राज्य समाचार न.३६ ले जगाएको चासोलाई अझ बढाउने
१ के तपाईंले आफ्नो भागको राज्य समाचार न. ३६ वितरण गरिसक्नुभयो? यसले समसामयिक अनि सोचनीय विषय प्रस्तुत गरेको छ: “नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य।” सन् २०००-को नजिकै पुग्दा, नयाँ सहस्राब्दीबारे निकै आशा गरिएका थिए। राज्य समाचार न. ३६ मा यस्तै केही आशामाथि विचार गरिनुका साथै यसले हामीलाई संसारका परिस्थितिहरूले गर्दा आशावादी हुने कुनै कारण दिंदैन भनी सम्झाँउछ। धेरै मानिसहरूले चाहेको शान्ति अनि सुरक्षा ल्याउने एक मात्र सहस्राब्दी येशू ख्रीष्टको सहस्राब्दी शासन हो। उहाँको राज्य साँच्चै आउनेछ भन्ने हाम्रो भरोसाले सकेजति सबैलाई राज्य समाचार न. ३६ वितरण गर्न हामीलाई घचघच्याएको छ।
२ राज्य समाचार - प्रति प्रतिक्रिया: पछिल्लो राज्य समाचार वितरण कार्य प्रोत्साहनजनक साबित भएको थियो। राज्य समाचार न. ३५ को सन्दर्भमा क्यानाडा शाखाले यस्तो लेख्यो: “यस विशेष अभियानलाई सफल बनाउन प्रकाशक एवम् अग्रगामीहरूले उत्सुकतासाथ क्षेत्र सेवामा भाग लिएर धेरै प्रोत्साहनजनक अनुभवहरूको आनन्द उठाए।” राज्य समाचार न. ३६ वितरणमा तपाईंहरूले पनि यस्तै जोश देखाउनुभएको छ भन्ने कुरामा कुनै शंका छैन।
३ राज्य समाचार वितरण अभियान नोभेम्बर ३०, २००० मा अन्त हुनेछ। के तपाईंको मण्डलीलाई जिम्मा दिइएको सम्पूर्ण इलाका ढाकिसकिएको छ? यदि छैन भने, डिसेम्बर महिनाको दौडान पनि यस अभियानलाई जारी राख्न प्रचीनहरूले तपाईंलाई अह्राउन सक्छन्।
४ राज्य समाचार न. ३६ वितरणले गर्दा अहिलेसम्ममा तपाईंको इलाकामा भएका व्यक्तिहरूले कस्तो प्रतिक्रिया देखाएका छन्? केही व्यक्तिहरूले कुपन भरेर चाहनुहुन्छ पुस्तिकाबारे थप जानकारी अनि/वा गृह बाइबल अध्ययनको लागि अनुरोध गर्नेछन्। यद्यपि, सहस्राब्दीको विषयबारे सुरुमा चासो देखाउने अधिकांश व्यक्तिहरूले तिनीहरूलाई कुनै यहोवाको साक्षीले नभेटेसम्म कुनै कदमै चाल्ने छैनन्। चासो देखाउने जति सबैलाई फेरि भेट्नुपर्छ। फेरि भेट्ने उपयुक्त समय कुन होला? पुनःभेट सकेसम्म चाँडै गर्नुपर्छ।
५ राज्य समाचार न. ३५ वितरण पश्चात् प्राप्त भएका यी अनुभवहरू ध्यान दिनुहोस्। आयरल्याण्डकी एक अग्रगामीले रेस्टुराँकी साहूनीलाई राज्य समाचार छोडेकी थिइन्। त्यस सन्देशबाट उक्त स्त्री प्रभावित भइन् र बहिनीलाई फेरि भेट्ने निमन्त्रणा दिइन्। दुई दिनपछि बहिनीले त्यस स्त्रीलाई भेटिन् र बाइबल अध्ययन सुरु भयो। डेनमार्कको एउटा घरमा कोही पनि नभएको कारण एक प्रति राज्य समाचार छोडिएको थियो। त्यही दिन त्यस घरमा बस्ने स्त्रीले शाखा कार्यालयमा कुपन भरेर पठाइन्। पछि, त्यस कुपनलाई स्थानीय मण्डलीमा पठाइयो। दुई हप्ता नबित्दै, दुई जना बहिनी त्यस स्त्रीलाई भेट्न गए। अध्ययनको प्रबन्ध मिलाइयो र त्यस स्त्री पहिलो पटक राज्य भवनको सभामा उपस्थित भइन्!
६ फेरि भेट्न जाँदा के भन्ने: राज्य समाचार वितरण गरेको ठाउँमा पुनःभेट गर्न तुलानात्मक रूपमा सजिलो छ र यो हाम्रो सेवकाईको आनन्ददायक भाग हो। यसरी भेट्न जाँदा एक प्रति राज्य समाचार न. ३६ लिएर जानु बेस हुन्छ। किनकि घरधनीसँग आफ्नो प्रति नभएको खण्डमा यसलाई चलाउन सकिन्छ। तपाईं यी सुझाउहरू प्रयोगमा ल्याउन सक्नुहुन्छ।
७ घरधनीलाई आफ्नो पुनः परिचय दिइसकेपछि, तपाईं यसो भन्नसक्नुहुन्छ:
▪ “मैले तपाईंको लागि ‘नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य।’ नामक पर्चा छोडेको थिएँ। के तपाईंलाई अब छिट्टै ख्रीष्टको हजार वर्षीय शासन सुरु हुनेछ र यसले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नेछ भनी पढ्न पाउँदा प्रोत्साहनजनक लागेन? [राज्य समाचार न. ३६ मा भएको प्रमोदवनको चित्र देखाउनुहोस्।] पर्चाको अन्तिम पातोमा तपाईंलाई परमेश्वर हामीबाट के चाहनुहुन्छ? नामक पुस्तिका मगाउन अनुरोध गरिएको छ।” पुस्तिका देखाउनुहोस्, पाठ ५ पल्टाउनुहोस्, पहिलो प्रश्न अनि अनुच्छेद १ र २ पढ्नुहोस् र घरधनीलाई टिप्पणी गर्न लगाउनुहोस्। एक वा दुइटा शास्त्रपद पढेर छलफल गर्नुहोस्। सम्भव छ भने, अर्को प्रश्न र अनुछेदमा पनि ध्यान दिनुहोस्, अर्को पटक भेट्ने समय मिलाउनुहोस् र छलफल जारी राख्नुहोस्।
८ डिसेम्बरमा पुनःभेट गर्न जाँदा प्रस्तुत गर्नु पर्ने साहित्य ‘ज्ञान’ पुस्तक भएको हुनाले तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “मैले तपाईंलाई योभन्दा अघि भेट्दा ‘नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य’-को एक प्रति छोडेको थिएँ?” त्यसमा निश्शुल्क बाइबल अध्ययनको प्रस्ताव राखिएको छ। आज त्यही किताब देखाऊँ भनेर तपाईंलाई भेट्न आएको हुँ। यो किताब हामी बाइबल अध्ययन गर्न प्रयोग गर्छौं। [ ज्ञान पुस्तकको पृष्ठ १८८-९ खोलेर देखाउनुहोस्।] बाइबलमा बताइएको हजार वर्षीय राज्यमा यस चित्रमा देखाइएझैं परिस्थिति हुनेछ। यस प्रमोदवनमा जीवन बिताउन योग्यको हुन परमेश्वरको सही ज्ञान लिनु आवश्यक छ। म तपाईंलाई बाइबल अध्ययन गर्ने तरिका छोटकरीमा देखाउन चाहन्छु।”
९ राज्य समाचार न. ३६ को वितरणले सेवकाईमा अगाडि बढ्न अनि विस्तृत तवरमा साक्षी दिन उत्प्रेरित गर्छ। अवश्य पनि यस पर्चाले इलाकामा भएका धेरैको चासो जगाएको हुनुपर्छ। चासो जगाउन हामीले गरेको सामूहिक प्रयास अनि यहोवाको मदतले हामी आनन्दित भई भेडाखाले मानिसहरू खोजी गर्न सक्छौं।—मत्ती १०:११; प्रेरि. १३:४८, ४९, ५२.