अग्रगामीहरुलाई समर्थन कसरी देखाउँन सकिन्छ
१ परमेश्वरका जन तिनीहरुले सेवकाइमा देखाएका जोशीला सहभागीताको लागि प्रचलित छन्। हुनः त अग्रगामी कामगर्न सबैका परिस्थितिले दिंदैन, तैपनि हामीले गर्ने जुनसुकै काममा हामीहरु पूरो–प्राणका भएको हुनाले, अग्रगामीको स्वभावलाई विकासगर्न हामीले भरमग्दुर प्रयत्न गर्नुपर्छ। अग्रगामी सेवामा प्रवेश हुन सक्ने यत्तिका सँग हामी रमाउँछौं र तिनीहरुलाई प्रोत्साहन दिन्छौं।
२ अग्रगामी हुन अनि रहि रहनु एउटा ठूलो अभिभारा हो। अग्रगामीहरुले यो प्रचारगर्ने अनि सिकाउँने कामको बडी भागलाई वहन गर्छन। यसलाई धेरै प्रयत्न अनि बलिदान विना सम्पन्नगर्न सकिन्दैन। यी जोशीला पूरो-समय दासहरुलाई सहयोग अनि प्रोत्साहन अरुहरुले कसरी दिन सक्छन्?
३ के गर्नु सकिन्छ: अग्रगामीहरुलाई प्राचीनहरुको समर्थन चाहिंन्छ। जब अग्रगामीहरु सँग प्राचीनहरु कामगर्छन तब धेरै प्रोत्साहन पाइन्छ। धेरैजना प्राचीनहरु मण्डलीमा भएका प्रत्येक अग्रगामीसँग वर्षमा एकैपटक भएपनि कामगर्ने प्रयत्न गर्छन्। यसप्रकार अग्रगामीहरुले गरिरहेका कार्यको लागि प्राचीनहरुले प्रोत्साहन दिन सक्छन् र अरु उन्नतिगर्न मदत दिन्छन्। प्राचीनहरु उपलब्ध हुने समयमा सेवामा उपस्थित हुन अग्रगामीहरुलाई आफ्नो तालिकामा छाँटकाँट पनि ल्याउनुपर्छ होला। साथै, त्यो समूहको लागि पर्याप्त क्षेत्र उपलब्ध छछैन भनि प्राचीनहरु निश्चित गर्न चाहनेछन्। अग्रगामीहरुको तालिकालाई ठाउँ दिनको लागि क्षेत्र सेवाको निमित्त थप सभाहरुको व्यवस्था अपराह्ण वा साँझपख मिलाउन सकिन्छ। विशेषगरि धेरै सहायक अग्रगामी हुने महिनाहरुमा यो आवश्यक हुन जान्छ।—यशै० ४०:११.
४ अग्रगामीहरुलाई सहायता दिनका लागि तिनीहरुको सेवकाइमा समर्थनगर्न र मण्डलीको प्रबन्धहरुलाई परिश्रमपूर्वक हेरचाहगर्न सेवकाइ दासहरु असल अवस्थामा रहन्छन्। भाइहरुले क्षेत्र सेवाका समूहहरुको निमित्त व्यवस्था मिलाउँनुमा नेतृत्व गरेको अग्रगामी बहिनीहरुले मूल्याङ्कन गर्छन्। साहित्य अनि पत्रिकाहरुका कार्यभार सम्हाल्नेहरुले पर्याप्त आपूर्ति उपलब्ध छछैन भनेर निश्चितगर्न सक्छन्। यसता मामिलाहरुका हेरविचार भएमा अग्रगामीहरुलाई आफ्नो सेवकाइमा ध्यान केन्द्रितगर्न मदत मिल्नेछ।
५ सबैले मदतदिन सक्छन्: प्रकाशकहरुले पनि अग्रगामीहरु सँग काम गर्नका लागि आफूलाई वेला वेलामा उपलब्ध गराएर मदत दिन सक्छन्। अग्रगामीहरु अरु प्रकाशकहरुको संगती अनि समर्थन पाएर रमाउँछन्। सायद तपाईंले पनि सप्ताहमा एकपटक अन्यथा महिनामा दुइपटक अग्रगामीहरु सँग कामगर्ने प्रबन्ध मिलाउन सक्नु हुन्छ होला। भौतिक कुरोहरुलाई अग्रगामीहरु सँग बाँड्न सकिन्छ, र अग्रगामीहरुले यो उदारताको धेरै मूल्याङ्कन गर्छन।—फिलि० ४:१४-१९.
६ परिवारहरुले अग्रगामी कामगर्ने सदश्यहरुलाई सहायता दिनका निमित्त धेरै गर्न सक्छन्। प्रायः एक जना वा त्यसभन्दा बढी परिवार सदश्यहरुलाई अग्रगामी हुन दिनको लागि घर–धन्धाको पुनःरचना गर्न सकिन्छ। तीन जना छोरा–छोरीभएकी एउटी बहिनी सप्ताहमा दुइपटक काम गर्छिन्। छोरोहरुले किनमेल अनि घर वरिपरिका कार्य गरेर मदत दिन्छन्। तिनकी छोरीले सरसफाई अनि पकाउन मदत दिन्छिन्। स्नातकपश्चात, कुन दिन कामगर्ने सो आमासँग पालो मिलाएर, तिनी पनि अग्रगामी कामगर्न थालेकि छिन्। परिवारभित्र यस प्रकारको सहयोगले अरु धेरैलाई अग्रगामी कामगर्न सामर्थ्य दिन्छ र परिवारमाथि आशिष् ल्याउँछ।
७ परिश्रमी अग्रगामीहरु धेरै काइदावाट मण्डलीको निमित्त आशिष् प्रमाणित हुन्छन्। तिनीहरुका जोश अनि उदाहरणले अरु धेरैलाई सेवामा अरु बढ्ता गर्ने प्रोत्साहन दिन्छ। निश्चयनै, तिनीहरुलाई समर्थनगर्न हामीले जेजत्ति गर्न सक्छौं त्यो गर्न हामीलाई चाहना हुनैपर्छ। यस्ता संयुक्त प्रयासले सबैलाई आनन्द दिनेछ र यसको परिणामस्वरुप यहोवाको प्रशंसा हुने छ।