प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अप्रिल पृ. १
  • उत्सुकतासाथ सुसमाचार प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्सुकतासाथ सुसमाचार प्रचार गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • प्रचार गर्नुहोस्‌ र विस्तृत साक्षी दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००३
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • के हामी सन्‌ २००० अप्रिललाई आफ्नो सर्वोत्तम महिना बनाउनसक्छौं?
    हाम्रो राज्य सेवकाई—२०००
  • उत्सुकतासाथ सुसमाचार घोषणा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 अप्रिल पृ. १

उत्सुकतासाथ सुसमाचार प्रचार गर्नुहोस्‌

१ “म तिमीहरूलाई भेट्‌न उत्कट इच्छा गर्दछु। . . . यसैले सकेसम्म तिमी[हरूलाई] . . . पनि सुसमाचार प्रचार गर्न म उत्सुक छु।” प्रेरित पावलले रोमका भाइहरूलाई पत्र लेख्दा आफ्ना कुराहरू यसरी सुरु गरे। पावल किन तिनीहरूलाई भेट्‌न उत्सुक थिए? तिनले यसो भने: “म तिमीहरूका र बाँकी अन्यजातिहरूका बीचमा पनि केही फल बटुल्न सकूँ भनेर . . . किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्येकका मुक्‍तिको निम्ति यो परमेश्‍वरको शक्‍ति हो।”—रोमी १:११-१६, नयाँ संशोधित संस्करण.

२ पावलले एफिससका प्राचीनहरूसित कुरा गर्दा पनि त्यस्तै उत्सुकता देखाए। तिनले उनीहरूलाई यसरी सम्झना दिलाए: “एसियामा पाइला टेकेको पहिलो दिनदेखिनै . . . घर-घरमा खुल्लमखुल्ला सिकाउन, यहूदीहरूलाई र ग्रीकहरूलाईसमेत . . . साक्षी दिनालाई म पछि हटिनँ।” (प्रेरि. २०:१८-२१) आफूले प्रचार गर्नुपर्ने सबै इलाकाहरूमा मुक्‍तिको सुसमाचार फैलाउन तथा राज्यको फल फलाउन पावल दत्तचित्तसाथ लागिरहे। कस्तो अनुकरणीय असल मनोभाव!

३ हामी आफूलाई यस्ता प्रश्‍नहरू सोध्नसक्छौं: ‘आफ्नो इलाकामा सुसमाचार घोषणा गर्न के म पनि त्यस्तै उत्सुकता देखाउँछु? के प्रचारकार्यलाई केवल कर्तव्यको रूपमा नलिई यथासम्भव धेरै मानिसहरूलाई सुसमाचार सुनाउन उत्सुक छु? के मैले आफ्नो व्यक्‍तिगत परिस्थितिहरूलाई प्रार्थनापूर्वक विचार गरेको छु? के मैले आफ्नो इलाकामा घर-घर, सडक तथा व्यापारी क्षेत्रमा प्रचार गर्नुका साथै टेलिफोनद्वारा तथा अनौपचारिक प्रचार गर्नेजस्ता सबै तरिकाहरू अपनाएर हेरेको छु?’

४ अप्रिल महिनामा उत्सुकतासाथ प्रचारकार्यमा भाग लिनुहोस्‌: प्रचारकार्यमा अझ बढी भाग लिनको निम्ति अप्रिल महिना उत्तम समय हो। अग्रगामीहरूले पुऱ्‍याउनुपर्ने घण्टा घटाइएको हुनाले अझ धेरैले सहायक अग्रगामी गर्न सक्नेछन्‌। सायद तपाईंले आफ्ना परिस्थितिहरू काँटछाँट गरेर अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्न सक्नुहुन्छ। अथवा पुऱ्‍याउनुपर्ने घण्टामा गरिएको काँटछाँटलाई विचार गरेर तपाईंले नियमित अग्रगामी गर्न सक्नुहुन्छ। तपाईं मण्डलीको प्रकाशक हुनुहुन्छ भने अग्रगामीहरूलाई सहयोग गर्दै के यो महिना र अर्को महिना सेवकाईमा सधैंभन्दा बढी समय बिताउन सक्नुहुन्छ? यसो गर्नुभयो भने यहोवाको हृदयलाई प्रसन्‍न तुल्याउनुहुनेछ!

५ राज्य प्रकाशकहरूले पावलले जस्तै प्रचारकार्यमा अझ बढी भाग लिन उत्सुकता देखाउनुपर्छ। सेवकाईमा आफूले सक्दो गर्दा साँचो आनन्द पाउनेछौं। पावलले पवित्र सेवाबाट त्यस्तो आनन्द अनुभव गरेका थिए। त्यसैकारण हामी तिनको उत्कृष्ट नमुनाको देखासिकी गर्ने हुनुपर्छ।—रोमी ११:१३; १ कोरि. ४:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने