प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 फेब्रुअरी pp. ३-४
  • प्रचार गर्नुहोस्‌ र विस्तृत साक्षी दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचार गर्नुहोस्‌ र विस्तृत साक्षी दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 फेब्रुअरी pp. ३-४

प्रचार गर्नुहोस्‌ र विस्तृत साक्षी दिनुहोस्‌

१ “एक नेता र सेनापति[को]” हैसियतमा येशूले आफ्ना चेलाहरूलाई उनीहरूले गर्नुपर्ने विशाल प्रचारकार्यको लागि तयार पार्नुभयो। (यशै. ५५:४; लूका १०:१-१२; प्रेरि. १:८) येशूले तिनीहरूलाई दिनुभएको कार्यभारबारे प्रेरित पत्रुसले यसप्रकार व्याख्या गरे: “उहाँले हामीलाई जनतामा प्रचार गर्न, र परमेश्‍वरले ठहराउनुभएका, जिउँदा र मरेकाहरूका न्यायकर्त्ता उहाँनै हुनुहुन्छ भन्‍ने सबूत दिनालाई आज्ञा गर्नुभएको छ।” (प्रेरि. १०:४२) विस्तृत साक्षी दिनुमा कुन कुरा समावेश छ?

२ प्रेरित पावलको उदाहरण विचार गरेर हामी धेरै कुरा सिक्न सक्छौं। एफिसस मण्डलीका बूढा प्रधानहरूलाई भेट्‌दा तिनले उनीहरूलाई यसो भनेर सम्झाए: “कसरी तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूलाई देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन, यहूदीहरूलाई र ग्रीकहरूलाईसमेत परमेश्‍वरतिरको पश्‍चातापको, र हाम्रा प्रभु येशू ख्रीष्टतिरको विश्‍वासको [ विस्तृत] साक्षी दिनालाई म पछि हटिनँ।” परीक्षाहरू सामना गर्नुपरे तापनि पावलले धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन निकै मेहनत गरे। तिनले आफ्ना श्रोताहरूलाई आधारभूत सत्य मात्र सुनाएर चित्त बुझाएनन्‌ तर उनीहरूलाई “परमेश्‍वरको सबै सल्लाह” बताउने कोसिस गरे। यसको लागि तिनी उत्कट प्रयत्न र त्यागहरू गर्न इच्छुक थिए। तिनले अझै यसो भने: “म आफ्नो जिन्दगीलाई कुनै मूल्यको वा प्रिय सम्झदिनँ। परमेश्‍वरको अनुग्रहको सुसमाचारको [ विस्तृत] साक्षी दिनालाई, म मेरो दौड र प्रभु येशूबाट मिलेको सेवा मात्र पूरा गर्नमाग्छु।”—प्रेरि. २०:२०, २१, २४, २७.

३ आज हामी कसरी पावलको उदाहरण अनुकरण गर्न सक्छौं? (१ कोरि. ११:१) अप्ठ्यारा परिस्थितिहरूको बावजुद योग्य व्यक्‍तिहरूलाई खोजेर, सबै पृष्ठभूमि तथा भाषाका मानिसहरूलाई सुसमाचार सुनाउने कोसिस गरेर अनि हामीले भेट्‌ने इच्छुक व्यक्‍तिहरूप्रति लगनशील भई चासो खेती गरेर। (मत्ती १०:१२, १३) यसको लागि समय, प्रयास र मानिसहरूप्रति प्रेम हुनु खाँचो छ।

४ के तपाईं सहायक अग्रगामीको रूपमा सेवा गर्न सक्नुहुन्छ? सहायक अग्रगामी गरेर विस्तृत साक्षी दिन मार्च र अप्रिल महिना तपाईंको लागि उत्तम मौका हुन सक्छ। गत वर्ष धेरैले सहायक अग्रगामी गर्न विशेष प्रयत्न गरेको देख्न पाउनु कत्ति प्रोत्साहनजनक कुरा थियो!

५ स्वास्थ्य समस्याले ग्रस्त एउटी ८० वर्षीया बहिनी यहोवाको संगठनमार्फत दिइएको प्रोत्साहनले गर्दा जुर्मुराइन्‌। तिनले यस्तो लेखिन्‌: “यसले धेरै समयदेखि मेरो हृदयमा कुण्ठित जोसलाई जगायो र यसले मलाई अझ एक चोटि सहायक अग्रगामीको रूपमा सेवा गर्न जुर्मुरायो।” तिनले मार्च महिनामा यसो गर्ने विचार गरिन्‌। तिनले यसो भनिन्‌: “सबैभन्दा पहिला त मैले खर्च हिसाब गरें। यस विषयमा मैले मेरी छोरीसित कुरा गरें किनभने मलाई तिनको मदत आवश्‍यक पर्ने थियो। तिनले पनि सहायक अग्रगामी गर्नको लागि आवेदन फाराम लिएको देख्दा म त छक्कै परें।” उक्‍त महिनाको दौडान यस वृद्ध बहिनीले सेवकाईमा ५२ घण्टा बिताइन्‌। आफ्नो बल घट्‌दै गएको महसुस हुँदा मैले आफ्नो बल पुनः जागृत गरिदिनुहोस्‌ भनी यहोवालाई धेरै चोटि प्रार्थना गरें। महिनाको अन्तमा म औधी खुसी तथा सन्तुष्ट भएँ। अनि मलाई मदत गर्नुभएकोमा यहोवालाई धेरै चोटि धन्यवाद दिएकी छु। म फेरि-फेरि पनि सहायक अग्रगामीको काम गर्न चाहन्छु।” गम्भीर स्वास्थ्य समस्याहरूको बावजुद साँच्चै सहायक अग्रगामी गर्न चाहनेहरूलाई तिनको सुखद्‌ अनुभवले प्रोत्साहन दिन सक्छ।

६ अचानक कामबाट बर्खास्त गरिएका एक जना भाइले यस मौकाको फाइदा उठाएर सहायक अग्रगामी गरे। महिना बित्दै जाँदा तिनी प्रचारकार्यमा झनै जोसिला भए र महिनाको अन्ततिर त तिनले नयाँ बाइबल अध्ययन पनि सुरु गरिसकेका थिए। त्यस अनुभवलाई सम्झँदै तिनले यसो भने: “ओहो, कस्तो इनामदायी महिना!” यहोवाको डोऱ्‍याइ तथा मदत पाएकोमा तिनी दंग थिए! हो, ती भाइले सेवकाईमा थप प्रयत्न गरेको कारण यहोवाले तिनीमाथि प्रचुर आशिष्‌ वर्षाउनुभयो र तपाईंको सन्दर्भमा पनि उहाँले त्यस्तै गर्नुहुनेछ।—मला. ३:१०.

७ धेरैको लागि सहायक अग्रगामी गर्नु त्यति सजिलो छैन। यद्यपि, सांसारिक तथा पारिवारिक जिम्मेवारीहरू लगायत व्यक्‍तिगत चुनौतीहरूको बावजुद धेरै भाइबहिनीहरूले अग्रगामी गर्न सकेका छन्‌। विस्तृत साक्षी दिन हामीले आफ्नो अमूल्य समय तथा शक्‍ति त्याग गर्नुपर्ने हुन्छ तर त्यसो गर्दा मिल्ने आशिष्‌ अतुलनीय हुन्छ।—हितो. १०:२२.

८ मार्च र अप्रिल महिना सहायक अग्रगामी गर्ने उत्तम समय हुन्‌। मार्च महिनामा पाँचवटा सप्ताहन्त छन्‌। यसको फाइदा उठाउँदै र साँझको समयलाई सदुपयोग गरेर पूर्ण-समय जागिर खानेहरूले समेत सहायक अग्रगामी गर्न सक्छन्‌। यसबाहेक, अप्रिल महिनामा हुने बिदाहरूबाट पनि तपाईंले लाभ उठाउन सक्नुहुनेछ। कसै-कसैले स्कूल तथा सरकारी जागिरबाट बिदा पाउन सक्छन्‌, जसले उनीहरूलाई ५० घण्टा पूरा गर्न मदत दिन सक्छ। मार्च र अप्रिल महिनाको दौडान सेवकाईमा ५० घण्टा बिताउने तालिका बनाउन, के तपाईं यसै लेखमा दिइएको सहायक अग्रगामी तालिकाको नमुना प्रयोग गर्न सक्नुहुन्छ? आफ्नो तालिकाबारे अरूसित छलफल गर्नुहोस्‌; कोही-कोही तपाईंसित सेवकाईमा भाग लिन पक्कै प्रोत्साहित हुनेछन्‌। सहायक अग्रगामी गर्न सक्नुहुन्‍न भने, यी महिनाहरूको लागि निश्‍चित लक्ष्य बनाउनुहोस्‌ र अग्रगामी गरिरहेकाहरूलाई सहयोग गर्नुहोस्‌। मार्च र अप्रिल महिनामा धेरैभन्दा धेरै प्रचार गर्न अहिल्यै योजना बनाउनुहोस्‌।

९ स्मरणार्थको लागि मूल्यांकन देखाउनुहोस्‌: प्रत्येक वर्ष स्मरणार्थको समयमा छुडौतीको बलिदानप्रतिको कृतज्ञताले हजारौंलाई ‘समयको अवसर विचार गर्दै’ सहायक अग्रगामी गर्न झक्झकाएको छ। (एफि. ५:१५, १६) भारतमा, गत वर्षको मार्च महिनामा सहायक अग्रगामी गर्नेहरूको संख्या २,५०९ थियो भने, अप्रिलमा १,३४९ थियो। यसले यी दुवै महिना सहायक अग्रगामी गर्नेहरूको औसत संख्या १,९२९ थियो भनी देखाउँछ। यस संख्यालाई उक्‍त सेवा वर्षका अन्य महिनामा सहायक अग्रगामी गर्नेहरूको औसत संख्या ६५७ सित तुलना गरेर हेर्नुहोस्‌ त। यो स्मरणार्थ समय, क्षेत्र सेवकाईमा हाम्रो गतिविधि बढाएर येशूको छुडौतीको बलिदानको लागि निष्कपट मूल्यांकन देखाउने अर्को उत्कृष्ट सुअवसर हो।

१० अप्रिल १६ नजिकिंदै जाँदा, स्मरणार्थले तपाईंको लागि के अर्थ राख्छ यसो चिन्तन गर्नुहोस्‌। येशूको मृत्यु हुनुअघि घटेका घटनाहरू र उहाँको मन तथा हृदयलाई औधी विचलित तुल्याएका कुराहरूलाई विचार गर्नुहोस्‌। येशूको सामु राखिएको आनन्द र त्यसले कसरी उहाँलाई यस्ता दुर्व्यवहारहरू सहन मदत गऱ्‍यो, त्यसबारे पनि मनन गर्नुहोस्‌। मण्डलीको शिरको हैसियतमा अहिले उहाँले प्रचार तथा चेला बनाउने कामको निरीक्षण गरिरहनुभएको छ भन्‍ने कुरामाथि पनि विचार गर्नुहोस्‌। (१ कोरि. ११:३; हिब्रू १२:२; प्रका. १४:१४-१६) तपाईंको परिस्थितिले दिउन्जेल प्रचारकार्यमा पूरापूर भाग लिएर ख्रीष्टले जे-जति गर्नुभएको छ ती सबैको लागि कृतज्ञता जाहेर गर्नुहोस्‌।

११ विस्तृत साक्षी दिन अरूलाई प्रोत्साहन दिनुहोस्‌: प्राचीन तथा सेवकाई सेवकहरूले सहायक अग्रगामी गर्दा अरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिने राम्रो मौका पाउँछन्‌। क्षेत्र सेवकाईमा प्रकाशकहरूसित काम गर्नुका साथै गोठालो भेट गर्दा, उनीहरूले अरूलाई यस विशेष कार्यमा पूर्णतया भाग लिन मदत गर्ने राम्रो सुअवसर पाउँछन्‌। आउनुहोस्‌, हामी सबैले यस कुरालाई प्रार्थनामा राखौं किनभने यसो गरेको खण्डमा हामीले विस्तृत साक्षी दिने हाम्रो संयुक्‍त प्रयासलाई सबल बनाइरहेका हुन्छौं।

१२ मार्च र अप्रिल महिनामा सबै प्राचीन तथा सेवकाई सेवकहरूले गतिविधि विस्तार गर्न मण्डलीका प्रबन्धहरूमा सहयोग गर्नेछन्‌। तर प्रचारकार्यको उचित प्रबन्ध मिलाउने सन्दर्भमा विशेष गरी सेवा निरीक्षक सजग रहनुपर्छ। तिनले धेरैजसो प्रकाशकहरूलाई सजिलो पर्ने क्षेत्र सेवकाईको लागि भेला हुने ठाउँ, दिन र समय मिलाउनुपर्छ अनि यसबारे नियमित रूपमा घोषणा गर्न लगाउनुपर्छ। दिनको विभिन्‍न समयमा भेला हुने प्रबन्ध मिलाउन सकिन्छ किनभने यसो गर्दा मण्डलीका सबैले साक्षी कार्यका विभिन्‍न पक्षमा भाग लिने मौका पाउन सक्छन्‌। यसमा व्यापारिक इलाकामा काम गर्नु, सडक साक्षी, घरघरको प्रचारकार्य, पुनःभेट र टेलिफोन साक्षी समावेश छन्‌। यसको अलावा, यी महिनाहरूको दौडान तिनले प्रशस्त मात्रामा साहित्य, पत्रिका तथा क्षेत्र उपलब्ध गराउने प्रबन्ध मिलाउनुपर्छ।

१३ मार्च महिनामा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राख्दै ज्ञान पुस्तक प्रस्तुत गरिनेछ। जनवरी २००२ हाम्रो राज्य सेवकाई-को परिशिष्टमा ज्ञान पुस्तक प्रस्तुत गर्ने उत्तम सुझावहरू दिइएको थियो। अप्रिल महिनामा चाहिं प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरू प्रस्तुत गरिनेछन्‌। “पत्रिकाहरूबारे के भन्‍ने” पेटीअन्तर्गत दिइएका सुझावित प्रस्तुतिहरूको सदुपयोग गर्ने कोसिस गर्नुहोस्‌। विस्तृत साक्षी दिनको लागि राम्ररी तयार गर्न सबैले समय निकाल्नुपर्छ।

१४ मण्डलीका शिर, ख्रीष्ट येशूको निर्देशनमा काम गर्न पाउनु र अरूलाई सुसमाचार सुनाउने सुअवसर पाएकोमा हामी औधी खुसी छौं! जसै मार्च र अप्रिल महिना नजिकिंदै जान्छ; आउनुहोस्‌, हामी फेरि पनि त्यसलाई उत्कृष्ट महिना बनाउने उत्कट प्रयास गरौं किनकि हामी प्रचार गर्ने र विस्तृत साक्षी दिने ख्रीष्टको आज्ञा पालन गर्छौं।

[पृष्ठ ४-मा भएको पेटी]

मार्च र अप्रिल २००३ मा सहायक अग्रगामी गर्ने विभिन्‍न तरिकाहरू

दिन घण्टा

सोमबार १ २ — — २ —

मंगलबार १ — ३ — — —

बुधबार १ २ — ५ — —

बिहीबार १ — ३ — — —

शुक्रबार १ २ — — — —

शनिबार ५ ४ ३ ५ ६ ७

आइतबार २ २ ३ २ २ ३

मार्च ५६ ५६ ५४ ५५ ५० ५०

अप्रिल ५० ५० ५१ ५३ — —

के यीमध्ये कुनै तालिका तपाईंको लागि उपयुक्‍त छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने