प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अगस्त p. १
  • आध्यात्मिक लक्ष्य राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिक लक्ष्य राख्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • केटाकेटी हो—तपाईंहरूले के कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?
    हाम्रो राज्य सेवकाई—१९९७
  • जवानहरू हो—अर्थपूर्ण लक्ष्यतर्फ अघि बढ्‌नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • आफ्नो आध्यात्मिक लक्ष्यमा कसरी पुग्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 अगस्त p. १

आध्यात्मिक लक्ष्य राख्नुहोस्‌

१ सदा सर्वदा यहोवाको प्रशंसा गर्न पाउनु कस्तो ठूलो सुअवसर हुनेछ! यो लक्ष्य प्राप्त गर्न हामी अहिल्यै आध्यात्मिक लक्ष्यहरू राखेर यसतर्फ अघि बढ्‌न सक्छौं। यसले हामीलाई आफ्नो जोस, जाँगर सही कुरामा केन्द्रित गर्न उत्प्रेरित गर्छ। (१ कोरि. ९:२६) कस्ता लक्ष्यहरू तपाईंका लागि व्यावहारिक होलान्‌ त?

२ बाइबल अध्ययन: के तपाईं प्रत्येक सभाको लागि तयारी गर्नुहुन्छ? गर्नुहुन्छ भने, अध्ययनको दौडान अनुसन्धान र मनन गर्न पनि के तपाईं समय निकाल्नुहुन्छ? उदाहरणका लागि, साप्ताहिक प्रहरीधरहरा अध्ययन र मण्डली पुस्तक अध्ययनको लागि तयारी गर्दा सोधिएका प्रश्‍नहरूको उत्तरमा मात्रै सरसरती धर्का कोर्ने गर्नुहुन्छ वा उल्लिखित शास्त्रपदहरू पल्टाएर हेर्नुका साथै त्यसलाई व्याख्या गर्नुका कारणहरूमाथि पनि विचार गर्नुहुन्छ? के तपाईं प्रत्येक हप्ता ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा पढिने बाइबल पढाइका केही बुँदाहरूमा अनुसन्धान गर्ने आफ्नो लक्ष्य बनाउन सक्नुहुन्छ? यस्तो आध्यात्मिक अनुसन्धान गर्न समय लाग्छ तर यसो गर्दा प्रचुर मात्रामा इनाम पाइन्छ।—हितो. २:४, ५.

३ मण्डलीका सभाहरू: अर्को लक्ष्य मण्डलीका पाँचैवटा सभाहरूमा नियमित तवरमा उपस्थित हुनु हो। सँगी विश्‍वासीहरूसित सरसंगत गर्न चाँडै आउँदा र सुरुको गीत तथा प्रार्थनामा भाग लिंदा त्यसले मण्डलीको जोसलाई कायम राख्न मदत गर्छ। प्रत्येक सभामा टिप्पणी दिने र हाम्रा टिप्पणीहरूलाई अझ तिखार्दै लैजाने कोसिस पनि गर्न सक्छौं। अनुच्छेदमा दिइएको शास्त्रपद छलफल गरिएका कुरासित कसरी सम्बन्धित छ भन्‍ने कुरा देखाउन वा छलफल गरिंदै गरेको कुरा कसरी दैनिक जीवनमा लागू हुन्छ भनी तपाईं बताउन सक्नुहुन्छ होला।—हिब्रू १०:२४, २५.

४ क्षेत्र सेवा: हामीले लक्ष्यहरू राख्दा हाम्रो सेवकाईमा निकै प्रगति हुन्छ। प्रत्येक महिना सेवकाईमा यति घण्टा बिताउँछु भन्‍ने के तपाईंको व्यक्‍तिगत लक्ष्य छ? कसै-कसैलाई यस्तो लक्ष्य लाभदायी लाग्छ। अथवा के तपाईं सेवकाईका कुनै-कुनै पक्ष; जस्तै: घर-घरको सेवकाईमा बाइबल चलाउन, अझ अर्थपूर्ण पुनःभेट गर्न, गृह बाइबल अध्ययन सुरु गर्ने प्रयत्न गर्न वा अध्ययनहरूमा अझ प्रभावशाली ढंगमा सिकाउन उन्‍नति गर्न सक्नुहुन्छ?

५ आमाबाबुहरू हो, के तपाईंहरूले आफ्ना छोराछोरीलाई यहोवाको सेवामा लक्ष्यहरू राख्न प्रोत्साहन दिइरहनुभएको छ? अग्रगामीको रूपमा वा बेथेल परिवारको सदस्यको रूपमा सेवा गर्नु भनेको यहोवाप्रति गहिरो मूल्यांकन प्रदर्शित गर्ने अत्युत्तम तरिका हो भनेर बुझ्न उनीहरूलाई मदत गर्नुहोस्‌।—उप. १२:१.

६ हाम्रा गतिविधिहरू जाँच्दा, आध्यात्मिक लक्ष्य राखेर त्यसको लागि अघि बढ्‌दा हामी हाम्रो सेवाबाट असीम आनन्द उठाउनुका साथै अरूको लागि पनि हामी प्रोत्साहनको स्रोत हुनेछौं।—रोमी १:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने