राज्य समाचार-प्रति चासो देखाउनेलाई फेरि भेट्नुहोस्
१ गत केही हप्तादेखि हामीले “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?” शीर्षकको राज्य समाचार न. ३५ वितरण गर्ने सुअवसर पाइरहेका छौं। राज्य समाचार-को यस अंक लिएर चारैतिरका प्रकाशकहरू यथासक्दो धेरैभन्दा धेरै योग्यजनहरूकहाँ पुग्ने प्रयास गरिरहेका छन्। (मत्ती १०:११) नोभेम्बर १६ तारिख आइतबारसम्म मात्र यस अभियानको तालिका मिलाएको भए तापनि मण्डलीमा राज्य समाचार न. ३५ को स्टक नसिद्धिएसम्म प्राचीनहरूले तपाईंलाई ती वितरण गरिरहने सुझाउ दिनसक्छन्।
२ राज्य समाचार-को यस अंकले थुप्रै मानिसहरूको हृदयमा चासो जगाएको छ। साधारणतया, मानिसहरूबीच स्वाभाविक स्नेह नभएको तिनीहरू देख्छन् र भविष्य के होला भनी सोच्छन्। (२ तिमो. ३:३) त्यस्तो चासो देखाउनेहरूलाई हामी पुनःभेट गर्न चाहन्छौं।
३ राज्य समाचार-ले परिणामहरू ल्याउँछ: सन् १९९५ मा राज्य समाचार-को अभियानमा यस पर्चाको एक प्रति प्राप्त गर्ने स्त्री यहोवाका साक्षीहरूको विश्वासबारे थप कुरा जान्न राज्यभवनको सभामा आइन्। त्यत्ति नै बेला उनले बाइबल अध्ययन गर्ने प्रस्ताव सहर्ष स्वीकारिन्। त्यसपछि उनी सभाहरू प्रायः नछुटाइकन धाउन थालिन्। त्यसको धेरै समय नबित्दै उनले आफू धाउँदै गरेको चर्चलाई आफ्नो सदस्यता हटाइदिनु भनेर पत्र लेखिन्!
४ अहिलेसम्म त क्षेत्रका सयौं मानिसहरूले राज्य समाचार न. ३५ को सन्देश पढी सकेका छन्। तर तिनीहरूले कस्तो प्रतिक्रिया देखाए त? तिनीहरू त्यो सन्देश पढेर प्रभावित भए तापनि यहोवाका साक्षीहरू तिनीहरूलाई भेट्न नगएसम्म अधिकांशले त्यसतर्फ कुनै पाइला चाल्नेछैनन्। के तपाईं तिनीहरूलाई भेट्ने चाँजो मिलाउँदै हुनुहुन्छ? सँगी मानवप्रतिको मायालु चासोले हामीलाई त्यसो गर्न उत्प्रेरित गर्नुपर्ने हो। त्यसकारण, राज्य समाचार-प्रति चासो देखाउने सबैलाई फेरि भेट्नुपर्छ।
५ पुनः भेटमा तपाईं के भन्नुहुनेछ? राज्य समाचार कत्तिको समयानुकूल छ, त्यसबारे केही टिप्पणीहरू गरेर विचारोद्धीपक प्रश्न सोध्न सक्नुहुन्छ। घरधनीको कुरा ध्यानपूर्वक सुन्नुहोस्। त्यसो गर्दा तपाईंले उनको मनभित्रको कुरा थाह पाउन सक्नुहुन्छ। त्यसपछि, चाहनुहुन्छ पुस्तिकाको ठीक त्यही बुँदातिर तिनको ध्यान खिच्नुहोस् जुन बुँदा राज्य समाचार-मा पनि प्रस्तुत गरिएको थियो। यदि राम्रो प्रतिक्रिया देखाएमा, तुरुन्तै बाइबल अध्ययन थाल्ने कोसिस गर्नुहोस्।
६ “राज्य समाचार” न. ३५ प्रति चासो देखाउनेहरूलाई पुनःभेट गर्दा यहाँ दिइएका केही सुझावित प्रस्तुतिहरू चलाउन सक्नुहुन्छ:
▪ “मैले हिजोअस्ति मात्र तपाईंलाई दिएको पर्चा भुल्नुभएको त छैन होला। त्यस प्रर्चामा आज मानिसजातिबीच विभाजन ल्याउने महत्त्वपूर्ण विवाद अर्थात् अरूप्रति प्रेमको कमीबारे बताइएको छ।” राज्य समाचार-को पृष्ठ २ मा “छिमेकीप्रतिको प्रेम सेलाएको छ” शीर्षकअन्तर्गत दिएको प्रमाणतिर ध्यानाकर्षण गराउनुहोस्। त्यसपछि सोध्नुहोस्, “मानिसजाति यसरी नै बाँचोस् भन्ने उद्देश्य परमेश्वरले राख्नुभएको थियो जस्तो तपाईंलाई लाग्छ?” जवाफ पर्खनुहोस्। चाहनुहुन्छ पुस्तिकाको पाठ ५ पल्टाउनुहोस् र बाइबल अध्ययन थाल्ने प्रयास गर्नुहोस्।
▪ “अघिल्लो भेटमा मैले तपाईंलाई ‘के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?’ भन्ने विषयमा केही जानकारी दिएको थिएँ। के तपाईंलाई यस्तो संसार सम्भव होला जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। चाहनुहुन्छ पुस्तिकाको पाठ ६ पल्टाउनुहोस् अनि अनुच्छेद ६ पढ्नुहोस्। त्यसपछि मीका ४:३, ४ मा परमेश्वरले गर्नुभएको प्रतिज्ञा पढ्नुहोस्। घरधनीले चासो देखाएमा पुस्तिका प्रस्तुत गरेर अध्ययन थाल्ने प्रस्ताव राख्नुहोस्।
▪ “अस्ति भेट्दा ‘के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?’ भन्ने विषयमा एउट पर्चा दिएको थिएँ। त्यस पर्चामा निश्शुल्क गृह बाइबल अध्ययनको प्रस्ताव पनि राखिएको छ। हामीले बाइबल अध्ययनमा चलाउने अध्ययन सहायक तपाईंलाई देखाऊँ भनेर आज आएको नि। [ ज्ञान पुस्तक देखाउनुहोस्।] मानिसहरू एकअर्कालाई प्रेम गर्न थाल्ने समयबारे यस पुस्तकले स्पष्टसित बताउँछ। अनि यसले तपाईंलाई अचम्मलाग्ने यस्ता प्रश्नहरूका जवाफ पनि दिन्छ: हामी किन बूढो हुन्छौं र मर्छौं? परमेश्वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ? हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?” त्यसपछि, “बाइबल अध्ययन गर्ने तरिका के म तपाईंलाई देखाऊँ?” भनेर सोध्नुहोस्। यदि घरधनीले तपाईंको प्रस्ताव स्वीकारेनन् भने, उक्त पुस्तक तिनी आफै पढ्न चाहन्छन् कि सोध्नुहोस्। एक प्रति दिनुहोस्। र फेरि भेट्ने प्रबन्ध मिलाउनुहोस्।
७ राज्य समाचार न. ३५ को स्टक वितरण गरिसके पश्चात् महिनाका बाँकी दिनहरूमा ज्ञान पुस्तक प्रस्तुत गर्नसक्छौं। यस पुस्तकको लागि सुहाउँदा थुप्रै सुझावित प्रस्तुतिहरू मार्च, जून र नोभेम्बर १९९६ अनि जून १९९७ को हाम्रो राज्य सेवकाई-को अन्तिम पृष्ठमा पाउन सकिन्छ।
८ राज्य समाचार-को यस विशेष वितरण अभियानले हामी सबैलाई प्रचारकार्यमा अझ जोडतोडले लाग्न उत्प्रेरित गर्नुपर्ने हो। हामी निर्धक्क हुनसक्छौं, यहोवाको मदतले यो अभियान अवश्य सफल हुनेछ र मानिसजातिले एकअर्कालाई प्रेम गरोस् भन्ने परमेश्वरको उद्देश्य चारैतिरका मानिसहरूले बुझ्नेछन्। राज्य समाचार-प्रति चासो देखाउनेलाई फेरि भेट्न हामीले गरेको लगनशील प्रयासमा यहोवाले आशिष् दिइरहून्।