सन् १९९८ का लागि ईश्वरतान्त्रिक सेवकाई पाठशाला
विद्या हासिल गर्नु भनेको “कुनै खास विषयमा ज्ञान सिक्नु वा सिपालु हुनु” हो। ईश्वरतान्त्रिक सेवकाई पाठशालाद्वारा हामी नियमित तवरमा परमेश्वरको ज्ञान उपयोग गर्ने प्रशिक्षण पाउँछौं। यसको अतिरिक्त यस पाठशालामा भाग लिंदा हाम्रो वक्तृत्व कला अनि शिक्षण क्षमता अझ तिखार्ने मौका पाउँछौ। आउँदो १९९८ मा सञ्चालन हुने पाठशालाको कार्यक्रमले आध्यात्मिक प्रगति गर्ने थुप्रै मौका प्रदान गर्नेछ।
आउँदो वर्षको पाठशाला तालिका हेर्नुभयो भने तपाईंले तेस्रो नम्बरको भाषण छ महिनासम्म ज्ञान किताबमा आधारित भएको पाउनुहुनेछ। त्यतिमात्र होइन, १९९८ का लागि नयाँ पाठ्यपुस्तकको रूपमा पारिवारिक आनन्द किताब पनि थपिएको छ। तेस्रो र चौथो भाषणको दौडान यो किताबका अंशहरू क्रमशः छलफल गरिंदै लगिनेछ। तालिकाअनुसार चौथो भाषण पारिवारिक आनन्द किताबमा आधारित भएको खण्डमा, वक्ता भाइ हुन् भने उनले मण्डलीलाई दिइने भाषणको रूपमा प्रस्तुत गर्नुपर्छ। अनि यहाँनेर फेरि एकपल्ट सम्झाउनु बेस होला, पाठशाला कार्यक्रममा भाग लिने कसैले पनि बढी समय लिनुहुँदैन।
नयाँ विशेषता: हाम्रो व्यक्तिगत फाइदाका लागि पाठशालाको तालिकामा “थप बाइबल पढाइका लागि तालिका” दिइएको छ। प्रत्येक हप्ताका लागि दिइएको गीत संख्या सँगै कोष्ठक चिह्नभित्र यो तालिका दिइएको छ। साप्ताहिक स्कूल कार्यक्रमको कुनै अंश यो तालिकामा आधारित नभए तापनि सो तालिकाअनुसार बाइबल पढ्ने लक्ष्य बनाउनुहोस्। अहिलेसम्म पनि दिनहुँ बाइबल पढ्ने बानी बसिसकेको छैन भने त्यो तालिकाअनुसार चलेमा बानी बस्नेछ।
भाषण, सल्लाह अनि लिखित पुनरावृत्तिका लागि थप जानकारी चाहिएमा कृपया “सन् १९९८ का लागि ईश्वरतान्त्रिक सेवकाई पाठशालाको तालिका” अनि अक्टोबर १९९६ अंकको हाम्रो राज्य सेवकाई, पृष्ठ ३ हेर्नुहोस्।
यदि तपाईं अहिलेसम्म पनि ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भर्ती भइसक्नुभएको छैन भने हामी तपाईंलाई भर्ती हुन आमन्त्रित गर्छौं। यहोवाका विनम्र तथा समर्पित सेवकहरूलाई अझ दक्ष बनाउन यस अतुलनीय पाठशालाले अझै पनि ठूलो भूमिका खेलिरहेको छ।—१ तिमो. ४:१३-१६.