प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जनवरी p. ३
  • अरूलाई शुद्ध भाषा सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूलाई शुद्ध भाषा सिकाउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं “शुद्ध भाषा” धाराप्रवाह बोल्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • शुद्ध भाषाद्वारा एकताबद्ध हुनु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • शुद्ध भाषा बोल्नुहोस्‌ र सदा बाँच्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • शुद्ध भाषाले उपासकहरूको ठूलो भीड़ एक गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जनवरी p. ३

अरूलाई शुद्ध भाषा सिकाउनुहोस्‌

१ यहोवाका साक्षीहरू विभिन्‍न ‘जाति, कुल, मानिस र भाषाबाट’ आएका भए तापनि उनीहरू एकताबद्ध, साँचो अन्तरराष्ट्रिय भ्रातृत्वमा बाँधिएका मानिसहरू हुन्‌। (प्रका. ७:९) आजको विभाजित संसारमा यो साँच्चै अद्‌भुत कुरा हो। यो कसरी सम्भव भएको छ? किनभने हामीलाई “शुद्ध भाषा” दिइएको छ।

२ अद्‌भुत असरहरू: यो शुद्ध भाषा भनेको के हो? यो विशेष गरी परमेश्‍वरको राज्यबारे सत्य, यहोवा र उहाँको उद्देश्‍यबारे परमेश्‍वरको वचनमा पाइने सत्यको सही समझ हो। येशूले भविष्यवाणी गर्नुभएझैं यो सत्य, दृश्‍य पार्थिव माध्यम “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” प्रदान गरिन्छ, जसको फलस्वरूप “सबै जातिका विभिन्‍न भाषा बोल्ने” मानिसहरूले साँचो उपासना अँगालिरहेका छन्‌।—मत्ती २४:४५; जक. ८:२३.

३ मानिसहरूले शुद्ध भाषा सिकेपछि तिनीहरू यहोवाको स्तरअनुरूप आफ्नो जीवन बिताउन उत्प्रेरित हुन्छन्‌। तिनीहरू “एकै मन र एकै विचारमा सिद्ध” हुन सिक्छन्‌। (१ कोरि. १:१०) ईश्‍वरीय शिक्षाले धर्मी आचरण अनि अरूलाई सुसमाचार सुनाउने सन्दर्भमा स्वास्थ्यकर, सत्य बोली बोल्न लगाउँछ। (ती. २:७, ८; हिब्रू १३:१५) यस्ता अद्‌भुत परिवर्तनहरूले यहोवाको आदर गर्छ।

४ उदाहरणका लागि, सुसमाचार सुनाइएको एक जना मानिसको सुरुमा थुप्रै प्रश्‍नहरू थिए र ती सबैको प्रश्‍नको जवाफ बाइबलबाटै दिइयो। आफूले सिकेको कुराबाट अत्यन्तै प्रभावित भएको कारण तिनले हप्ताको दुई चोटि अध्ययन गरेर सभाहरू धाउन थाले। राज्यभवनमा उपस्थित अधिकांश व्यक्‍तिहरू बेग्लै जातिका भए तापनि उनीहरूले तिनलाई न्यानो स्वागत गरिंदा तिनी छक्क परे। छोटो समयमै तिनी र तिनकी पत्नीले जीवनमा परिवर्तन गरेर बप्तिस्मा लिए। त्यसबेलादेखि तिनले आफ्नो परिवारका थुप्रै सदस्यलगायत अन्य ४० जनालाई यहोवाको सेवा गर्न मदत गरिसकेका छन्‌। शारीरिक अशक्‍तताको बावजुद तिनले हालै अग्रगामीको हैसियतमा सेवा गर्न थाले।

५ अरूलाई सिकाउने: विश्‍वघटनाहरूले थुप्रै इमानदार मानिसहरूलाई आफ्नो सोचाइ तथा जीवन पुनः केलाएर हेर्न बाध्य तुल्याइरहेको छ। येशूजस्तै हामी तिनीहरूलाई मदत गर्न इच्छुक हुनुपर्छ। सोझा मानिसहरूलाई शुद्ध भाषा सिक्न मदत गर्ने मुख्य तरिका, प्रभावशाली पुनःभेट तथा बाइबल अध्ययन गरेर हो।

६ व्यस्त मानिसहरूसित तिनीहरूको घरको ढोकामै छोटो बाइबल अध्ययन सञ्चालन गर्नु निकै प्रभावकारी साबित भएको छ। (km ५/०२ पृ. १) के तपाईंले यो तरिका प्रयोग गरेर हेर्नुभएको छ? पुनःभेट गर्ने तयारी गर्नुहुँदा घरधनीलाई मिल्ने जनवरी २००२ हाम्रो राज्य सेवकाई परिशिष्टमा दिइएको प्रस्तुति प्रयोग गर्नुहोस्‌। यस परिशिष्टमा दिइएका थुप्रै प्रस्तुतिहरू चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तकबाट सोझै अध्ययन सुरु गर्ने उद्देश्‍यले तयार पारिएका छन्‌। प्रस्तुति राम्ररी अभ्यास गर्नुहोस्‌ किनकि यसो गरेको खण्डमा परिचय दिने बित्तिकै अनुच्छेदबाट छलफल थाल्न सक्नुहुनेछ। पढ्‌न अनि छलफलको लागि अनुच्छेदबाट एक दुइटा शास्त्रपद छान्‍नुहोस्‌ अनि अन्तमा सोध्ने प्रश्‍न तयार पार्नुहोस्‌। यसो गर्दा अर्को भेटमा छलफल गरिने बुँदा थाल्न सजिलो हुनेछ।

७ शुद्ध भाषा सिकेको कारण यहोवाका जनहरूले थुप्रै आशिष्‌हरूको आनन्द उठाइरहेका छन्‌। ‘यहोवाको नाउँ पुकार्ने’ अनि ‘एकै हृदयको भएर उहाँको सेवा गर्ने’ कार्यमा अरूलाई हाम्रो साथ दिन मदत गर्न लगनशील भई लागिरहौं।—सप. ३:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने