प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अप्रिल pp. ५-६
  • राज्यभवन निर्माण कार्यक्रम अघि बढ्‌छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यभवन निर्माण कार्यक्रम अघि बढ्‌छ
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • पूर्वी युरोपमा साँचो उपासना फस्टाइरहेको छ
    हाम्रो राज्य सेवकाई—२०००
  • राज्यभवन निर्माण गर्नुपर्ने आवश्‍यकता सँगसँगै चल्ने
    हाम्रो राज्य सेवकाई—१९९७
  • यहोवाको आदर हुने निर्माणकार्य
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 अप्रिल pp. ५-६

राज्यभवन निर्माण कार्यक्रम अघि बढ्‌छ

१ सन्‌ १९८३ मा, संयुक्‍त राज्य अमेरिकामा सम्पन्‍न “राज्य एकता” जिल्ला अधिवेशनहरूमा संयुक्‍त राज्य अमेरिका तथा क्यानाडाभरि राज्यभवन निर्माण गर्न तथा स्वरूप परिवर्तन गर्न सहयोगको लागि एउटा विशेष कोषको स्थापना गरिनेछ भनेर घोषणा गरियो। यस्तो सानो सुरुवातको परिणामस्वरूप कस्ता आशिष्‌हरू प्राप्त हुनेछन्‌ भन्‍ने कुरा हामीलाई थाह थिएन। भजन ९२:४ मा एकदमै सही वर्णन गरिएको कुरा उनीहरूले अझ बढी अनुभव गर्न थाले, जहाँ यसो भनिएको छ: “किनकि हे परमप्रभु, तपाईंले आफ्नो कामद्वारा मलाई आनन्दित तुल्याउनुभएको छ, तपाईंका हातका काममानै म कराई कराईकन गाउनेछु।” पछि, अफ्रिका, एसिया, मध्य तथा दक्षिण अमेरिका अनि पूर्वी युरोपका आर्थिक मन्दी छाएका मुलुकहरूमा बसोबास गर्ने भाइहरूलाई मदत गर्न पनि उक्‍त कोषको प्रयोग गरियो।

२ हाल सम्पन्‍न भइरहेको कुरामा हामी सबै जना अत्यन्तै खुसी हुन सक्छौं। आज विश्‍वव्यापी रूपमा राज्यभवन निर्माण कार्यक्रम तीव्र गतिमा अघि बढिरहेको छ। तर भारतमा हामी कसरी यस गतिविधिमा भाग लिने सुअवसर पाउन सक्छौं? स्थानीय मण्डलीहरूको धेर-थोर आर्थिक अनुदानमा निर्भर हाम्रो आफ्नै देशमा भएको राज्यभवन निर्माण कार्यक्रमलाई सहयोग गरेर हामी यसो गर्न सक्छौं। यस्ता परियोजनाहरूमा थुप्रै भाइहरूले आफ्नो समय, योग्यता तथा सीप पनि खर्च गर्न सक्छन्‌। हामीले जतिसुकै दिए तापनि हाम्रो संयुक्‍त प्रयासमा यहोवाले दिनुभएको डोऱ्‍याइ, सहयोग र प्रचुर आशिष्‌को कारण नै सम्पूर्ण प्रबन्ध सफल हुन सकेको हो भन्‍ने कुरा हामीले बुझेका छौं।—भजन १२७:१.

३ देशभरिका राज्यभवनहरूमा एउटा बाकस राखिएको छ, जहाँ प्रकाशकहरूले राज्यभवन कोषका लागि अनुदान खसाल्छन्‌। यसबाहेक, थुप्रै मण्डलीहरूले आफ्नो मण्डलीको कोषबाट मासिक रूपमा अनुदान पठाउने सङ्‌कल्प गरेका छन्‌। उपयुक्‍त परियोजना भएको बेला आफूले जम्मा गरेको रकमबाट मात्र नभई हाल राज्यभवनको खाँचो नभएका अन्य मण्डलीहरूले जम्मा गरेको रकमबाट पनि लाभ उठाउन सकिनेछ भन्‍ने कुरामा ढुक्क हुँदै अरू मण्डलीहरूले चाहिं मुद्दती खातामा रकम जम्मा गर्नुको सट्टा जम्मा भएको रकम राज्यभवन कोषलाई पठाउने गरेका छन्‌।

४ यसको परिणाम अहिलेसम्म कस्तो भएको छ? गत वर्षको मार्च महिनामा प्रकाशकहरू यस प्रबन्धबारे पहिलो चोटि सजग भएदेखि दुईवटा नयाँ राज्यभवनको निर्माणकार्य पूरा गर्न पर्याप्त रकम जम्मा भइसकेको छ। कोषको मदतद्वारा उपयुक्‍त भवन बनाइसकेकाहरूले समेत आफूले जस्तै अन्य मण्डलीहरूले पनि लाभ उठाउन सकून्‌ भनेर नियमित रूपमा अझै पनि अनुदान पठाइरहेको देख्न पाउनु प्रोत्साहनजनक कुरा हो। हाल आफ्नो लागि आफै भवन बनाउन नसक्ने अवस्थामा भएकाहरूले मासिक रूपमा अनुदान पठाउन थालेका छन्‌। यी कोषहरू देशको कुनै पनि भागमा भवन बनाउन तुरुन्तै प्रयोग गर्न सकिन्छ र उपयुक्‍त समयमा आफ्नो परियोजनालाई आर्थिक रूपमा सहयोग गर्न यस्तो अनुदानबाट आफूले पनि लाभ उठाउन सकिनेछ भन्‍ने कुरा थाह भएकोमा उनीहरू आनन्दित छन्‌।

५ निर्माण गरिएका कुनै-कुनै राज्यभवनहरूको चित्रलाई हेर्दा, अन्य देशहरूमा सञ्चालित यस कार्यक्रममा यहोवाले दिनुभएको आशिष्‌को प्रमाण देख्न सकिन्छ। यस्तो निर्माणकार्यले ती देशहरूमा यहोवाका साक्षीहरूको काममा पारेको प्रभावलाई विचार गर्नुहोस्‌। यो कुरा तीनवटा खास क्षेत्रमा सत्य साबित भएको छ—हाम्रो विश्‍वव्यापी भ्रातृत्वको एकता, स्थानीय समुदायमा पारेको प्रभाव र मण्डलीका सभाहरूको उपस्थिति संख्यामा वृद्धि। यस परिशिष्टले अफिक्रामा निर्माण गरिएका राज्यभवनहरूबारे प्रकाश पारे तापनि आशा छ हाम्रो राज्य सेवकाई-को आगामी संस्करणहरूले भारतमै पनि राज्यभवन कार्यक्रम कसरी अघि बढिरहेको छ भन्‍ने कुरा प्रकाश पार्नेछ। के तपाईंको मण्डलीले यस कार्यक्रमबाट लाभ उठाउनेछ? यस कार्यक्रममा यथाशक्य भाग लिने तपाईंहरूको प्रयासमा यहोवाले आशिष्‌ दिऊन्‌।

[पृष्ठ ५-मा भएका चित्र]

बिम्बो, बाङ्‌गुई

[पृष्ठ ५-मा भएका चित्र]

मध्य अफ्रिकी गणतन्त्र

[पृष्ठ ५-मा भएका चित्र]

बिगुआ, बाङ्‌गुई

[पृष्ठ ६-मा भएका चित्र]

युकोङ्‌गा, तान्जानिया

[पृष्ठ ६-मा भएका चित्र]

सालाला, लाइबेरिया

[पृष्ठ ६-मा भएका चित्र]

पेमे, टोगो

[पृष्ठ ६-मा भएका चित्र]

सोकोडा, टोगो

[पृष्ठ ६-मा भएका चित्र]

कारोई, जिम्बावे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने