पत्रिकाहरूबारे के भन्ने
ब्यूँझनुहोस्! सेप्टे. ८
“हालैका वर्षहरूमा मौसमसित सम्बन्धित विपत्तिहरूले संसारभरि धेरै विनाश गरेका छन्। तपाईंलाई यसबारे कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले मौसम पद्धति परिवर्तन हुने समस्याका साथै बाइबलमा उल्लिखित समाधानबारे जाँच गर्छ।”—प्रकाश ११:१८ पढ्नुहोस्।
प्रहरीधरहरा सेप्टे. १५
“अहिलेको संसारमा कसै-कसैले आफू प्रेमरहित विवाहमा फसेको महसुस गर्छन्। त्यस्ता व्यक्तिहरूले मदतको लागि कसलाई गुहार्न सक्छन् होला? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरका सिद्धान्तहरूले हामीलाई मदत गर्न सक्छन् भनी बाइबलले आश्वासन दिन्छ। [यशैया ४८:१७, १८ पढ्नुहोस्।] प्रहरीधरहरा-को यस अंकले विवाहलाई बलियो बनाउन सक्ने बाइबल सिद्धान्तहरूबारे छलफल गर्छ।”
ब्यूँझनुहोस्! सेप्टे. ८
“के तपाईंलाई कहिलेकाहीं विभिन्न समुदाय र जातबीच उत्पन्न हुने कटु भावनाहरू कहिल्यै मेटिएला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस् र प्रेरित १०:३४, ३५ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले हामी कसरी यस्तो समस्यामाथि विजयी हुन सक्छौं भनी देखाउँछ।
प्रहरीधरहरा अक्टो. १
“ ‘यदि परमेश्वर मायालु तथा सर्वशक्तिमान् हुनुहुन्छ भने, दुःखकष्ट भोगिरहेकाहरूका खातिर उहाँले किन हस्तक्षेप गर्नुहुन्न’ भनेर के तपाईंले कहिल्यै सोध्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] चाँडै उहाँले सम्पूर्ण समस्याहरूको अन्त गर्नुहुनेछ। [यशैया ६५:१७ पढ्नुहोस्।] त्यतिन्जेल, हामीले दुःखकष्ट भोग्दा उहाँले केही चासो नै नदेखाई केवल टुलुटुलु हेरिरहनुहुन्न भनेर यस पत्रिकाले देखाउँछ।”