पत्रिकाहरूबारे के भन्ने?
ब्यूँझनुहोस्! सेप्टे. ८
“आज संसारमा धार्मिक र जातीय समूहहरूबीच घृणा व्याप्त छ। के यस्तो वातावरणमा ‘शत्रुलाई प्रेम गर्नु’ व्यावहारिक अनि सम्भव छ? [जवाफ दिने मौका दिनुहोस्।] यो कुरा महान् शिक्षक येशूले पनि भन्नुभएको थियो, उहाँले यसो भन्नुभयो: [मत्ती ५:४४ पढ्नुहोस्।] यस पत्रिकाले उहाँको यस शिक्षाको अर्थ के हो, त्यसबारे चर्चा गर्नुका साथै आज उहाँको शिक्षाले पारिरहेको असरबारे पनि बुझाउँछ।”
प्रहरीधरहरा सेप्टे. १५
“प्रायः सबै धर्ममा सत्यका प्रेमीहरू हुन्छन्। तथापि, धर्महरूले नै मानिसहरूलाई विभाजन गर्ने मार्गतर्फ लगिरहेका छन्। निष्कपट हृदय भएका मानिसहरूलाई केले एकताबद्ध गर्न सक्ला? [तिनले जवाफ दिएपछि सपन्याह ३:९ पढ्नुहोस्।] यो पत्रिकाले कसरी साँचो परमेश्वरको ज्ञानले जताततै मानिसहरूलाई एकताबद्ध गरिरहेका छन् भनी देखाउँछ।”
ब्यूँझनुहोस्! सेप्टे. ८
“के तपाईं यस्तो संसारको कल्पना गर्न सक्नुहुन्छ जहाँ यहूदी र अरबी, हिन्दू र मुसलमान, श्वेत र अश्वेत शान्तिपूर्वक सँगै बस्नसक्छन्? तपाईंलाई यो असम्भव लाग्ला तर यस्तो पूर्वाग्रह अनि घृणा हटाउन सारा संसारभरिका मानिसहरूलाई कसरी मदत दिइएको छ, त्यसबारे पढेर तपाईंले आनन्द उठाउन सक्नुहुनेछ।”
प्रहरीधरहरा अक्टो. १
“विश्वास कत्तिको अलोकप्रिय विषय भइसकेको छ र थोरै मानिसहरूले मात्र यस विषयमा कुरा गर्न रुचाउँछन् भन्ने कुरा त तपाईं मानिलिनुहुन्छ होला। तर किन यस्तो भएको होला? [तिनले जवाफ दिइसकेपछि हिब्रू ११:१ पढ्नुहोस्।] यो पत्रिकाले साँचो विश्वास के हो र हामीसित विश्वास हुनु र नहुनुमा के फरक छ, त्यसबारे चर्चा गर्छ।”