प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 अक्टोबर p. १
  • तपाईंको उद्देश्‍य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको उद्देश्‍य के हो?
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो संगठनतर्फ विद्यार्थीहरूलाई डोऱ्‍याउने
    हाम्रो राज्य सेवकाई—१९९७
  • अरूलाई सभामा उपस्थित हुन मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००१
  • “परमप्रभुको भवनमा जाऔं”
    हाम्रो राज्य सेवकाई—१९९३
  • ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 अक्टोबर p. १

तपाईंको उद्देश्‍य के हो?

१ हामी किन गृह बाइबल अध्ययन सञ्चालन गर्छौं? केवल ज्ञान दिन, मानिसहरूको जीवन उकास्न वा उज्जवल भविष्य प्रदान गर्न? कदापि होइन। हाम्रो मुख्य उद्देश्‍य त तिनीहरूलाई येशू ख्रीष्टको चेला बनाउनु हो! (मत्ती २८:१९; प्रेरि. १४:२१) त्यसैकारण, हामी जोसँग अध्ययन गर्छौं, त्यो व्यक्‍तिले मण्डलीसित संगत गर्नु आवश्‍यक छ। तिनीहरूले मसीही संगठनको जति मूल्यांकन गर्न थाल्छन्‌, त्यति नै तिनीहरूको आध्यात्मिक प्रगति पनि हुन्छ।

२ कसरी उद्देश्‍य पूरा र्ने: सुरुदेखि नै विद्यार्थीलाई मसीही सभाहरूमा उपस्थित हुन आग्रह गरिरहनुहोस्‌। (हिब्रू १०:२४, २५) सभाहरूले उसको विश्‍वास कसरी बलियो बनाउनेछ भनी बुझाउनुहोस्‌, उसलाई परमेश्‍वरको इच्छाअनुसार गर्न र यहोवाको प्रशंसा गर्न चाहने अरू व्यक्‍तिहरूसित लाभदायी संगति गर्न मदत दिनुहोस्‌। (भज. २७:१३; ३२:८; ३५:१८) मण्डली अनि मण्डलीका सभाहरूप्रति तपाईंले देखाउनुभएको प्रेम अनि मूल्यांकनले सभाहरूमा उपस्थित हुने उसको चाहनालाई जगाउँछ।

३ नयाँ व्यक्‍तिहरूले यहोवाको संगठन अन्तरराष्ट्रिय भ्रातृत्व हो भन्‍ने कुरा बुझ्नु आवश्‍यक छ। तिनीहरूलाई जेहोभाज्‌ विट्‌नेसेज—अर्गनाइजेसन बिहाइन्ड द नेम र आवर होल एशोसियसन अफ ब्रदर्स नामक भिडियो देखाउनुहोस्‌। यहोवाले आफ्नो इच्छा पूरा गर्न विश्‍वभरि लाखौं समर्पित व्यक्‍तिहरूलाई चलाइरहनुभएको छ भन्‍ने कुरा बुझ्न तिनीहरूलाई मदत दिनुहोस्‌। परमेश्‍वरको सेवा गर्न यी नयाँ व्यक्‍तिहरूलाई पनि आमन्त्रित गरिएको छ भन्‍ने कुरा तिनीहरूले पनि बुझोस्‌।—यशै. २:२, ३.

४ एक जना बाइबल विद्यार्थी येशूको साँचो चेला बनेको हेर्न पाउनु साँच्चै ठूलो आनन्दको कुरा हो। अनि यही नै हाम्रो लक्ष्य पनि हो!—३ यूह. ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने