प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 जुलाई पृ. ७
  • बीस हजार!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बीस हजार!
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • के अगस्त उत्कृष्ट महिना साबित हुनेछ?
    हाम्रो राज्य सेवकाई—१९९८
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९३
  • अगस्त महिनालाई अविस्मरणीय बनाऔं!
    हाम्रो राज्य सेवा—२०१४
  • के हामी सन्‌ २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउनसक्छौं?
    हाम्रो राज्य सेवकाई—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 जुलाई पृ. ७

बीस हजार!

भारतमा यो सेवा वर्षको अन्तसम्म रिपोर्ट दिने प्रकाशहरूको संख्या त्यति पुगेको हामी हेर्न चाहन्छौं। के यो सम्भव छ? अवश्‍य! भारतमा अगस्त १९९७ को अन्तमा मण्डलीहरूमा गरिएको गणनाले देखाएअनुसार कुल प्रकाशकहरू १८,७८१ जना थिए। तथापि, त्यस महिनासम्मको सबैभन्दा नयाँ शिखर १७,५३४ थियो। यसको अर्थ, गत सेवा वर्षको दौडान कुनै महिनामा १,२४७ जना अनियमित प्रकाशकहरू थिए! क्षेत्रीय निरीक्षकको रिपोर्टअनुसार, धेरैजसो मण्डलीहरूमा अनियमित प्रकाशकहरूको संख्या थोरै मात्र छ। प्रत्येक प्रकाशकले वर्षा यामको दौडान सेवकाईमा भाग लिन सुनिश्‍चित प्रबन्धहरू मिलाएमा र त्यस क्रियाकलापको रिपोर्ट तुरुन्तै बुझाएमा २०,००० पुऱ्‍याउने लक्ष्यमा अवश्‍य पुग्न सकिन्छ। त्यस महिनाको सुरु सुरुतिरै प्रचारकार्यमा समय बिताउने चाँजो मिलायौं भने साक्षीकार्यमा हामीले केही न केही योगदान पुऱ्‍याउनेछौं। पुस्तक अध्ययन सञ्चालकहरूले समूहका अनियमित प्रकाशकहरूलाई मदत दिन हर प्रयास गर्नुपर्छ। विगत महिनाहरूमा तपाईं अनियमित प्रकाशक हुनुभएको थियो भने पुस्तक अध्ययन संचालकको मदत लिन हामी तपाईंलाई प्रोत्साहित गर्छौं, तिनले खुसीसाथ तपाईंलाई साक्षीकार्यको लागि साथी मिलाइदिनेछन्‌। एकजूट भई प्रयास गऱ्‍यौं भने भारतमा अघि कहिल्यै नभएको प्रकाशकहरूको सबैभन्दा नयाँ शिखर २०,००० नाघेको देख्न पाउनेछौं। यहोवाको कत्ति धेरै प्रशंसा हुनेछ!—भज. ४७:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने