के तपाईं उद्देश्यसहित काम गर्दैहुनुहुन्छ?
१ यहोवा उद्देश्य भएको परमेश्वर हुनुहुन्छ। (यशै. ५५:१०, ११) हामीलाई उहाँको अनुकरण गर्न आग्रह गरिएको छ। (एफि. ५:१) हामीले यसो गरिरहेका छौं कि छैनौं, त्यो सेवकाई कसरी पूरा गर्छौं त्यसबाट प्रदर्शित हुन्छ। त्यसैले यो प्रश्न सोध्नु उपयुक्त छ: “के तपाईं उद्देश्यसहित काम गर्दै हुनुहुन्छ?”
२ तपाईंले गर्नुहुने ढोका-ढोकाको प्रचार, अनौपचारिक साक्षी तथा साहित्य वितरण सबै उद्देश्यपूर्ण सेवकाईका भाग हुन्। तर सम्झनुपर्ने कुरा के हो भने हाम्रो काममा प्रचार गर्नु मात्र होइन तर चेला बनाउने काम पनि सामेल छ। (मत्ती २८:१९, २०) राज्यसम्बन्धी सच्चाइको बीउ रोपिसकेपछि तिनीहरूलाई बढाउने काम यहोवाकै भए तापनि पानी हाल्न तथा नियमित रूपमा हेरविचार गर्न हामी फर्केर जानु आवश्यक छ। (१ कोरि. ३:६) पुनःभेट तथा बाइबल अध्ययन सुरु गर्ने सन्दर्भमा हामी होसियार हुनु आवश्यक छ।
३ आफ्नो सेवकाईलाई फैलाउनुहोस्: आफ्नो सेवकाईलाई नियाल्दा तपाईंलाई सधैं समाइलो लाग्नेछ अनि आफैलाई भन्न सक्नुहुनेछ: “मैले आफ्नो योजना पूरा गरें।” दोस्रो तिमोथी ४:५ मा उल्लेख गरिएअनुसार पावलले यस्तो आग्रह गरे: “तिम्रो सेवाको काम पूरा गर।” यसमा तपाईंले भेट्नुभएका सबै जिज्ञासुहरूसित पुनःभेट गर्ने आफ्नो प्रयासलाई फैलाउनु समावेश छ। तपाईंको साप्ताहिक सेवकाई तालिकामा पुनःभेट गर्ने एउटा निश्चित समय निर्धारण गर्नुहोस्। धार्मिक झुकाव भएकाहरूसित बाइबल अध्ययन थाल्ने उद्देश्य पूरा गर्न प्रयास जारी राख्नुहोस्। सेवकाईमा भाग लिंदा यसैलाई तपाईंको उद्देश्य बनाउनुपर्छ।
४ प्रकाशकहरूसित आफ्ना बाइबल विद्यार्थीहरूले सम्मेलनमा बप्तिस्मा लिंदा कस्तो महसुस गरे भनी सोध्नुहोस्। बप्तिस्मा लिनेलाई जति नै खुसी तिनीहरूलाई लागेको हुनुपर्छ। तिनीहरूले महान् उद्देश्य पूरा गरे। चेला बनाउन सफल एक व्यक्ति यस्तो भावना व्यक्त गर्छन्: “चेला बनाउनुको अर्थ यहोवाका प्रशंसकहरू झन् धेरै बढाउनु हो। सच्चाइ स्वीकार्नेहरूका निम्ति यसको अर्थ जीवन पाउनु हो। अरूलाई सच्चाइ सिकाउन मलाई असाध्यै मन पर्छ। चेला बनाउने काम प्रशंसनीय छ! . . . अनि यहोवालाई प्रेम गर्न सिक्ने कतिपय विद्यार्थीहरू मेरा घनिष्ठ मित्रहरू भएका छन्।”
५ कसैलाई परमेश्वरको समर्पित सेवक बन्न मदत गर्न सक्षम हुँदा कस्तो लाग्छ कल्पना गर्नुहोस् त! साँच्चै कस्तो आनन्दको श्रोत! सेवकाईमा उद्देश्यसहित काम गऱ्यौं भने मात्र त्यस्तो फल फलाउनसक्नेछौं।—कल. ४:१७.