नियमित अग्रगामी सेवाको लागि थुप्रै भाइहरूको खाँचो छ
१ पावलले हामीलाई ‘सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ’ भनेर आग्रह गरे। (१ कोरि. १५:५८) थुप्रैका लागि यसको अर्थ नियमित अग्रगामी सेवा गर्नु हो। हरेक वर्ष भारतमा लगभग १०० व्यक्तिहरू नियमित अग्रगामीको दलमा थपिन्छन्!
२ अहिले, यस देशमा नियमित अग्रगामी सेवा गर्नेहरूमध्ये दुइ तिहाइ बहिनीहरू छन्। (भज. ६८:११) थुप्रै भाइहरू पूर्ण-समय सेवकहरूको हैसियतमा सामेल हुनसके पूरै मण्डलीका लागि कति आनन्दको कुरा हुनेछ! (भज. ११०:३) हो, थुप्रै भाइहरूले सांसारिक र पारिवारिक दायित्वहरू वहन गर्नुपर्छ। अरूले पनि मण्डलीका आध्यात्मिक आवश्यकताहरूको हेरविचार गर्न कठिन परिश्रम गर्छन्। परमेश्वरको राज्यको खातिर यी मानिसहरूले गरेका प्रयासको हामी मूल्यांकन गर्छौं।—१ तिमो. ४:१०.
३ तैपनि भाइहरू हो, के तपाईंहरूमध्ये थुप्रैले नियमित अग्रगामी सेवालाई अंगाल्न सक्नुहुन्छ? तपाईंकी पत्नी अग्रगामी गर्दैछिन् भने के तपाईं पनि तिनीसितै काँधमा काँध मिलाउन सक्नुहुन्छ? तपाईं अवकाश प्राप्त हुनुहुन्छ भने, आफ्नो समय व्यतीत गरेर सन्तुष्टि पाउने तरिका पूर्ण-समय सेवकाईबाहेक अरू कुनै छैन भनेर के तपाईं सहमत हुनुहुन्न? स्कूलको अध्ययन सिध्याउनै लाग्नुभएको छ भने, नियमित अग्रगामीको सेवालाई थप सुअवसरहरू प्राप्त गर्न मदत दिने प्रथम खुड्किलोको रूपमा स्वीकार्नको लागि के गम्भीर प्रार्थनापूर्वक सोच्नुभएको छ?—एफि. ५:१५-१७.
४ नियमित अग्रगामी गर्न सकोस् भनेर एक भाइले फलिफाप हुने व्यापार बेचे र अर्धसमय जागिर खाए। तिनको उत्तम नेतृत्वको कारण तिनका चार छोराछोरीमध्ये तीन जना स्कूलको पढाइ सिद्धिनासाथ नियमित अग्रगामी भए। रहेको चौथो पनि तिनीहरूसित सामेल हुन उत्सुक भए। त्यस भाइ र तिनको परिवारले प्रशस्त आशिष् पाए।
५ ठूलो ढोका खुल्ला छ: नियमित अग्रगामी सेवाले “क्रियाकलापतर्फ डोऱ्याउने ठूलो ढोका” खोल्नसक्छ। (१ कोरि. १६:९, NW) नियमित अग्रगामी भाइहरूलाई मण्डलीमा विस्तृत रूपमा प्रयोग गरिन्छ। जोशपूर्ण क्षेत्र सेवकाईले तिनीहरूको आध्यात्मिक प्रगति हुन्छ र ईश्वरतान्त्रिक उन्नतिमा योगदान पुऱ्याउँछ। नियमित अग्रगामी गर्नाले सेवाका थप सुअवसरहरू पाउने बाटो खोलिनसक्छ। अनि अग्रगामी गरेको एक वर्षपछि पायनियर सर्भिस स्कूलमा उपस्थित हुने आशिष् पाउन सक्नुहुन्छ। अविवाहित सेवकाई सेवक तथा प्राचीनहरू मिनिस्टेरियल ट्रेनिङ स्कूलमा उपस्थित हुनसक्छन्। अन्ततः भाइहरू परिभ्रमण कार्यका लागि योग्य हुनसक्छन्। हो, नियमित अग्रगामी सेवाले यहोवाको संगठनमा सेवाका यी महान् सुअवसरहरू प्राप्त गर्ने ढोका खोल्छ।
६ नियमित अग्रगामी सेवा गर्न प्रबन्ध मिलाउनसक्ने भाइहरूले अरूलाई अझ बढी दिंदा पाइने महान् आनन्दको अनुभव गर्नसक्छन्।—प्रे. २०:३५.