अग्रगामीहरूले पुऱ्याउनुपर्ने घण्टामा काँटछाँट
१ मण्डलीका मिहेनती नियमित तथा सहायक अग्रगामीहरूको हामी सबै मूल्यांकन गर्छौं। सीमित इलाका भएका तथा नियमित तवरले दोहऱ्याइ तेहऱ्याइ काम गरिएका ठाउँहरूमा समेत अग्रगामीहरूले जोसिलो भई परमेश्वरको राज्य सेवा गरेर उदाहरण बसालेका छन्। तिनीहरूले “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[लाई]” खोजिरहन सबै प्रकाशकहरूलाई प्रोत्साहन दिएका छन्।—प्रेरि. १३:४८.
२ अग्रगामीहरूले सामना गरिरहेको पहाडसरी समस्याहरू सोसाइटीले बुझेको छ। त्यसमा पनि विशेषगरि व्यक्तिगत आवश्यकता पनि पूरा हुने र पूर्ण-समय सेवामा लागिरहनसक्ने खालको आंशिक जागिर खोज्ने समस्या छ। थुप्रै मुलुकहरूको विद्यमान् आर्थिक अवस्थाले गर्दा अन्य कतिपयलाई अग्रगामी गर्ने तीव्र चाहना हुँदाहुँदै पनि अग्रगामीको काम गर्न सकिरहेका छन्। गत केही महिनाहरूमा यी तथा अन्य कारणहरू विशेष ध्यानसहित विचार गरिए।
३ तसर्थ, उपरोक्त कुरालाई ध्यानमा राख्दै सोसाइटीले नियमित तथा सहायक दुवै अग्रगामीहरूले पुऱ्याउनुपर्ने घण्टामा कटौती गरेको छ। यही १९९९ सालदेखि नियमित अग्रगामीले हरेक महिना पुऱ्याउनुपर्ने घण्टा ७० हुनेछ अथवा वर्षभरि जम्मा ८४० हुनेछ। सहायक अग्रागामीले महिनामा पुऱ्याउनुपर्ने घण्टा ५० हुनेछ। विशेष अग्रगामी र मिशनरीहरूले पुऱ्याउनुपर्ने घण्टामा कुनै परिवर्तन गरिएको छैन किनकि तिनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने प्रबन्ध सोसाइटीले नै मिलाएको छ। त्यसकारण, तिनीहरू प्रचारकार्य र चेला बनाउने कार्यमा आफ्नो सम्पूर्ण ध्यान लगाउनसक्छन्।
४ यो पुऱ्याउनुपर्ने घण्टामा गरिएको काँटछाँटले थुप्रै अग्रगामीहरूलाई सेवा गर्ने यस बहूमुल्य विशेषाधिकार पक्रिरहन मदत गर्नेछ भन्ने आशा गरिएको छ। यसले अरू थुप्रै प्रकाशकहरूलाई नियमित तथा सहायक अग्रगामीको काम गर्ने बाटो खोल्नुपर्ने हो। मण्डलीमा भएका सबैका लागि कत्रो आशिष्!