प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 नोभेम्बर pp. ५-६
  • आफ्नो ज्ञानेन्द्रिय शक्‍तिको विकास गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो ज्ञानेन्द्रिय शक्‍तिको विकास गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
  • युवाजनहरू हो—आफ्नो ज्ञानेन्द्रियको अभ्यास गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के तपाईं “खराब र असल छुट्याउन” सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • “आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 नोभेम्बर pp. ५-६

आफ्नो ज्ञानेन्द्रिय शक्‍तिको विकास गर्नुहोस्‌

१ अहिले हामी बाँचिरहेको संकटग्रस्त आखिरी दिनमा जताततै परमेश्‍वरका जनहरूमाथि धेरै प्रकारको बढ्‌दो दबाउ अनि गम्भीर परीक्षाहरू आइपरिरहेका छन्‌। (२ तिमो. ३:१-५) विश्‍वासमा दृढ रहन हामी सबैलाई प्रोत्साहन चाहिन्छ। (१ कोरि. १६:१३) यहोवाको मदतद्वारा हामी यस्तो प्रोत्साहन पाउन सक्छौं अर्थात्‌ उहाँको वचनबाट नियमित तवरमा भोजन लिएर, उहाँको आत्मामा भर परेर अनि उहाँको संगठनसित घनिष्ठ भएर हामी उहाँको मदत पाउनसक्छौं।—भज. ३७:२८; रोमी ८:३८, ३९; प्रका. २:१०.

२ उचित कारणसहित यस वर्षको विशेष सम्मेलन दिनको कार्यक्रमको विषय “समझमा मानिस होओ” राखिएको थियो। यो १ कोरिन्थी १४:२० मा आधारित थियो, जहाँ प्रेरित पावलले यस्तो लेखेका थिए: “ए भाइ हो, समझमा केटा-केटी नहोओ, खराबीमा बालकहरू होओ, तर समझमा मानिस होओ।” तपाईंलाई कार्यक्रम कस्तो लाग्यो?

३ “कस्तो प्रोत्साहनदायी!” “हामीलाई चाहिएको कुरा नै यही थियो!” यी त दुइटा प्रतिक्रिया मात्र हुन्‌। आफ्नी १२ वर्षीया छोरीले बप्तिस्मा लिएको हेर्न विशेष सम्मेलनमा आएका एक गैर-साक्षी व्यक्‍तिले समेत आफू कार्यक्रमबाट निकै प्रभावित भएको कुरा बताए अनि आफ्नो परिवारको लागि यो कार्यक्रम कत्तिको लाभदायक हुनेछ भनेर उनले बुझ्न सके। के तपाईंलाई पनि त्यस्तै लाग्छ? आउनुहोस्‌, कार्यक्रमका केही विशेषताहरू स्मरण गरौं।

४ ज्ञानेन्द्रिय क्‍ति विकास गर्न सही ज्ञान आवश्‍यक छ: “अहिल्यै आफ्नो समझ विकास गर्नुहोस्‌” विषयक सुरुको भाषणमा वर्तमान चुनौतीहरूको सामना गर्न वक्‍ताले कुन आवश्‍यक कुरामाथि जोड दिए? हामीसित बौद्धिक क्षमता भएर मात्र पुग्दैन। हामीले बाइबलको समझ विकास गर्नुका साथै त्यसलाई तिखार्नु पनि पर्छ, नत्र वरपरका व्याप्त खराबीले हामीमाथि विजय हासिल गर्न सक्छ। यस्तो समझ प्राप्त गर्न ईश्‍वरीय निर्देशन चाहिन्छ। भजनरचयिताले जस्तै हामीले पनि प्रार्थनापूर्वक यहोवालाई उहाँका व्यवस्था तथा सम्झौटाहरू बुझ्न मदत माग्नैपर्छ। यसो गरेको खण्डमा हामी तनमनले उहाँको सेवा गर्नसक्नेछौं।—भज. ११९:१, २, ३४.

५ अर्को भागमा, क्षेत्रीय निरीक्षकले यहोवाले आफ्नो वचन अनि संगठनद्वारा हामीलाई “बाइबलको समझमा मानिस हुन मदत” गर्नुहुन्छ भनी बताए। समझलाई, “परिस्थितिलाई राम्ररी नियालेर यसको भाग-भाग तथा सम्पूर्ण परिस्थितिबीचको सम्बन्ध बुझ्नु” भनेर परिभाषित गरिएको छ। यस्तो क्षमता विकास गर्न हामीलाई कसले मदत दिनसक्छ? हाम्रो आध्यात्मिक प्रगतिको लागि यहोवाले हामीलाई पुरुषहरूमध्ये वरदानको प्रबन्ध मिलाउनुभएको छ। (एफि. ४:११, १२) उहाँको पार्थिव संगठनले हामीलाई परमेश्‍वरको वचन दिनहुँ पढ्‌न र नियमित तवरमा मण्डलीका सबै सभाहरू धाउन आग्रह गर्छ। (भज. १:२) व्यक्‍तिगत र पारिवारिक अध्ययन गर्दा अनि सभाहरू र क्षेत्र सेवकाईको निम्ति तयारी गर्दा हामीलाई बाइबल तथा हाम्रा मसीही प्रकाशनहरू कसरी प्रयोग गर्ने भनेर सिकाइएको छ। के तपाईंले यी सबै प्रबन्धहरूबाट लाभ उठाइरहनुभएको छ? के तपाईंले नियमित व्यक्‍तिगत बाइबल पढाइ कार्यक्रमलाई कायम गरिरहनुभएको छ? यदि हामी संसारका लहर, फेसन, दर्शन र छली प्रभावहरूको पासोमा पर्नदेखि बच्न चाहन्छौं भने, यसो गर्नु नितान्त जरुरी छ।—कल. २:६-८.

६ हाम्रो ज्ञानेन्द्रियलाई प्रशिक्षण दिनैपर्छ: “आफ्नो ज्ञानेन्द्रियलाई प्रशिक्षण दिएर आध्यात्मिकता जोगाउनुहोस्‌” विषयको आफ्नो पहिलो भाषणमा, अतिथि वक्‍ताले संसारका मानिसहरूले सही र गलतबीच भिन्‍नता छुट्याउन सक्दैन भनी बताए। (यशै. ५:२०, २१) तिनीहरूले परमेश्‍वरका धार्मिक स्तरहरू स्वीकार्न र पालन गर्न इन्कार गरेकाले त्यसो भएको हो। त्यसको ठीक विपरीत, यहोवाको संगठनबाट आध्यात्मिक प्रशिक्षण पाएका हामी सबै परमेश्‍वरको ईश्‍वरीय स्तर स्वीकार्छौं र यसले हाम्रो दैनिक क्रियाकलाप तथा आचरणलाई निर्देशित गर्छ। अतः हामी उहाँको नजरमा असल र ग्रहणयोग्य काम गर्ने अवस्थामा छौं अनि ती उहाँको सिद्ध इच्छाअनुरूप छन्‌।—रोमी १२:२.

७ संसारको गोलमालपूर्ण सोचाइ र त्यसको खराब परिणामबाट बच्न हामीले आफ्नो ज्ञानेन्द्रिय शक्‍तिलाई लगातार प्रशिक्षण दिइरहनुपर्छ। कसरी त्यसो गर्न सकिन्छ? हिब्रू ५:१२-१४ मा प्रेरित पावलले ‘वचनको दूध’ मात्र पर्याप्त छैन भनेर जोड दिए। हामीलाई खँदिलो आध्यात्मिक भोजन चाहिन्छ जस्तै, हामीले मण्डली पुस्तक अध्ययनमा यशैयाको भविष्यवाणीको पुस्तक पढेर प्राप्त गरिरहेका छौं। त्यसपछि आफूले सिकेका कुराहरू राजीखुसीसाथ व्यवहारमा उतार्न हामी तयार हुनुपर्छ। यसो गरेपछि भने हामी यहोवाका सिद्धान्त तथा स्तरहरू सही छन्‌ भनेर विश्‍वस्त हुन्छौं। यसले हाम्रो ज्ञानेन्द्रिय शक्‍तिलाई सही र गलत स्पष्टसित छुट्याउन प्रशिक्षण दिन्छ।

८ दुःखको कुरा, कोही-कोही आध्यात्मिक तवरमा ढलपल भएका छन्‌। किन? किनभने तिनीहरूले यहोवाको दृष्टिमा जुन कुरा असल र सही छन्‌ त्यसमा ध्यान दिएका छैनन्‌। फलतः तिनीहरू धर्मशास्त्रअनुसार आपत्तिजनक रेडियो तथा टेलिभिजनको छलफल कार्यक्रम, पतित संगीत अथवा कम्प्युटर च्याट रूमको खराब प्रभावको सिकार भएका छन्‌। बुद्धिमानीसाथ चलेर हामी अनैतिक, मूर्ख र दुष्ट मानिसहरूको पन्जाबाट उम्कनेछौं।—हितो. १३:२०; गला. ५:७; १ तिमो. ६:२०, २१.

९ युवाहरू “खराबीमा बालक” हुनुपर्छ: कार्यक्रममा विशेष गरी युवाहरूलाई ज्ञानेन्द्रियको अभ्यास गर्न प्रोत्साहित गर्ने दुईवटा भाग थियो। वक्‍ताले “खराबीमा बालक” हुनुको अर्थ, यहोवाले अशुद्ध ठान्‍नुहुने कुराहरूमा हामी बच्चाजस्तै निर्दोष हुनु हो भनी बताए। (१ कोरि. १४:२०) हर प्रकारको खराबीको प्रतिरोध गर्न र त्यसबाट प्रभावित नहुन हामी आफ्नो समय कसरी प्रयोग गर्छौं, त्यसबारे हामी सबैलाई होसियार हुन प्रोत्साहित गरिएको थियो। (एफि. ५:१५-१७) आध्यात्मिक समझ बढाउन खासै योगदान नपुऱ्‍याउने विषयवस्तु पढ्‌न हामी कति समय बिताउँछौं, त्यसबारे हिसाब गर्न हामी सबैलाई प्रोत्साहित गरिएको थियो। के तपाईंले त्यसै गर्नुभयो? परिणाम कस्तो पाउनुभयो? दिनहुँ बाइबल पढ्‌नुको अलावा सोसाइटीले प्रबन्ध गरेका साहित्यहरू पढ्‌न कटिबद्ध हुनुहोस्‌। यसो गर्दा यसले युवाहरूलगायत हामी सबैलाई “समझ-शक्‍ति प्राप्त” गर्न मदत गर्नेछ।—हितो. ४:७-९.

१० “समझका साथ बाइबलका सिद्धान्तहरू लागू गर्दा हुने लाभहरू”: यो विशेष सम्मेलन दिनको कार्यक्रमको समापन भाषणको विषय थियो। अतिथि वक्‍ताले यहोवा जीवनदायी समझको स्रोत हुनुहुन्छ, जुन समझ सारा मानवजातिको समझभन्दा सर्वोत्कृष्ट छ भनी बताए। यहोवाको समझ प्राप्त गर्ने सुअवसर पाएको कल्पना गर्नुहोस्‌! पूर्ण विश्‍वासका साथ निष्कपट भई यसको खोजी तथा माग गर्नेहरूलाई उहाँले यो समझ उदारतासाथ दिनुहुन्छ। (हितो. २:३-५, ९; २८:५) उहाँले प्रदान गर्नुभएका कुराहरूबाट के तपाईंले पूरापूर लाभ उठाइरहनुभएको छ?

११ बाइबल पढ्‌दा बाइबल सिद्धान्तहरू बुझ्न हामीलाई प्रोत्साहित गरिएको थियो। (२ तिमो. ३:१६, १७) यहोवाले भन्‍नुभएका कुराहरूको सही अर्थ बुझ्न होसियारीसाथ अध्ययन गर्नुहोस्‌। यी सिद्धान्तहरूमा मनन गर्न समय निकाल्नुहोस्‌ र त्यसलाई मन अनि हृदयमा ठप्प राख्नुहोस्‌। यसले तपाईंको ज्ञानेन्द्रियलाई प्रशिक्षण दिनेछ, जसले गर्दा तपाईं सफलतासाथ जीवनका निर्णयहरू गर्न सक्नुहुनेछ। (यहो. १:८) आउनुहोस्‌, धेरैले सामना गर्ने केही परिस्थितिहरूलाई विचार गरौं र बाइबल सिद्धान्तहरू जीवनमा लागू गर्दा त्यसले कसरी हामीलाई सफल हुन मदत गर्छ हेरौं।

१२ ‘के म कुनै खास किसिमको पहिरन तथा श्रृंगारपटार गर्नसक्छु?’ पहिरन र श्रृंगारको सन्दर्भमा संसारको फेसनले अक्सर विद्रोही भाव प्रकट गर्छ। यस्तो किसिमको झुकाउले मानिसहरूलाई जे पायो त्यही लुगा अनाकर्षक ढंगमा लगाउन अथवा कामुकता प्रदर्शित गर्ने पहिरन लगाउन उत्साहित गर्नसक्छ। यस्ता झुकाउहरूको प्रभावमा नपर्न कुनचाहिं सान्दर्भिक बाइबल सिद्धान्तले मदत गर्नेछ? हाम्रो ज्ञानेन्द्रियलाई प्रशिक्षित गर्दा हामी १ तिमोथी २:९, १० को (नयाँ संशोधित संस्करण) यो सिद्धान्तलाई ध्यान दिन्छौं, “सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्‌, . . . जो परमेश्‍वरको भक्‍ति गर्ने [मानिसहरूलाई] सुहाउँछ।” दोस्रो कोरिन्थी ६:३ र कलस्सी ३:१८, २० मा उल्लिखित अन्य सिद्धान्तहरू पनि लागू हुन्छन्‌।

१३ ‘आफ्नो पारिवारिक बन्धन बलियो बनाइ राख्न म के गर्नसक्छु?’ परिवारका सदस्यहरूबीच खुलस्त कुराकानी हुनु महत्त्वपूर्ण छ। याकूब १:१९ यसो भन्छ: “हरेक मानिस सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्‌।” परिवारका सदस्यहरूले एकअर्काको कुरा सुन्‍नुका साथै आपसमा कुराकानी गर्नु आवश्‍यक छ, किनकि पारिवारिक कुराकानी दुइतर्फी बाटोजस्तै हो। सही कुरालाई पनि रुखो तरिकामा घमण्डले फूलेर वा अरूको पटक्कै ख्यालै नराखी भनेमा यसले मदत त होइन बरु हानि गर्नसक्छ। चाहे हामी पति वा पत्नी होऔं या आमाबाबु वा छोराछोरी, हामी आफ्नो बोलीलाई “नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको” बनाऔं।—कल. ४:६.

१४ ‘कतै म भौतिकवादको प्रभावमा पो परिरहेको छु कि?’ भौतिकवाद एउटा सांसारिक दबाउ हो। यसले कुनै पनि व्यक्‍तिको जीवनलाई जटिल बनाइ दिन्छ। यसले साँचो आनन्द हासिल गर्न मदत गर्दैन। (उप. ५:१०; लूका १२:१५; १ तिमो. ६:९, १०) भौतिकवादको पासोबाट जोगिन येशूले यस महत्त्वपूर्ण सिद्धान्त सिकाउनुभयो: आँखा निर्मल राख। सन्तुलित र सरल जीवन बिताउनुमा अन्य सबै थोकहरूलाई दोस्रो स्थानमा राखी आफ्नो ध्यान राज्य गतिविधिमा केन्द्रित गर्नुपर्छ।—मत्ती ६:२२, २३, ३३.

१५ हाम्रो उद्देय के हुनुपर्छ: निर्णय गर्न मदत गर्ने हामीसित परमेश्‍वरको वचन अर्थात्‌ धार्मिक सिद्धान्तहरूको भरपर्दो स्रोत छ। यसलाई मनन गरेर जीवनमा लागू गर्न हामीले यी सिद्धान्तहरू सिक्नु आवश्‍यक छ। यसप्रकार ‘खराब र असल छुट्याउन आफ्नो ज्ञानेन्द्रियलाई प्रशिक्षण दिएर’ हामी आफैलाई फाइदा पुऱ्‍याउनेछौं साथै यहोवाको पनि आदर गर्नेछौं।—हिब्रू ५:१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने