के तपाईं पत्रिकाहरू पढ्नुहुन्छ?
१ अफ्रिकामा कार्यरत एक मिसनरी दम्पतीले हाम्रा पत्रिकाहरूबारे यसो भन्यो: “प्रहरीधरहरा-ले हामीलाई आफ्नो इलाकामा आध्यात्मिक तवरमा सजग रहन मदत गर्छ। हामी प्रत्येक अंकबाट प्रोत्साहन र बल पाउँछौं।” के तपाईं पनि हाम्रो पत्रिकाको त्यतिकै मूल्यांकन गर्नुहुन्छ? अनि के तपाईंलाई पनि ती पत्रिकाहरू पढूँ पढूँ लाग्छ?
२ केही मिनेटभित्र पढ्न सकिने लेखहरू तयार पार्न निकै समय लाग्छ। यो थाह पाएर पनि के तपाईं लेख तथा चित्रहरू सरसरती हेर्ने वा कहिलेकाहीं आफूलाई मन पर्ने खालका लेखहरू मात्र पढ्ने गर्नुहुन्छ? त्यो भन्दा बढी गर्नु नै बुद्धिमानी साबित हुनेछ। हामीले पत्रिकाको हरेक अंकका लेखहरू समय लगाएर पढ्नुपर्छ अनि विश्लेषण गर्नुपर्छ। समयअनुसार आध्यात्मिक भोजन पस्कने हाम्रो प्रमुख पत्रिका प्रहरीधरहरा हो। ब्यूँझनुहोस्!-मा विविध विषयहरूबारे चाखलाग्दा तथा जानकारीमूलक लेखहरू हुन्छन्। यी पत्रिकाहरू पढ्दा हामी आध्यात्मिक तवरमा बलियो हुने मात्र होइन, सेवकाईमा अझ प्रभावशाली हुनसक्छौं। हामी जति उत्सुक भएर पत्रिका पढ्छौं मानिसहरूलाई पत्रिका टक्राउन पनि उत्ति नै उत्सुक हुनेछौं।
३ कसरी पढ्ने बानी सुधार्ने: पत्रिका पढ्ने बानी बसाल्न तपाईंले केही उन्नति गर्न सक्नुहुन्छ कि? थुप्रैका लागि लाभकारी हुने निम्न दुई सल्लाहहरू छन्। (१) नियमित तवरमा पढ्ने तालिका बनाउनुहोस्। प्रत्येक दिन १० वा १५ मिनेट मात्र पढ्नको निम्ति छुट्याउँदा पनि हप्ताभरिमा तपाईंले यत्ति धेरै पढ्न सक्नुहुनेछ कि थाह पाएर छक्कै पर्नुहुनेछ। (२) पढिसकिएको ठाउँसम्म चिह्न राख्ने गर्नुहोस्। सायद तपाईंले पढ्न सिध्याउनुभएको लेखमा रुजू चिह्न लगाउन सक्नुहुन्छ। यस्तो चिह्न नलगाउँदा कुनै लेख वा पूरा पत्रिका नै पढ्न छुट्याउन सक्नुहुन्छ। आफूलाई मिल्दो तालिका बनाउनुका साथै त्यसअनुसार गर्नु महत्त्वपूर्ण छ।—फिलिप्पी ३:१६ तुलना गर्नुहोस्।
४ “विश्वासी र बुद्धिमान दास[ले]” मानिसहरूले सामना गर्नुपर्ने समस्याहरूबारे छलफल गरिएका लेखहरू बुद्धिमानीपूर्वक बद्लिंदो समयअनुसार प्रकाशित गरेका छन्। (मत्ती २४:४५) पत्रिकाहरूले हाम्रो जीवनलाई साँच्चै प्रभावित गरेको छ। हाम्रो आध्यात्मिक उन्नति हाम्रो ईश्वरतान्त्रिक प्रकाशनहरू पढ्ने बानीमा धेरै हदसम्म निर्भर हुन्छ। सबै पत्रिकाहरू पढ्न समय निकाल्ने व्यक्तिहरूले प्रचुर आध्यात्मिक आशिष्को आशा गर्नसक्छन्।