प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 नोभेम्बर p. ३
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • निष्क्रिय भएकाहरूलाई नबिर्सनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९८
  • “मकहाँ फर्क”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 नोभेम्बर p. ३

प्रश्‍न पेटी

▪ लामो समयदेखि निष्क्रिय रहेको व्यक्‍तिलाई पुनः सुसमाचार प्रकाशकको रूपमा योग्य हुन कसरी मदत गर्न सकिन्छ?

निष्क्रिय व्यक्‍तिले यहोवाको सेवा गर्ने हार्दिक चासो देखाउनु भनेको आनन्दित हुने कारण हो। (लूका १५:४-६) यी व्यक्‍तिहरूले जीवनमा आउने दबाउ अनि विरोधहरूले गर्दा व्यक्‍तिगत अध्ययन, सभाहरू धाउन र क्षेत्र सेवकाईमा भाग लिन नसकिरहेका हुनसक्छन्‌। यिनीहरूको आध्यात्मिक प्रगतिको लागि कसरी अत्युत्तम ढंगमा व्यक्‍तिगत मदत दिन सकिन्छ?

यस्ता व्यक्‍तिहरूलाई हाम्रो निष्कपट मसीही प्रेमद्वारा ढाडस दिन हामी सबैले अग्रसरता देखाउनुपर्छ। उसका आध्यात्मिक आवश्‍यकताहरू बुझ्न प्राचीनहरूले यथाशीघ्र कदम चाल्नुपर्छ। (याकू. ५:१४, १५) यदि कुनै व्यक्‍ति भर्खरै निष्क्रिय भएको हो भने, त्यस व्यक्‍तिलाई क्षेत्र सेवकाईमा पुनः सक्रिय बनाउन अनुभवी प्रकाशकहरूको मदत यथेष्ट हुनसक्छ। यद्यपि, यदि निष्क्रिय व्यक्‍ति धेरै लामो समयदेखि मण्डलीको संगतिदेखि अलग बसेको छ भने, उसलाई अझ धेरै मदतको आवश्‍यकता पर्नसक्छ। यी व्यक्‍तिहरूको विश्‍वास अनि मूल्यांकन बढाउन कुनै उपयुक्‍त प्रकाशनबाट व्यक्‍तिगत बाइबल अध्ययन थाल्ने सल्लाह दिन सकिन्छ। यस्तो परिस्थितिमा सेवा निरीक्षकले उक्‍त व्यक्‍तिको बाइबल अध्ययन सञ्चालनको लागि कुनै योग्य प्रकाशक प्रबन्ध गर्नेछन्‌। (हिब्रू ५:१२-१४; नोभेम्बर १९९८ हाम्रो राज्य सेवकाई-को प्रश्‍न पेटी हेर्नुहोस्‌।) यदि कसैलाई यस्तो मदत चाहिएको छ भने आफ्नो मण्डलीको सेवा निरीक्षकसँग कुरा गर्नुहोस्‌।

लामो समयदेखि निष्क्रिय रहेको व्यक्‍तिलाई पुनः सेवकाईमा भाग लिन आमन्त्रित गर्नुअघि त्यस व्यक्‍ति राज्य प्रकाशक हुन योग्यको छ वा छैन भनी जान्‍न दुई जना प्रचीनहरूले भेट्‌नु असल हो। प्राचीनहरूले यस्ता व्यक्‍तिहरूलाई भेट्‌दा सुसमाचारको प्रकाशक बन्‍न इच्छुक नयाँ व्यक्‍तिसँग भेट्‌दा अपनाइने तरिकाहरूलाई नै पछ्याउने छन्‌। (प्रहरीधरहरा, नोभेम्बर १५, १९८८, पृष्ठ १७ हेर्नुहोस्‌।) यी निष्क्रिय व्यक्‍तिहरूमा अरूलाई सुसमाचार सुनाउने उत्कट इच्छा हुनुपर्छ। उसले आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ९८-९ मा दिइएका आधारभूत आवश्‍यकताहरू पूरा गर्नुका साथै ऊ सभाहरूमा नियमित तवरले उपस्थित हुनुपर्छ।

राम्रो आध्यात्मिक तालिकाले पुनः फर्कन चाहनेहरूलाई यहोवासित बलियो अनि मूल्यवान्‌ सम्बन्ध गाँस्न तथा अनन्त जीवनको मार्गमा हिडिरहन धेरै मदत गर्नेछ। (मत्ती ७:१४; हिब्रू १०:२३-२५) उनले गरेको उत्कट “प्रयत्न” र चिरकालीन मसीही गुणहरूको विकासले उनलाई फेरि “बेकम्मा र निष्फल” मसीही चेला बन्‍नदेखि रोक्नेछ।—२ पत्रु. १:५-८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने