उत्साहजनक प्रतिक्रिया!
१ यङ पिपल आस्क—हाउ क्यान आइ मेक रियल फ्रेन्ड्स? भिडियोको लागि संसारभरिका मसीही परिवारहरूले आफ्नो उत्साहजनक मूल्यांकन व्यक्त गरेका छन्। यस भिडियोमा भएका सबै कुराहरू आफूसँग मिल्ने भएकोले आफ्ना छोराहरू यो भिडियो हेरेपछि चुपचाप बसेको कुरा संयुक्त राज्य अमेरिकाका एक जना बुबाले बताए! स्कूलका साथीहरूबाट यस्तै खालका दबाउहरूको सामना गर्नुपर्ने हुनाले जवान भाइबहिनीहरूले यसलाई आफूसँग ठ्याक्कै मिल्ने पाएको कुरा मलावीबाट प्राप्त रिपोर्ट बताउँछ। यस भिडियोबारे जर्मनीका एक जना बुबाले यसो भने: “मलाई यो मेरो प्रार्थनाको जवाफ जस्तो लाग्यो।” एक जना किशोरीले यसो भनिन्: “यहोवाले मेरो ख्याल गर्नुहुन्छ भनी मलाई सम्झाउनुभएको लागि तपाईंहरूलाई धन्यवाद छ।” न्यु जील्याण्डका एक जना प्राचीनले यस्तो रिपोर्ट गरे: “यसले हाम्री एक जना किशोरीलाई जीवनको मार्गमा पुनः फर्कन मदत गऱ्यो।” एक जना विवाहिताले यो हेरिन् र यसो भनिन्: “सच्चाइमा हुने प्रत्येक युवाहरूले यो भिडियो हेरून् र सच्चाइलाई आफ्नै बनाउन तिनीहरू अग्रसर होऊन् भन्ने म चाहन्छु!” परिवारहरू हो, यो भिडियो फेरि हेर्नु भए कसो होला? त्यसपछि निम्न प्रश्नहरू सँगै बसेर छलफल गर्नुहोस्।
२ परिचय: साँचो मित्र को हो?—हितो. १८:२४.
३ मित्रताका बाधकहरू: तपाईं त्यागिएको भावनामाथि कसरी विजयी हुन सक्नुहुन्छ? (फिलि.२:४) तपाईं आफ्नो व्यक्तित्व सुधार्न किन इच्छुक हुनुपर्छ र यसो गर्न तपाईंलाई कसले मदत गर्न सक्छ? केले तपाईंलाई अझ धेरै मित्रहरू बनाउने मौका दिन्छ र यस्ता मित्रहरू कहाँ पाउन सकिन्छ?—२ कोरि. ६:१३.
४ परमेश्वरसँगको मित्रता: तपाईं कसरी यहोवासँग मित्रता गाँस्न सक्नुहुन्छ र यस्तो प्रयास किन बेकार जाँदैन? (भज. ३४:८) परमेश्वरसँग तपाईंको मित्रतालाई कसले अझ बलियो बनाउन सक्छ?
५ गलत प्रकारका मित्रहरू: खराब मित्रहरू को हुन्? (१ कोरि. १५:३३) गलत मित्रहरूले कसरी आध्यात्मिक विनाशतर्फ लैजान सक्छन्? दीनाबारे बाइबल विवरणले तपाईंलाई के सिकाउँछ?—उत्प. ३४:१, २, ७, १९.
६ आधुनिक समयको उदाहरण: एकाकीपनले तारालाई कसरी असर गऱ्यो? संसारिक युवाहरूसँगको आफ्नो संगत ठीकै हो भनेर ताराले कसरी स्पष्टीकरण दिन खोजिन्? तिनीहरूले तिनलाई कस्तो खतरामा पुऱ्याए? किन तिनको आमाबाबुले तिनी कस्तो खालको खतरामा परेकी छिन् भनेर बुझ्न सकेनन्, तर आध्यात्मिक तवरमा पुनः स्वस्थ हुनको लागि तिनीहरूले कस्तो मनोवृति राखेर मदत गरे? एक जना अग्रगामी बहिनी कसरी ताराको लागि साँचो मित्र साबित भइन्? मसीहीहरूले किन हितोपदेश १३:२० र यर्मिया १७:९ पालन गर्नुपर्छ? ताराले कस्तो महत्त्वपूर्ण पाठ सिकिन्?
७ निष्कर्ष: यस भिडियोबाट तपाईंले कस्ता पाठहरू सिक्नुभयो? अरूहरूलाई मदत गर्नको लागि तपाईं यसलाई कसरी चलाउन सक्नुहुन्छ?—भज. ७१:१७.