प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 सेप्टेम्बर p. १
  • के तपाईं आफ्नो सेवकाई पूर्ण रूपमा पूरा गर्दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं आफ्नो सेवकाई पूर्ण रूपमा पूरा गर्दै हुनुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पत्रिका प्रस्तुत गर्न कसरी तयारी गर्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • सत्यको गवाही दिने पत्रिका प्रस्तुत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • पत्रिका प्रस्तुत गर्ने आफ्नै तरिका तयार गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • नमुना प्रस्तुतिहरू कसरी चलाउने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 सेप्टेम्बर p. १

के तपाईं आफ्नो सेवकाई पूर्ण रूपमा पूरा गर्दै हुनुहुन्छ?

१ प्रेरितको पुस्तकमा येशूका चेलाहरूले मानिसहरूलाई “पूर्ण रूपमा साक्षी” दिएर आफ्नो सेवकाई पूरा गरे भनी बताइएको छ। (प्रेरि. २:४० NW; ८:२५; २८:२३) प्रेरित पावलको लक्ष्य पनि त्यही थियो। (प्रेरि. २०:२४) सुसमाचारको सेवक हुनु भएकोले के तपाईंको लक्ष्य पनि त्यही होइन र? तपाईं कसरी यो लक्ष्य हासिल गर्न सक्नुहुन्छ?

२ प्रस्तुती तयार गर्नुहोस्‌: आफूले दिएको साक्षी प्रभावकारी भएको चाहनुहुन्छ भने, तयारी महत्त्वपूर्ण छ। विशेष गरी पत्रिकाहरू प्रस्तुत गर्दा तयारी गर्नु झनै आवश्‍यक छ किनभने यसका विषयवस्तुहरू परिवर्तन भइरहन्छन्‌। हामीलाई अझ दक्ष बनाउन हाम्रो राज्य सेवकाई-को यस अंकको बायाँपट्टिको स्तम्भमा एउटा विशेष लेख दिइएको छ, जसमा प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाको नयाँ अंकका लागि नमुना प्रस्तुतिहरू समावेश गरिएका छन्‌। धेरै मानिसहरूलाई आकर्षित गर्ने समसमायिक विषयहरूलाई प्रत्येक अंकमा प्रकाश पारिनेछन्‌। यी छोटा प्रस्तुतिहरूबाट तपाईं कसरी कुराकानी अघि बढाउन सक्नुहुन्छ?

३ आफ्नो इलाकामा तपाईंलाई सबैभन्दा प्रभावकारी लाग्ने सुझाउहरू छान्‍नुहोस्‌। सुझाउहरू प्रस्तुत गरिएको लेखलाई ध्यान दिएर पढ्‌नुहोस्‌ र चासो जगाउन सक्ने खासखास बुँदाहरू टिप्नुहोस्‌। छलफलसँग मिल्ने पत्रिकामा उद्धृत शास्त्रपद पत्ता लगाउनुहोस्‌, जुन तपाईं घरधनीसामु पढ्‌न सक्नुहुन्छ। अन्तमा घरधनीलाई पत्रिका पढ्‌न प्रोत्साहन दिनुहोस्‌ र उपयुक्‍त भएमा, यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यको लागि अनुदान दिन सकिन्छ भनेर छोटकरीमा बताउनुहोस्‌। अब, आफ्नो प्रस्तुतिको पूर्वाभ्यास गर्नुहोस्‌।

४ बाइबल चलाउने योजना बनाउनुहोस्‌: राम्रो योजना बनाउनुभयो भने आफ्नो प्रस्तुतिमा अक्सर शास्त्रपद चलाउन सकिन्छ। यद्यपि, सर्वप्रथम हामीले आफ्नो इलाकाका मानिसहरूले बोल्ने भाषाको सम्पूर्ण बाइबल आफूसित लगेका छौं कि छैनौ, पक्का गर्नुपर्छ। त्यसपछि, बाइबलप्रति स्थानीय मानिसहरूको कुनै पूर्वाग्रह छैन भने, हामी हाम्रो कुराकानी बाइबलबाटै सुरु गर्न सक्छौं। मित्रैलो अभिवादनपछि हामी यसो भन्‍न सक्छौं:

▪ उत्पत्ति १:१ पढ्‌नुहोस्‌ र त्यसपछि सोध्नुहोस्‌: “के तपाईं यस भनाइसित सहमत हुनुहुन्छ?” यदि त्यस व्यक्‍तिले सहमति जनाएमा, यसो भन्‍नुहोस्‌: “म पनि यस पदमाथि विश्‍वास गर्छु। यद्यपि, यदि परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको हो भने, के दुष्टताको लागि पनि उहाँ नै जिम्मेवार हुनुहुन्छ जस्तो तपाईंलाई लाग्छ?” उक्‍त व्यक्‍तिको जवाफ सुनिसकेपछि, उपदेशक ७:२९ पढ्‌नुहोस्‌। ज्ञान पुस्तकको पृष्ठ ७१ पल्टाउनुहोस्‌ र अनुच्छेद २ पढ्‌नुहोस्‌। उक्‍त व्यक्‍तिलाई त्यो पुस्तक पढ्‌न प्रोत्साहित गर्नुहोस्‌। यदि घरधनी उत्पत्ति १:१ को भनाइसित सहमत छैन भने, क्रिएशन पुस्तक जाँच्न आग्रह गर्नुहोस्‌।

५ चासो हुनेहरू सबैकहाँ धाउनुहोस्‌: यदि तपाईं चासो देखाउनेहरूकहाँ धाउनु भएन भने, तपाईं कदापि पनि आफ्नो सेवकाई पूर्ण रूपले गर्न सक्नुहुन्‍न। चाहे तपाईंले पत्रिका वा साहित्यहरू प्रस्तुत गर्नुभएको होस्‌ वा नहोस्‌, यदि कुनै व्यक्‍तिसित राम्रो कुराकानी भएको छ भने, उक्‍त व्यक्‍तिको नाउँ र ठेगाना टिप्नुहोस्‌। छिट्टै पुनःभेट गरेर लगनशील भई त्यस व्यक्‍तिको चासो विकास गर्ने प्रयत्न गर्नुहोस्‌। जसरी हुन्छ बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुहोस्‌।

६ प्रथम शताब्दीका चेलाहरूलाई येशूले “पूर्ण रूपमा साक्षी” दिनू भनेर आज्ञा दिनुभएको कुरा थाह थियो। (प्रेरि. १०:४२) त्यो आज्ञा हामीलाई पनि लागू हुन्छ किनभने चेला बनाउन सकिने एक मात्र तरिका यही नै हो। (मत्ती २८:१९, २०) आउनुहोस्‌, आफ्नो सेवकाई पूर्ण रूपमा पूरा गर्न यथासक्दो गरौं।—२ तिमो. ४:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने