यसमा भेला हुनु हाम्रोलागि किन मूल्यवान्‌ हुनेछ? हामी खराबीले भरिएको संसारमा छौं। यसको प्रतिरोध गर्न हामीले आध्यात्मिक समझशक्‍ति विकास गर्नैपर्छ र यसरी हामीले खराबीलाई भलाइले जित्न सक्नेछौं। अनि विशेष सम्मेलन दिन कार्यक्रमले यसै गर्न हामीलाई मदत गर्नेछ।

कार्यक्रमको सुरुमा क्षेत्रीय निरीक्षकले “बाइबलको समझमा मानिस हुन मदत” भन्‍ने विषयमा छलफल गर्नेछन्‌। तिनले मसीही विश्‍वासमा कसरी स्थिर रहन सकिन्छ भनेर देखाउनेछन्‌। अतिथि वक्‍ताले “तपाईंको ज्ञानेन्द्रियलाई प्रशिक्षण दिएर आध्यात्मिकताको रक्षा गर्नुहोस्‌” भन्‍ने विषयमा भाषण दिंदा ज्ञानेन्द्रियलाई विकास गर्न बाइबलका सिद्धान्तहरूलाई साँच्चै प्रयोगमा ल्याउनु अर्थात्‌ व्यवहारमा उतार्नु कतिको आवश्‍यक रहेछ भन्‍ने कुरा प्रस्ट हुनेछ।

युवा जनहरूले पनि समझशक्‍ति विकास गर्नुपर्छ। “किन खराबीमा बालकहरू हुने” र अहिले नै समझ प्राप्त गर्ने युवाहरू” जस्ता भागहरूमा यस विषयलाई छलफल गरिनेछ। संसारका दुष्ट क्रियाकलापप्रतिको कौतूहलतालाई नियन्त्रण गर्न तथा संकटहरूदेखि बच्न त्याग्नको लागि आफूलाई आध्यात्मिक तवरमा बलियो पार्न आफूले के कस्ता प्रयासहरू गरे भनेर बताउने युवाहरूको कुरा सुन्‍नुहोस्‌।

हामी कसरी जीवनमा असीम आनन्द प्राप्त गर्नसक्छौं? यस विषयलाई अतिथि वक्‍ताले “बाइबल सिद्धान्तहरू समझदारीपूर्वक पालन गरेर लाभ उठाउनुहोस्‌” भन्‍ने अन्तिम भाषणबाट प्रस्ट पार्नेछन्‌। तिनले परमेश्‍वरको वचन पालन गर्दा समस्याहरूको सामना गर्न, निर्णय गर्न र यहोवाले सिकाउनुभएको कुराहरूबाट पूर्णतया लाभ उठाउन मदत गर्छ भन्‍ने उदाहरणहरू दिनेछन्‌।

परमेश्‍वरप्रतिको समर्पणलाई बप्तिस्माद्वारा जनसमक्ष प्रकट गर्न चाहनेहरूले सकभर चाँडै मण्डलीको अध्यक्षलाई बताउनुपर्छ। विशेष सम्मेलन दिन हुने दिन घोषणा गर्ने बित्तिकै तपाईंले आफ्नो क्यालेन्डरमा चिनो लगाइहाल्नुहोस्‌ र यस कार्यक्रमबाट लाभ उठाउन आवश्‍यक योजनाहरू बनाउनुहोस्‌। विशेष सम्मेलन दिनका कुनै पनि भाग नछुटाउनुहोस्‌! यसले तपाईंलाई यस दुष्ट रीतिरिवाजमा खडा रहन र यहोवाप्रति विश्‍वासी भइरहन बलियो बनाउनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने