प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 नोभेम्बर p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • निष्क्रिय भएकाहरूलाई नबिर्सनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२०००
  • “मकहाँ फर्क”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 नोभेम्बर p. ७

प्रश्‍न पेटी

▪ मण्डली सेवा समितिको सदस्यको निर्देशनअनुसार निष्क्रिय भाइ वा बहिनीसित गृह बाइबल अध्ययन गर्नु के अझै पनि उपयुक्‍त छ?

कुनै पनि निष्क्रिय सदस्यलगायत मण्डलीको गोठालो गर्ने कार्य प्राचीनहरूको हो। त्यस्ताहरूलाई तिनीहरू भेट्‌न जान्छन्‌ र कस्तो व्यक्‍तिगत मदत खाँचो परेको छ निधो गर्छन्‌। उपयुक्‍त भएमा निष्क्रिय भएकाहरूलाई व्यक्‍तिगत बाइबल अध्ययन गर्ने सुझाउ दिनु पनि समावेश छ। क-कसको निम्ति यस्तो प्रबन्ध मिलाउनुपर्ने हो भनी मण्डली सेवा समितिले निर्णय गर्नेछ भनेर हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अंग्रेजी), पृष्ठ १०३ ले बताउँछ।

कसले मदत दिंदा बेस हुन्छ, कुन विषयमा अध्ययन गर्ने र कुन प्रकाशन सबैभन्दा मदतकारी हुन्छ भनी सेवा निरीक्षकले निर्णय गर्छन्‌। सायद त्यस व्यक्‍तिसित सुरुमा अध्ययन गर्ने व्यक्‍ति वा तिनले राम्ररी चिन्‍नुका साथै आदर गर्ने व्यक्‍तिले मदत गर्नु बेस होला। योग्य र पाको बहिनीले निष्क्रिय बहिनीलाई मदत गर्नसक्छिन्‌। साधारणतया यस्तो अध्ययनमा अर्को प्रकाशक जानु आवश्‍यक हुनेछैन। यस्तो जिम्मेवारी पाउने प्रकाशकले समय, पुनःभेट र अध्ययनको रिपोर्ट दिनसक्छन्‌।—नोभेम्बर १९८७, हाम्रो राज्य सेवकाई (अंग्रेजी) पृष्ठ १-२ हेर्नुहोस्‌।

विद्यार्थी बप्तिस्माप्राप्त व्यक्‍ति भएकोले लामो समयसम्म अध्ययन गरिरहनु आवश्‍यक छैन। हाम्रो लक्ष्य निष्क्रिय व्यक्‍तिलाई मण्डलीका सभाहरूमा पुनः उपस्थित हुने तथा सुसमाचारका नियमित प्रकाशक हुने मदत दिनु हो। त्यस्तो अध्ययनहरूद्वारा के कस्तो प्रगति भइरहेको छ भनी सेवा निरीक्षकले हेर्नेछन्‌। यस मायालु प्रबन्धको लक्ष्य निष्क्रिय भाइबहिनीहरूलाई यहोवासमक्ष आफ्नो भार उठाउनसक्नुका साथै सत्यमा “जरा हालेका र जग बसालिएका” बनाउनु हो।—एफि. ३:१८; गला. ६:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने