प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जुलाई pp. ३-६
  • अग्रगामी सेवा—तपाईंको लागि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अग्रगामी सेवा—तपाईंको लागि?
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको आदर गर्न के तपाईं अझ बढी केही गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९३
  • अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “तपाईं राम्रो अग्रगामी बन्‍न सक्नुहुन्छ!”
    हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—१९९८
km98 जुलाई pp. ३-६

अग्रगामी सेवा—तपाईंको लागि?

१ “यो कामबाहेक अरू काम गरिरहेको त कल्पनासमेत गर्न सक्दिनँ। यो जत्तिको आनन्ददायी काम त अरू कुनै छैन होला।” यो कसले भनेको हो? पूर्ण-समय सेवकाईलाई आफ्नो जीवनको सबैभन्दा आनन्ददायी पेसा बनाउने यहोवाका लाखौं साक्षीहरूमध्ये एक जनाले। अग्रगामी सेवा तपाईंको लागि हो कि भनेर के तपाईंले कहिल्यै प्रार्थनापूर्वक विचार गर्नुभएको छ? हामीले आफूलाई यहोवामा पूर्णतया समर्पण गरिसकेपछि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन पूरापूर भाग लिन सकौंला कि नसकौंला भनेर अवश्‍य विचार गर्नुपर्छ। यही कुरालाई मनमा राख्दै, कृपया थुप्रै मानिसहरूले अग्रगामी सेवाबारे सोध्ने केही प्रश्‍नहरू विचार गर्नुहोस्‌।

प्रश्‍न १: कसै कसैले भन्छन्‌, “अग्रगामी सेवा सबैको लागि होइन। यो मेरोनिम्ति हो कि होइन भनेर कसरी थाह पाउने?”

२ यसको जवाफ तपाईंको परिस्थिति र आध्यात्मिक दायित्वमा भर पर्छ। स्वास्थ्य समस्या वा विद्यमान परिस्थितिले गर्दा थुप्रैले सेवकाईमा प्रति महिना ९० घण्टा बिताउन सक्दैनन्‌। उदाहरणका लागि, थुप्रै विश्‍वासी बहिनीहरूलाई लेऔं जो मसीही पत्नी तथा आमाहरू हुन्‌। तिनीहरू परिस्थितिले दिएसम्म सेवकाईमा बारम्बार भाग लिन्छन्‌। मौकाअनुसार तिनीहरू वर्षमा एक महिना वा त्योभन्दा बढी सहायक अग्रगामी गर्छन्‌ र सेवामा बढी भाग लिएर आनन्द बटुल्छन्‌। (गला. ६:९) तिनीहरूले परिस्थितिवश हाल पूर्ण-समय अग्रगामी सेवा गर्न नपाए तापनि अग्रगामी मनोभावलाई बढाउँछन्‌ र मण्डलीमा तिनीहरू सुसमाचारका जोसिला प्रकाशकहरूको हैसियतमा आशिष्‌ हुन्‌।

३ अर्कोतर्फ, तुलनात्मक हिसाबले त्यति दायित्व नभएका थुप्रै भाइबहिनीहरूले आफ्ना प्राथमिकताहरू काँटछाँट गरेर अग्रगामी सेवालाई स्थान दिएका छन्‌। तपाईं नि? के तपाईं स्कूल सिध्याइसक्नुभएको जवान हुनुहुन्छ? के तपाईं परिवारको राम्रो पालनपोषण गर्ने पतिकी पत्नी हुनुहुन्छ? के तपाईं छोराछोरीको देखभाल गर्नुपर्ने जिम्मेवारी नभएको विवाहित हुनुहुन्छ? के तपाईं अवकाशप्राप्त हुनुहुन्छ? अग्रगामी गर्ने वा नगर्ने निर्णय व्यक्‍तिविशेष स्वयंकै हो। प्रश्‍न उठ्‌छ, के तपाईं जीवनमा अग्रगामी सेवालाई स्थान दिन सक्नुहुन्छ?

४ शैतानले हाम्रो जीवनलाई अस्तव्यस्त पार्न र स्वार्थी जीवनशैलीमा डुबाउन आफ्नो सांसारिक रीतिरिवाज प्रयोग गर्छ। यदि हामीले संसारको भाग नहुने अठोट गऱ्‍यौं भने यहोवाले हामीलाई राज्य गतिविधिलाई प्राथमिकता दिन र हाम्रोनिम्ति उपलब्ध ईश्‍वरतान्त्रिक सेवाका सम्पूर्ण सुअवसरहरूका लागि प्रयत्न गर्न तथा ती अंगाल्न मदत दिनुहुनेछ। तपाईं अग्रगामी सेवा गर्न आफ्ना परिस्थितिहरू काँटछाँट गर्न सक्नुहुन्छ भने किन नगर्ने?

प्रश्‍न २: “पूर्ण-समय सेवा गर्दा भौतिक खाँचो टार्न सक्नेछु भनी कसरी निश्‍चित हुनसक्छु?”

५ हो, जीवनमा आवश्‍यक ठानिएका कुराहरू हासिल गर्न थुप्रै मुलुकतिर जागिरमा बिताउनुपर्ने घण्टा जति वर्ष बित्दै गयो त्यति बढ्‌दै गएको छ। तैपनि, थुप्रैले दशकौंदेखि अग्रगामी गर्दै आएका छन्‌ र यहोवाले तिनीहरूलाई बल दिइरहनुभएको छ। सफल अग्रगामी हुन विश्‍वास र आत्मसंयम चाहिन्छ। (मत्ती १७:२०) भजन ३४:१० ले ‘परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको खाँचो पर्नेछैन’ भनेर हामीलाई आश्‍वासन दिन्छ। अग्रगामी सेवा गर्नेहरू यहोवाले तिनीहरूको प्रबन्ध गरिदिनुहुन्छ भनेर पूर्ण विश्‍वस्त हुनुपर्छ। उहाँले चारैतिरका विश्‍वासी अग्रगामीहरूका लागि यस्तै प्रबन्ध गरिरहनुभएको छ! (भज. ३७:२५) हो, २ थिस्सलोनिकी ३:८, १० र १ तिमोथी ५:८ का सिद्धान्तहरूअनुरूप अग्रगामीहरूले अरूबाट आर्थिक सहयोगको आशा गर्दैनन्‌।

६ अग्रगामी गर्ने विचार राख्नेले येशूले भन्‍नुभएजस्तै “खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब” गर्नुपर्छ। (लूका १४:२८) यसो गर्नु व्यवहारिक बुद्धि देखाउनु हो। धेरै वर्षदेखि सफलतापूर्वक अग्रगामी गर्दै आएकाहरूसित कुराकानी गर्नुहोस्‌। यहोवाले तिनीहरूलाई कसरी बल दिनुभएको छ भनेर सोध्नुहोस्‌। तपाईंको परिभ्रमण निरीक्षक एक अनुभवी अग्रगामी हुन्‌। तिनले तपाईंलाई पूर्ण-समय सेवकाईमा कसरी सफल हुने भनेर खुसीसाथ सुझाउहरू दिनेछन्‌।

७ व्यक्‍तिविशेषले आफूलाई यहोवाको हातमा नसुम्पेसम्म येशूले मत्ती ६:३३ मा गर्नुभएको प्रतिज्ञा सत्य साबित भएको कहिल्यै अनुभव गर्नसक्दैन। एक विश्‍वासी अग्रगामीले भने: “म र मेरो साथी अग्रगामीको हैसियतले नयाँ ठाउँमा आउँदा हामीसित अलिकति तरकारी र एक प्याकेट मार्जारिन थियो। साथमा फुट्टीकौडी थिएन। भएको ती खानेकुरा साँझमा नै साटसुट सिद्धियो र भन्यौं, ‘भोलिको लागि त केही पनि छैन।’ त्यसको लागि प्रार्थना गऱ्‍यौं र सुत्न गयौं। भोलिपल्ट एकाबिहानै एक जना स्थानीय साक्षी आएर यसो भन्दै आफ्नो परिचय दिइन्‌, ‘अग्रगामीहरू पठाइदिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गरेकी थिएँ। अब अधिकांश दिन तपाईंहरूसित बिताउनसक्छु। तर म यस गाउँदेखि निकै टाढा बस्छु त्यसैले दिउँसो तपाईंहरूसितै खाना खान यी खानेकुरा हामी सबैलाई पुग्नेगरि ल्याएकी छु।’ तिनले प्रशस्त मासु र तरकारी ल्याएकी थिइन्‌।” येशूले हामीलाई आफ्नो ‘प्राणको निम्ति फिक्री नगर’ भन्‍नु केही अचम्म होइन! त्यसपछि, उहाँले भन्‍नुभयो: “तिमीहरूमध्ये कुन चाहिंले फिक्री गरेर आफ्नो कदमा एक हात थप्नसक्छौ?”—मत्ती ६:२५, २७.

८ हामी वरपरको संसार दिन प्रतिदिन भौतिकवादी हुँदै जाँदैछ। हामी पनि त्यस्तै भौतिकवादी होस्‌ भनेर हामीमाथि झन्‌ झन्‌ दबाब थोपरिंदैछ। तथापि, पूर्ण-समय सेवकाईप्रति हार्दिक मूल्यांकन देखाउँदा हामीसित भौतिक कुरा पर्याप्त नभए तापनि सन्तुष्ट हुन्छौं। (१ तिमो. ६:८) जीवनलाई सरल र व्यवस्थित राख्ने अग्रगामीहरूले सेवाको लागि बढी समय पाउँछन्‌ र अरूलाई सत्य सिकाएर अझ धेरै आनन्द तथा आध्यात्मिक बल प्राप्त गर्छन्‌। तिनीहरूले सन्यासी जीवन बिताउने कोसिस नगर्ने भए तापनि आफ्नो आर्थिक स्थितिलाई सन्तुलित राख्छन्‌। त्यसैले तिनीहरू अग्रगामी सेवाबाट पाइने आशिष्‌हरू उपभोग गर्न सक्षम भएका छन्‌।

९ हामी आखिरी दिनमा बाँचिरहेका छौं र यो दुष्ट संसार नाश हुँदैछ भनेर राम्ररी बुझ्नुभयो भने हर अवसरमा सुसमाचार प्रचार गर्नको लागि आवश्‍यक त्यागहरू गर्न तपाईं आध्यात्मिक तवरमा उत्प्रेरित हुनुहुनेछ। आफ्नो आर्थिक स्थितिप्रति विचारधारा परिवर्तन गर्दा अनि यस मामिलालाई यहोवाको हातमा सुम्पँदा तपाईंले उहाँको पूर्ण-समय सेवा गर्न सक्नुहुँदो रहेछ भनेर बुझ्न सक्नुहुन्छ। तपाईंले अग्रगामी गर्न कतिपय भौतिक चाहनाहरू त्याग्नुपरे तापनि यहोवाबाट मनग्गे आशिष्‌ पाउनुहुनेछ।—भज. १४५:१६.

प्रश्‍न ३: “मैले किशोरावस्थामै अग्रगामी सेवालाई पेसाको रूपमा अपनाउने विचार किन गर्नुपर्ने?”

१० स्कूल सिध्याउन लाग्नुभएको छ भने तपाईं भविष्यबारे अवश्‍य सोच्नुहुन्छ। तपाईं आफ्नो भविष्य सुरक्षित, आनन्दित र सन्तोषप्रद होस्‌ भन्‍ने चाहनुहुन्छ। स्कूलका सल्लाहकारहरूले तपाईंलाई लाभप्रद पेसा अपनाउन लगाउने प्रयास गर्लान्‌ जुन पेसाको लागि वर्षौंसम्म कलेजमा शिक्षा लिनुपर्छ। यथासम्भव यहोवाको सेवा गर्न तयार हुनुपर्छ भनेर तपाईंको सुप्रशिक्षित मसीही अन्तस्करणले तपाईंलाई भन्छ। (उप. १२:१) अन्ततः पछि विवाह गर्ने र परिवार बसाल्ने विचार पनि गर्नुहुन्छ होला। के गर्नुहुनेछ त?

११ अहिले गर्नुहुने निर्णयमा नै तपाईंको सम्पूर्ण भविष्य निर्भर छ। यदि तपाईं यहोवाको बप्तिस्माप्राप्त समर्पित साक्षी हुनुहुन्छ भने तपाईंले आफूलाई यहोवामा पूर्णतया सुम्पनुभएको छ। (हिब्रू १०:७) तपाईंको लागि पहिलो अवसर हो, एक वा त्योभन्दा धेरै पटक सहायक अग्रगामी गरेर हेर्ने। यसो गर्दा नियमित अग्रगामी सेवाबाट पाइने आनन्द र जिम्मेवारीको बोध हुन्छ अनि निस्सन्देह, जीवनमा गर्नुपर्ने कुराप्रति तपाईंको दृष्टिकोण प्रस्ट हुन्छ। तत्पश्‍चात्‌, स्कूल सिध्याएपछि खाली समयमा पूर्ण-समय जागिर खानुको साटो नियमित अग्रगामी किन नथाल्ने? कतिपयले ढिलो अग्रगामी सेवा थालेकोमा पछुतो गर्छन्‌।

१२ जवान व्यक्‍तिको हैसियतमा अविवाहित रहँदाका अवसरहरूको सदुपयोग गर्नुहोस्‌ अनि यसले पूर्ण-समय प्रचार क्रियाकलापमा दिने लाभहरूको आनन्द उठाउनुहोस्‌। यदि कुनै दिन विवाह गर्ने विचार गर्नुभएको छ भने पनि विवाहको लागि उत्तम आधार पहिला अग्रगामी कार्य गर्नु नै हो। तपाईं परिपक्व हुँदै र आध्यात्मिकतामा बढ्‌दै जानुभएपछि एकै विचार मिल्ने जीवनसाथीसँगै अग्रगामीको पेसा अपनाउने छनौट गर्न सक्नुहुन्छ। सँगै अग्रगामी गर्ने दम्पतीहरू परिभ्रमण कार्यमा लागेका छन्‌ वा विशेष अग्रगामी भएका छन्‌। साँच्चै कत्ति सन्तोषप्रद जीवनशैली!

१३ तपाईंले जति नै लामो समयसम्म अग्रगामी गर्नुभए तापनि आफ्नो शिक्षा पूरा गर्नुभएको हुनेछ र संसारको कुनै पनि पेसाबाट पाउन नसकिने अमूल्य प्रशिक्षण पाउनुभएको हुनेछ। अग्रगामी सेवाले तपाईंलाई ठूलठूला जिम्मेवारीहरू लिन योग्य बनाउने गुनहरू अर्थात्‌ अनुशासन, व्यक्‍तिगत व्यवस्थापन, मानिसहरूसित व्यवहार गर्न, यहोवामा भरोसा राख्न, धीरज र दया विकास गर्न सिकाउँछ।

१४ मानिसजातिको जीवन त्यतिबिघ्न अनिश्‍चित कहिल्यै भएको छैन। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुराबाहेक अन्य एकदमै कम कुरा मात्र साँच्चै स्थायी छन्‌। भविष्यको ढोका तपाईंको अघि खुल्ला भएकोले आउँदा वर्षहरूमा तपाईंले जीवनमा के गर्नुहुनेछ भनेर गम्भीरतापूर्वक सोच्ने उत्तम समय अहिले जस्तो अरू कुन हुनसक्ला र? अग्रगामी सेवा गर्ने सुअवसरलाई राम्ररी जाँच्नुहोस्‌। तपाईंले पेसाको रूपमा अग्रगामी सेवालाई छान्‍नुभएकोमा कहिल्यै पछुताउनुपर्ने छैन।

प्रश्‍न ४: “घण्टा पुऱ्‍याउन सधैं हम्मेहम्मे पर्छ हैन र? घण्टा पुऱ्‍याउन सकिएन भने के गर्ने?”

१५ तपाईंले नियमित अग्रगामीको लागि आवेदन भर्नुहुँदा निम्न प्रश्‍नको जवाफ दिनैपर्छ: “वर्षमा १,००० घण्टा बुझाउन सक्नेगरि कामकाजहरू मिलाउनुभएको छ?” यसो गर्न तपाईंले सेवामा प्रतिदिन सरदर तीन घण्टा बिताउनुपर्छ। स्पष्टतया, यसको लागि राम्रो तालिका र आत्मसंयम चाहिन्छ। धेरैजसो अग्रगामीहरूले केही महिनाभित्रै व्यवहारिक र कामलाग्दो कार्यतालिका बनाउँछन्‌।

१६ तथापि, उपदेशक ९:११ ले यसो भन्‍नु ठीकै हो, ‘समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।’ गम्भीर स्वास्थ्य समस्या वा अन्य अप्रत्याशित परिस्थितिहरूले गर्दा अग्रगामीहरूले घण्टा पुऱ्‍याउन सक्दैनन्‌। यस्तो समस्या धेरै लामो समयसम्म भएको होइन र सेवा वर्षको सुरुतिर मात्र आइपरेको हो भने नपुगेको घण्टा पुऱ्‍याउन सेवकाईमा अझ बढी समय बिताउन तालिकालाई काँटछाँट गर्नु मात्र पनि पर्याप्त हुनसक्छ। तर सेवा वर्ष बित्न केही महिना बाँकी रहँदा गम्भीर समस्या आइपरेर अग्रगामीले घण्टा पुऱ्‍याउनसकेन भने नि?

१७ यदि केही महिनासम्म बिमारी पर्नुभएकोले वा टार्नै नसक्ने जरुरी कारणले गर्दा घण्टा पुऱ्‍याउन सक्नुभएन भने मण्डली सेवा समितिका कुनै सदस्यलाई भेट्‌न सक्नुहुन्छ र समस्या बताउनुहोस्‌। यी प्राचीनहरूले उचित लागेमा तपाईंलाई नपुगेको घण्टा नपुऱ्‍याई अग्रगामी निरन्तर गर्न दिने निर्णय गर्नसक्छन्‌। तपाईंले नपुगेको घण्टा पूरा गर्नुपर्दैन भनेर देखाउन सचिवले मण्डलीको प्रकाशक रेकर्ड कार्डमा चिह्न लगाउनेछन्‌। यसो गर्नुको अर्थ तपाईंलाई बिदा दिएको होइन तर तपाईंलाई परिस्थितिअनुसार विशेष छुट दिइएको हो।—अक्टोबर १९८६, हाम्रो राज्य सेवकाई (अंग्रेजी) परिशिष्ट, अनुच्छेद १८ हेर्नुहोस्‌।

१८ अनुभवी अग्रगामीहरूले सेवा वर्षको सुरुतिरै घण्टा बचाइराख्छन्‌। तिनीहरू अग्रगामी सेवालाई प्राथमिकता दिन्छन्‌, त्यसैले कहिलेकाहीं अनावश्‍यक क्रियाकलापहरू काँटछाँट गर्न आवश्‍यक ठान्छन्‌। यदि कुनै अग्रगामीले अव्यवस्थित तालिकाको कारण वा आत्मसंयमको कमीले तालिकाअनुसार चल्न नसकेर घण्टा पुऱ्‍याउन सकेनन्‌ भने नपुगेको घण्टा पुऱ्‍याउने जिम्मेवारी तिनको हो र त्यसको लागि विशेष छुटको आशा गर्नु हुँदैन भनेर सोच्नुपर्छ।

१९ कहिलेकाहीं अग्रगामीहरूको परिस्थितिमा हटाउनै नसक्ने परिवर्तन आउँछ। बिरामी परिरहनाले, बढ्‌दो पारिवारिक जिम्मेवारी र त्यस्तै अरू कारणहरूले गर्दा लामो अवधिसम्म घण्टा पुऱ्‍याउन नसकिएला जस्तो तिनलाई लाग्ला। यस्तो बेला, प्रकाशक मात्र रहनु र सम्भव भए बेला मौकामा सहायक अग्रगामी गर्नु बुद्धिमानी हुनेछ। यदि कसैले परिस्थितिवश घण्टा पुऱ्‍याउनै सक्दैन भने तिनलाई अग्रगामीको सूचीमा राखिराख्ने प्रबन्ध छैन।

२० आशा छ, विशेष छुट दिन योग्य व्यक्‍तिलाई यसरी छुट दिने प्रबन्धले गर्दा नचाहिंदो फिक्री नगरी अग्रगामी सेवामा नाउँ दर्ता गराउन थुप्रै प्रोत्साहित हुनेछन्‌। यसले पूर्ण-समय सेवामा भएकाहरूलाई अग्रगामी गरिरहन पनि प्रोत्साहन दिनुपर्ने हो। अग्रगामीहरू पूर्ण-समय सेवामा सफल होऊन्‌ भन्‍ने हामी चाहन्छौं।

प्रश्‍न ५: “म केही हासिल गरेर खुसी हुन चाहन्छु। अग्रगामी सेवा गरेर के म सन्तुष्ट हुनेछु?”

२१ साँचो आनन्द मुख्यतः यहोवासित घनिष्ठ व्यक्‍तिगत सम्बन्ध राख्नु र उहाँलाई विश्‍वासपूर्वक सेवा गरिरहेका छौं भनेर विश्‍वस्त हुनुमा निर्भर छ। येशूले “उहाँको सामने राखिदिएको आनन्दको निम्ति” शूलीमा शासना भोग्नुभयो। (हिब्रू १२:२) उहाँले परमेश्‍वरको इच्छा गर्नुहुँदा आनन्द पाउनुभयो। (भज. ४०:८) यदि हाम्रो जीवनका धेरैजसो क्रियाकलापहरू यहोवाको उपासनासित सम्बन्धित छन्‌ भने हामी यस रीतिरिवाजमा साँचो आनन्द पाउनसक्छौं। हामीले सही कुरा गरिरहेका छौं भनेर भित्री हृदयबाटै थाह पाएको हुनाले आध्यात्मिक कामकुराहरू हामीलाई अर्थपूर्ण लाग्छ। दिंदाखेरि आनन्द आउँछ अनि हामीलाई थाह छ, परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन कसरी पाउने भनेर अरूलाई सिकाउनु जस्तो उत्तम तरिका दिने सन्दर्भमा अरू केही छैन।—प्रेरि. २०:३५.

२२ यसबारे, सुरुको अनुच्छेदमा चर्चा गरिएको अग्रगामीले यसरी बताए: “तपाईंले अध्ययन गर्नुभएको व्यक्‍ति पछि गएर यहोवाको सक्रिय प्रकाशक भएको देख्न पाउनुभन्दा ठूलो आनन्दको कुरा अरू के होला र? यहोवालाई खुसी तुल्याउन जीवनमा छाँटकाँटहरू गर्न मानिसहरूलाई उत्प्रेरित गर्नसक्ने परमेश्‍वरको वचन त्यत्तिको प्रबल भएको देख्नु साँच्चै उत्साहवर्धक कुरा हो र यसले हाम्रो विश्‍वास पनि बलियो बनाउँछ।” (अक्टोबर १५, १९९७, प्रहरीधरहरा, पृष्ठ १८-२३ हेर्नुहोस्‌।) तसर्थ, कुन कुराले तपाईंलाई आनन्द दिन्छ? यदि तपाईंले संसारबाट पाइने अस्थायी आनन्दलाई भन्दा स्थायी, सार्थक प्रयासको मूल्यांकन गर्नुभयो भने अग्रगामी सेवा गर्दा तपाईंले साँचो आनन्द दिने अद्‌भुत सन्तुष्टि पाउनुहुनेछ।

प्रश्‍न ६: “अनन्त जीवन पाउन अग्रगामी गर्नैपर्छ भन्‍ने छैन भने यो गर्ने नगर्ने मेरो खुसी नि, हैन र?”

२३ अग्रगामी गर्ने नगर्ने निर्णय तपाईंकै हो। यहोवाले मात्र तपाईंका परिस्थितिहरू जाँच्न सक्नुहुन्छ। (रोमी १४:४) तपाईंले उहाँलाई सारा हृदय, प्राण, मन र शक्‍तिले सेवा गरून्‌ भनेर उहाँले चाहनु उचित हो। (मर्कू. १२:३०; गला. ६:४, ५) इच्छा नलागी नलागी वा करकापमा परेर उहाँको सेवा गर्नेलाई होइन तर प्रसन्‍नचित्त भई आनन्दसाथ सेवा गर्नेलाई उहाँ प्रेम गर्नुहुन्छ। (२ कोरि. ९:७; कल. ३:२३) तपाईंले यहोवा र आफ्नो इलाकाका मानिसहरूलाई प्रेम गर्नु नै पूर्ण-समय सेवा गर्नुको कारण हुनैपर्छ। (मत्ती ९:३६-३८; मर्कू. १२:३०, ३१) यदि तपाईं यस्तै महसुस गर्नुहुन्छ भने अग्रगामी सेवालाई गम्भीरतापूर्वक विचार गर्नु तपाईंको लागि ठीक छ।

२४ आशा छ, यहाँ बताइएको कुराले तपाईंलाई अग्रगामी गर्ने नगर्ने निर्णय गर्न मदत दिनेछ। के तपाईं नियमित अग्रगामी गर्न आफ्ना परिस्थितिहरू काँटछाँट गर्न सक्नुहुन्छ? तल “मेरो साप्ताहिक अग्रगामी सेवा तालिका” शीर्षक भएको क्यालेन्डर दिइएको छ। सेवकाईमा प्रत्येक हप्ता सरदर २३ घण्टा जति पुऱ्‍याउन सक्नुहुन्छ कि सक्नुहुन्‍न हेर्न व्यवहारिक तालिका भर्न सक्नुहुन्छ। त्यसपछि, यहोवामा पूर्ण विश्‍वास र भरोसा गर्नुहोस्‌। उहाँको मदत पाएर तपाईं सफल हुन सक्नुहुन्छ! उहाँले प्रतिज्ञा गर्नुभएको छ: “म . . . अटाउने ठाउँ पनि नहुने सम्मको आशिष्‌ तिमीहरूमाथि वर्षाउँछु।”—मला. ३:१०.

२५ त्यसैले हामी सोध्छौं, “अग्रगामी सेवा—तपाईंको लागि?” यदि तपाईं “हो” भन्‍न सक्नुहुन्छ भने नियमित अग्रगामी चाँडै थाल्न मिति तोक्नुहोस्‌ र यहोवाले तपाईंलाई आनन्दित जीवनको आशिष्‌ दिनुहुनेछ भनेर आश्‍वस्त हुनुहोस्‌!

[पृष्ठ ६-मा भएको तालिका]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मेरो साप्ताहिक अग्रगामी सेवा तालिका

सोमबार: बिहान क्षेत्र सेवकाई

मंगलबार: बिहान क्षेत्र सेवकाई

बुधबार: बिहान क्षेत्र सेवकाई

बिहीबार: बिहान क्षेत्र सेवकाई

शुक्रबार: बिहान क्षेत्र सेवकाई

शनिबार: बिहान क्षेत्र सेवकाई

आइतबार: बिहान क्षेत्र सेवकाई

सोमबार: अपराह्न क्षेत्र सेवकाई

मंगलबार: अपराह्न क्षेत्र सेवकाई

बुधबार: अपराह्न क्षेत्र सेवकाई

बिहीबार: अपराह्न क्षेत्र सेवकाई

शुक्रबार: अपराह्न क्षेत्र सेवकाई

शनिबार: अपराह्न क्षेत्र सेवकाई

आइतबार: अपराह्न क्षेत्र सेवकाई

सोमबार: साँझ क्षेत्र सेवकाई

मंगलबार: साँझ क्षेत्र सेवकाई

बुधबार: साँझ क्षेत्र सेवकाई

बिहीबार: साँझ क्षेत्र सेवकाई

शुक्रबार: साँझ क्षेत्र सेवकाई

शनिबार: साँझ क्षेत्र सेवकाई

आइतबार: साँझ क्षेत्र सेवकाई

हप्ताको प्रत्येक दिनको रेकर्ड लेख्न पेन्सिल प्रयोग गर्नुहोस्‌। क्षेत्र सेवकाईमा

प्रत्येक हप्ता बिताएको कुल लगभग २३ घण्टा तालिकामा भर्नुहोस्‌।

तालिकामा भरिएको साप्ताहिक कुल घण्टा __________________

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने