प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 मार्च p. ८
  • मदत माग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मदत माग्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्‌?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • “तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 मार्च p. ८

मदत माग्नुहोस्‌

१ “डरलाग्दो समय आउनेछ” भन्‍ने प्रेरित शब्दले हाम्रो समयको सही वर्णन गर्छ। (२ तिमो. ३:१) त्यसकारण, आफूले सामना नै गर्न नसक्नेजस्तो कठिन आध्यात्मिक चुनौती आइपर्दा तपाईं के गर्नुहुन्छ?

२ के तपाईं मण्डलीको आध्यात्मिक तवरमा परिपक्व सदस्यसित कुरा गर्न राजी हुनुहुन्छ? कोही कोही लाज लागेर वा बोझ दिन मन नलागेर वा साँच्चै मदत गर्नसक्ने हो कि होइन भन्‍ने शंका लागेर मदत माग्न हिचकिचाउन सक्छन्‌। हो, हामीले आफ्ना व्यक्‍तिगत जिम्मेवारीहरूको सकेसम्म आफैले रेखदेख गर्नुपर्छ तर हाम्रो आध्यात्मिक सुस्वास्थ्यको सन्दर्भमा मदत माग्नचाहिं कहिल्यै अप्ठ्यारो मान्‍नु हुन्‍न।—गला. ६:२, ५.

३ कसलाई भन्‍ने: तपाईंको पुस्तक अध्ययन सञ्चालकलाई भेटेर तिनीसित क्षेत्र सेवकाईमा जान सकिन्छ कि भनेर तपाईंले सोध्न सक्नुहुन्छ। यसो गर्दा तपाईंले आफ्नो आध्यात्मिक तवरमा अघि बढ्‌ने इच्छा व्यक्‍त गर्ने मौका पाउनुहुनेछ। तिनी सेवकाई सेवक हुन्‌ भने तपाईंलाई आध्यात्मिक मदतको खाँचो छ भनेर थाह दिनुहोस्‌ अनि तिनले प्राचीनलाई बताइदिनेछन्‌। वा तपाईंको दुखेसोहरू कुनै पनि प्राचीनलाई बताउन सक्नुहुन्छ।

४ तपाईंलाई कस्तो प्रकारको मदत चाहिएको छ? के कुनै कुराले गर्दा तपाईंको जोस सेलाएको छ? के तपाईं आफ्ना केटाकेटीलाई मण्डलीसित नजिक हुन सक्दो प्रयास गरिरहनुभएको एक्लो आमा या बुबा हुनुहुन्छ? तपाईं मदतको खाँचो परेको वृद्ध व्यक्‍ति हुनुहुन्छ कि? वा कुनै समस्याले गर्दा तपाईं निरुत्साहित पो भइरहनुभएको छ कि? समय डरलाग्दो भएकोले समस्याहरूसित जुध्न गाह्रो त पर्ला तर असम्भव भने छैन। मदत उपलब्ध छ।

५ पाकोहरूले कसरी मदत गर्छन्‌: प्राचीनहरूले साँच्चै ख्याल राख्छन्‌। तिनीहरूले तपाईंको दुखेसोहरू सुन्‍नेछन्‌। यदि अरू प्रकाशकहरूलाई पनि एउटै प्रकारको समस्याले पिरोलिरहेको छ भने प्राचीनहरूले मण्डलीको गोठालो गर्दा र सिकाउँदा त्यो कुरा मनमा राख्नेछन्‌। “बगालको उदाहरण” भएर तिनीहरू खुसी साथ तपाईंसँगसँगै काम गर्न तयार हुन्छन्‌। (१ पत्रु. ५:३) यी अनुभवी भाइहरूले बाइबल सिद्धान्तअनुरूप तर्क गरेको सुनेर तपाईंले आफ्नो सेवकाईमा उन्‍नति गर्नुका साथै आफ्नो व्यक्‍तिगत जीवनमा पनि मदत पाउन सक्नुहुन्छ।—२ तिमो. ३:१६, १७.

६ येशूले हामीलाई थुप्रै “पुरुषहरूमध्ये वरदान” दिनुभएको छ। (एफि. ४:८, NW) अर्थात्‌ तपाईंलाई मदत गर्न प्राचीनहरू हरदम तत्पर छन्‌। तपाईंलाई मदत गर्न तिनीहरू तयार छन्‌। अर्थात्‌ तिनीहरू ‘तपाईंकै निम्ति’ हुन्‌। (१ कोरि. ३:२१-२३) अतः कुरा आफ्नै मनमा गुम्स्याउनुको साटो बताउनुहोस्‌। आफूलाई चाहिएको मदत माग्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने