युवा जनहरूका प्रश्न—कसरी साँचो मित्र बनाउने
यहोवाले मानिसलाई कुराकानी गर्न सक्ने र मित्रता गाँस्न सक्ने क्षमतासहित सृष्टि गर्नुभयो। (हितो. १७:१७; १८:१, २४) एकअर्कासितको मित्रताबाट दुवैले लाभ उठाउने हो भने साथी छान्दा विचार पुऱ्याउनै पर्छ। (हितो. १३:२०) युवा जनहरूका प्रश्न—कसरी साँचो मित्र बनाउने (अङ्ग्रेजी) भिडियो हेरिसकेपछि तल दिइएका प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ कि?
परिचय:
(१) साँचो मित्रता के हो?
मित्रता गाँस्न बाधा दिने कुराहरू:
(२) एक्लो महसुस गर्नदेखि हामी कसरी जोगिन सक्छौं? (फिलि. २:४) (३) हामी किन आफ्नो व्यक्तित्व सुधार्न इच्छुक हुनुपर्छ र त्यसो गर्न हामीलाई कसले मदत गर्न सक्नुहुन्छ? (२ कोरि. १३:११) (४) धेरै साथी बनाउन हामी के गर्न सक्छौं?—२ कोरि. ६:१३.
परमेश्वरसितको मित्रता:
(५) यहोवासित अझ घनिष्ठ हुन हामी के गर्न सक्छौं र यस्तो प्रयास किन खेर जाँदैन? (भज. ३४:८) (६) यहोवालाई आफ्नो घनिष्ठ साथी बनाउँदा कस्ता साथीहरू पाउन सक्छौं?
खराब साथीहरू:
(७) खराब साथीहरूको स्वभाव कस्तो हुन्छ? (१ कोरि. १५:३३) (८) खराब साथीहरूसितको सङ्गतले यहोवासितको हाम्रो सम्बन्धलाई कसरी बिगार्न सक्छ?
आधुनिक नाटक:
(९) दीनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (उत्प. ३४:१, २, ७, १९) (१०) सांसारिक साथीहरूसित सङ्गत गर्नुमा कुनै खराबी छैन भनेर ताराले कसरी सफाइ दिन खोज्छिन्? (११) स्कूलका साथीहरूले गर्दा तारा कस्तो समस्यामा फस्नै लागेकी थिइन्? (१२) छोरी कस्तो समस्यामा परेकी छिन् भनेर आमाबाबुले थाह पाउन नसक्नुको कारण के थियो? तर समस्याबारे थाह पाएपछि आमाबाबुले तिनलाई यहोवासितको सम्बन्ध पुनः सुधार्न कस्तो मदत दिए? (१३) एक जना अग्रगामी बहिनी कसरी ताराको साँचो साथी साबित भइन्? (१४) ताराले कस्तो पाठ सिकिन्?
समापन:
(१५) यो भिडियो हेरेर तपाईंले के-कस्ता पाठ सिक्नुभयो? (१६) अरूलाई मदत दिन यो भिडियो कसरी प्रयोग गर्न सक्छौं?
हामीले यहोवासित गाँसेको घनिष्ठ मित्रता कायम राख्न हामीलाई मदत गर्ने साथीहरू रोज्न सकौं।—भज. १५:१, ४; यशै. ४१:८.